संभावित १८ रोग थाहा पाउने ल्याब परीक्षण सेवा सुरू, ४० दिन भित्रमा रिपोर्ट दिने
आइतबार, ०२ भदौ, २०८१,
न्यूज विराट
विराटनगर । झापाको ओम साई पाथीभरा हस्पिटलले जीनोम परीक्षण सेवा सुरु गरेको छ । कोशी प्रदेशको झापा, सुनसरी र विराटनगरका प्रमुख शहरहरुबाट डीएनए संरचनाको परीक्षण गर्ने सेवा सुरु गरिएको हो ।
भारतको डेल्टाज्सँगको सहकार्यमा यो सेवा सुरु गरिएको बताइएको छ । यहाँ नमूना संकलन गरेर भारतको हैदरावादस्थित ल्याबमा परीक्षण गर्न सम्झौता गरिएको छ । जीवनमै एक पटक मात्रै गरिने परीक्षणबाट भविष्यमा लाग्ने संभावित १८ रोगका १३१ नतिजाहरु थाहा पाइने दावी छ । विराटनगरमा ओमसाइ पाथीभराले सेवा बारे जानकारी दिन आयोजित कार्यक्रममा अध्यक्ष दिपककुमार पोखरेलले यो सेवा नेपालमा पहिलो पटक सुभारम्भ गरिएको दावी गरेका छन् ।
मानव शरीरमा अनुवांशिक रोगको पूर्व आंकलन गर्ने जीन चिकित्सा पद्धतिमा यो विश्वमै लाभदायी मानिदै आएको छ । जीनोमद्वारा एकढेड लाख प्रोटिनको कार्य पत्ता लगाउने र समस्याका आधारमा निदान गर्ने उपाय निकाल्न सकिने भनाई छ । मानव शरीर कोशिकाबाट बनेको हुन्छ । त्यस भित्रको डीएनएमा एडेनिन (ए) थायमिन (टी) गुआनिन (जी) र साइटोसिन –(सी) हुने चिकित्सा विज्ञानका जानकारहरु बताउँछन् । यो सेवा विराटनगरमा विस्तार भएसँगै सोमबारदेखि नमूना समेत संकलन सुरु गरिने सम्पर्क व्यक्ति नविन घिमिरेले जानकारी दिए । उनका अनुसार परीक्षणका लागि स्वाब (¥याल) कलेक्सन गरिन्छ । यसमा २ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाको डिएनए परीक्षणबाट उसको भविष्य बारे समेत जानकारी पाउन सकिने दावी छ । उसलाई लाग्ने संभावित रोग, उसको संभावित व्यक्तित्व र पेसा, रुचि समेत जानकारी हुने दावी चिकित्सकहरुले विराटनगरमा आयोजित कार्यक्रममा दावी गरेका छन् । यसैगरी १४ वर्षमाथि वयस्कसम्मका किशोर÷किशोरीको समेत जीन परीक्षणबाट भविष्यका संभावित रोग तथा रुचिका कुराहरु जानकारी लिन सकिने बताइएको छ ।
विराटनगरका सम्पर्क संयोजक घिमिरेका अनुसार नमूना संकलन गरेको ४० दिन भित्रमा रिपोर्ट आउनेछ । झापाको भद्रपुरस्थित ओमसाइ पाथीभराले झापामा हस्पिटलमार्फत नै सेवा दिने संरचना तयार पारेको छ । त्यस बाहेक धरान, इटहरी र विराटनगरमा सेवा केन्द्रमार्फत ओमसाइको सेवा विस्तार गरिएको छ । कसैले परीक्षण गराउन चाहेमा २५ हजार रुपेँया शुल्क लाग्नेछ । होल बडी चेकअप गराउँदा ११÷१२ वटा रोगको मात्रै नतिजाहरु आउने गर्दछ । तर, ओमसाइले दिने भनेको ट्रायजीनोम परीक्षणबाट १८ वटा रोगसँग सम्बन्धित संभावित लक्षणसहितको रिपोर्ट आउने दावी गरिएको छ । डिएनए परीक्षणबाट मस्तिष्क कस्तो प्रकारको कार्य गर्दछ, एक व्यक्ति भन्दा अर्को व्यक्तिको भिन्नता जस्ता कुरा समेत जानकारी हुने चिकित्सा विज्ञानको विकासको रुपमा मानिन्छ ।
काठमाडौं, २९ भदौ । सरकारी दूर-सञ्चार सेवाप्रदायक नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सह लगानीमा मंगलबार नमस्ते पे सञ्चालनमा ल्याइएको छ । नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले आजदेखि नमस्ते पे औपचारिक रुपमा सञ्चालनमा ल्याइएको जानकारी...
विराटनगर । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्षमा विराटनगरका ध्रुव प्रसाद सिग्देल निर्विरोध निर्वाचित भएका छन् । काठमाण्डौंमा सम्पन्न भएको १३ औं साधरणसभा तथा सातौं अधिवेशनबाट सिग्देल निर्विरोध उपाध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको...
पोखरा, असार १-गण्डकी प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा उपचारका लागि २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँको कोष बनाउने घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण...
विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारको मुख्यमन्त्री बनाउने म्युजिकल चेयरको खेल सकिएको बताएका छन् । केदार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भनाइ राख्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसका...
विराटनगर । विराटनगरमा दोस्रो संस्करणको विराट सडक महोत्सव हुने भएको छ । माघ १२ देखि १४ गतेसम्म सडक महोत्सव हुने भएको हो । तीनदिनसम्म संचालन हुने महोत्सवमा आदीवासि जनजाति सामुदायहरूको खानाको परिकारको साथै सांस्कृतिक कार्यक्रमहरू...
विराटनगर । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक गरेको छ । यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टिभिएस आईक्युबका३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरुमा...
विराटनगर । विराटनगरमा रहेको सम्राट स्पोर्टिङ क्लबले यस बर्षको मोरङ जिल्ला ए डिभिजन लिग बिजेता आफ्नो खेलाडीलाई सम्मान गरेको छ । विराटनगर ३ क्लवको भवनमा शनिबार विहान एक कार्यक्रम बिच खेलाडीहरुलाई सम्मान गरेको हो ।...
विराटनगर, २ असोज–नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ मोरङ कोरोना भाइरसको संक्रमण रोकथान तथा नियन्त्रणमा पनि सकृय भएको छ । कोरोना माहामारीमा राहत र उद्धारमा सर्वसाधारणको घर घर पुगेर सहयोग पुर्याउँदै आएको...