विराटनगरमा नेकपा प्रचण्ड–नेपाल समुहको प्रदर्शन - News Birat

विराटनगरमा नेकपा प्रचण्ड–नेपाल समुहको प्रदर्शन

न्यूज विराट

विराटनगर, १४ पुस-प्रतिनिधिसभा विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकप) प्रचण्ड–माधबकुमार प्रक्षले विराटनगरमा प्रदर्शन गरेको छ । प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरुद्धमा शक्ति प्रदर्शन सहित विराटनगरमा अहिले जुलुस निकालेको छ ।

विरेन्द्र सभागृहबाट सुरु भएको जुलुस नगर परिक्रममा गरेर विरोधसभास्थल पुगेको छ । विराटनगरस्थित जनआन्दोलन चोकमा जारी विरोधसभालाई नेकपा केन्द्रीय सदस्य शिवकुमार मण्डल, घनेन्द्र बस्नेत, महेश रेग्मी लगायतका नेताहरुले सम्बोधन गर्ने क्रार्यक्रम रहेको जनाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles