विराटनगरले गुमायो अब्बल सर्जन डा. रामकुमार सिंह

 न्यूज विराट
विराटनगरले गुमायो अब्बल सर्जन डा. रामकुमार सिंह

विराटनगर । विराटनगरका वरिष्ठ सर्जन प्राडा ६० वर्षीय रामकुमार सिंहको निधन भएको छ । डा. सिंह कोशी प्रदेशका कहलिएका वरिष्ठ सर्जन हुन् । विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत थिए ।
सोमबार विहान भ्रमणका सिलसिलामा अजरबैजानको राजधानी बाकु पुगेका सिंहको अचानक निधन भएको विराट मेडिकल कलेजका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए । ‘विदा मनाउनका लागि निस्किनुभएको थियो,’ उनले भने, ‘हिजो विहान अजरबैजानको राजधानी बाँकुमा उहाँको अचानक निधन भएछ ।’ डा. कार्कीले सहकर्मी सिंहको आकस्मिक, असामयिक र अप्रत्यासित निधनले आफ्नो दायाँ हात नै भाँचिएको बताए । ‘उहाँको त मेरो दायाँ हात नै हुनुहुन्थ्यो,’ उनले भने, ‘यो क्षेत्रकै एक होनहार चिकित्सक हामीले गुमायौं । यसले पूर्वी क्षेत्रलाई मात्रै होइन्, नेपालकै चिकित्सा जगतलाई अपुरणीय क्षति पुगेको छ ।’ बिदा मनाउन परिवारसहित बाँकु पुगेका डा. सिंहले सोमबार विहान असहज महसुस गरेका थिए । त्यसपछि श्रीमतीलाई उनले आफू राम्रोसँग सुत्न नसकेको बताएका थिए । ‘त्यसपछि श्रीमतीले बाहिर निस्किन अझै केही समय छ आराम गर्नुहोस् भन्नुभएछ । सुतेपछि चिया बनाइदिउ भनेर उठाउँदा त बोल्नु नै भएनछ,’ डा. कार्कीले भने, ‘साइलेन्ट म्यासिभ हर्टअट्याक भएको हुन सक्ने देखिन्छ ।’ थारु कम्युनिटीबाट आएर अब्बल सर्जनको परिचय बनाएका डा. सिंहसँग डा. कार्कीको २० वर्ष लामो अनवरत सहकार्य थियो । ‘उहाँ निकै अब्बल सर्जन हुनुहुन्थ्यो,’ उनले भने, ‘मेरो त हातै भाचियो ।’ मरेठबाट एमबीबीएस गरेका डा. सिंहको जन्म पर्सामा भएको हो ।
पिजीआई चण्ढीगढबाट एमएस गरेका उनी हाल भने विराटनगरमै घर बनाएर बसोबास गर्दै आएका थिए । उनका दुई छोराछोरीमध्ये छोरीले एनेस्थेसियामा एमडी सकेकी छन् भने छोरा अहिले आँखा रोगमा विशेषज्ञता हासिल गर्दैछन् ।

सम्बन्धित समाचार

पूर्वाञ्चल विद्या सदनको सन्देशमुलक प्रर्दशन

विराटनगर । २५६८ औं बुद्ध जयन्तीको अवसर पारेर विराटनगरस्थित पूर्वाञ्चल विद्या सदनका विद्यार्थीहरुले सन्देशमुलक प्रर्दशन गरेका छन् । उनीहरुले विराटनगरको ट्राफिक चोकमा आज साझ सन्देशमुलक सामाग्रीहरु बोकेर प्रर्दशन गरेका हुन् ।पूर्वाञ्चल विद्या सदनका विद्यार्थीहरुले बुद्ध...

सर्लाहीका पूर्वपश्चिम राजमार्ग प्रहरी अधिकृत विहीन

सर्लाही, माघ २१–पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही जिल्लाको तीन इलाका प्रहरी कार्यलयमा प्रहरी निरीक्षक नहुँदा मुचुल्का हस्ताक्षरमा समस्या परेको छ । इलाका प्रहरी कार्यालय लालबन्दी,हरिवन र जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरमा प्रहरी निरीक्षक नहुँदा सर्वसाधारणलाई समस्या परेको...

औषधी व्यवसायीद्धारा शुभकामना आदान प्रदान कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले बडादसैँ, शुभदीपावली, नेपाल संवत् छठलगायत चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । संघले विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको...

कोशी प्रदेश सरकारले सर्वोच्चमा पठायो लिखित जवाफ, अर्को पेशी साउन ७ गते

विराटनगर । कोशी प्रदेश सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा विपक्षीले महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गरेको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्ग, मुख्यमन्त्री उद्धव थापा र सभामुख बावुराम गौतम विरुद्ध परेको...

१ वर्षभन्दा कम सजाय पाएका कैदीलाई कैदमुक्त गरिने

कोरोना भाइरस संक्रमणबाट बच्न १ वर्षभन्दा कम सजाय पाएर जेलमा रहेका कैदीलाई रिहा गरिने भएको छ । सर्वोच्च अदालतको शुक्रबार बसेको पूर्ण बैठकले १ वर्षभन्दा कम सजाय पाएर जेलमा रहेका कैदीलाई कैदवापतको रकम लिएर कैदमुक्त...

सोलुखुम्बुकाे तापक्रम माइनस १३ मा झर्‍याे, ७० प्रतिशत मानिसले गाउँ छाडे

सोलुखुम्बु, १० माघ । हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्री सेल्सियसमा झरेको छ । यहाँका बासिन्दा घरबाट खासै...

रुसबाट कोरोना खोप ल्याउन सम्पूर्ण प्रक्रिया पूरा, केही दिनमै नेपाल आइपुग्ने

काठमाडौं, असार १७ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभाव भइरहेका बेला निजी क्षेत्रले रुसबाट ल्याउन लागेको स्पुतनिक भी भ्याक्सिनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । लोमस फर्मासुटिकल कम्पनीले रुसी सरकारसँगको समन्वयमा उक्त खोप नेपाल ल्याउन...

कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुग्यो

काठमाडौं, ९ असार-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । दैलेखका एक ४५ वर्षिय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैलेखको दुल्लु ३...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्