सात क्विन्टल गाँजा तरकारी बोक्ने ट्रकबाट बरामद, भेडेटारबाट एक जना पक्राउ

 न्यूज विराट
सात क्विन्टल गाँजा तरकारी बोक्ने ट्रकबाट बरामद, भेडेटारबाट एक जना पक्राउ

धनकुटा । साँगुरीगढी गाउँपालिका – ६ स्थित भेडेटार बजारबाट प्रहरीले सात क्वीन्टल बढी परिमाणको गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
धनकुटाबाट तरकारी बोकेको मालबाहक ट्रकमा राखिएको ७ सय ३६ केजी गाँजा भेडेटार प्रहरीले अपरान्ह तीन बजे नियन्त्रणमा लिएको हो ।

ना ८ ख १२६८ नंबरको ट्रकमा तरकारीको बोरा भित्र लुएकार राखिएको गाँजा चेकजाँचको क्रममा भेडेटारबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका निमिक्त प्रमुख डिएसपी राजबाबु महर्जनले जानकारी दिए । ट्रक चालक धनकुटाको पाख्रिबास नगरपालिका १० का सुजन भनिने टंकबहादुर मगर र ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । गत पाँच दिन अघि साउन २३ गते पनि धनकुटाबाट धरानतर्फ जाँदै गरेको मिनी ट्रक चेकजाँचको क्रममा सोही स्थानबाट प्रहरीले १ सय ३५ केजी गाँजा नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित समाचार

सोमबारदेखि रमपम विराट गोल्डकप, उद्घाटनमा मोरङ र कोलकाताको साउथर्न क्लब भिड्ने

विराटनगर । रमपम विराट गोल्डकप सोमबारदेखि सुरु हुँदैछ । विराटनगरको सहिद रंगशालामा फ्लडलाइट्सको माध्यमबाट साढे ६ बजेदेखि सुरु हुने रात्रिकलीन गोल्डकपको उद्घाटन खेलमा घरेलु टिम रिजालको मोरङ ११ र कोलकाताको साउथर्न क्लबबीच हुने छ ।...

प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठक पनि एमालेद्वारा बहिस्कार

काठमाडौं, ८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ । स्थानीय चुनाव समयमै नगर्ने मनसायका साथ छलफल गर्न डाकिएको बैठकमा एमाले सहभागी नहुने उपमहासचिव...

लागुऔषधसहित १ जना पक्राउ

विराटनगर, फागुन १२–उदयपुरको त्रियुगा नगरपालिका–६, लालपत्ताबाट लागुऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । लहानबाट गाईघाटतर्फ जाँदै गरेको लु ५४ प ८७६३ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक स्थानीय २२ वर्षीय मोहम्मद काबिरको...

सञ्चार विधेयकमा भएको कमजोरी सच्याउन तयार छु : मुख्यमन्त्री कार्की

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आमसञ्चार विधेयक सहमतिमा अघि बढ्ने बताएका छन्। विराटनगरमा बुधबार प्रेस चौतारी कोशी प्रदेश समितिको दोश्रो अधिवेशनको उद्‌घाटनमा बोल्‍दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।उनले भने, ‘ सरकार प्रादेशिक...

२१ जेठदेखि नयाँ शैक्षिकसत्र सुरु गर्न माग

काठमाडौं १६ जेठ-निजी विद्यालयहरुले २१ जेठदेखि नयाँ शैक्षिकसत्र सुरु गर्न सरकारलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन् नेपाल (नेशनल प्याब्सन), राष्ट्रिय अभिभावक महासंघ, अभिभावक संघ...

अधिकांश क्षेत्रमा वर्षा : नदीमा बढ्यो बहाव

काठमाडौं, १३ असार-शनिबार देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थान प्राधिकरणका अनुसार शनिबार ४० भन्दा बढी जिल्ला वर्षमा भएको छ । वर्षाको कारण नदीहरूको बहाव बढ्ने अनुमान गरिएको छ...

विराटनगरमा नेकपा प्रचण्ड–नेपाल समुहको प्रदर्शन

विराटनगर, १४ पुस-प्रतिनिधिसभा विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकप) प्रचण्ड–माधबकुमार प्रक्षले विराटनगरमा प्रदर्शन गरेको छ । प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरुद्धमा शक्ति प्रदर्शन सहित विराटनगरमा अहिले जुलुस निकालेको छ । विरेन्द्र सभागृहबाट सुरु भएको जुलुस...

५२२५ नमुना परीक्षण गर्दा ४२६ जनामा कोरोना पुष्टि

काठमाडौं, १७ पुस-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा १५३ महिला र २७३ पुरुषमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्