सर्लाहीका पूर्वपश्चिम राजमार्ग प्रहरी अधिकृत विहीन

 न्यूज विराट
सर्लाहीका पूर्वपश्चिम राजमार्ग प्रहरी अधिकृत विहीन

सर्लाही, माघ २१–पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही जिल्लाको तीन इलाका प्रहरी कार्यलयमा प्रहरी निरीक्षक नहुँदा मुचुल्का हस्ताक्षरमा समस्या परेको छ । इलाका प्रहरी कार्यालय लालबन्दी,हरिवन र जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरमा प्रहरी निरीक्षक नहुँदा सर्वसाधारणलाई समस्या परेको हो । ती तीनै कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी रहेको छ ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक नारायण थापा तालीम, जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरका प्रहरी निरीक्षक सूर्यनारायण यादव घर बिदा र इलाका प्रहरी कार्यलय हरिवनका प्रहरी निरीक्षक सुवास भट्टराई काजमा सरुवा भएपछि जिल्लाको पूर्वपश्चिम राजमार्ग प्रहरी अधिकृत विहीन बनेको छ । अहिले कुनै मुचुल्कामा हस्ताक्षर गर्नुपर्दा इलाका प्रहरी कार्यलय हरिपुरका प्रहरी निरीक्षक पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

दुर्घटना सहित आत्महत्यालगायतका मुचुल्कामा हस्ताक्षर ढिलो हुने गरेको एक प्रहरी कर्माचारीले बताएका छन् । केही समस्या हुँदा अर्को स्थानबाट भए पनि प्रहरी निरीक्षकको व्यवस्था गरेर काम गरेको सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । रासस

सम्बन्धित समाचार

सुनवर्षी नगरपालिकालिकाको मेयरमा कांग्रेसबाट देबेन्द्र बहादुर बस्नेत बलिया दाबेदार

सुनवर्षी। देशमा चुनावको घोषणा भए संगै जिल्ला र नगरमा उम्मेदवार को हुने भन्ने बिषयमा चर्चा चल्न थालेको छ। मोरङ जिल्लामा यसको ब्यापक चहलपहल बढेको छ। नेताहरु जिल्ला ,प्रदेश र केन्द्रको नेताहरुसंग प्रायजसो सम्पर्कमा नै रहन्छन्।...

प्याब्सन स्पोर्टस मिट, पूर्वाञ्चल एकाडेमीको अग्रता कायमै

विराटनगर । विराटनगरमा जारी १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको दोस्रो दिनमा मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको पूर्वाञ्चल एकाडेमीले अग्रता कायम गरेको छ । शनिबारसम्मको नतिजा अनुसार पूर्वाञ्चल एकाडेमीले ६ स्वर्ण, र २ कास्य पदकसहित आफ्नो...

भारतले ‘नक्कली अयोध्या’ बनाइ सांस्कृतिक तथ्यमाथि अतिक्रमण गर्‍यो : प्रधानमन्त्री

काठमाडौं, २९ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताएका हुन् । भगवान् रामको राज्य...

नागरिकता विधेयकको विरोधमा देशभर प्रदर्शन गर्ने जसपाको निर्णय

काठमाडौं, १० असार-नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले देशभर प्रर्दशन गर्ने निर्णय गरेको छ । अंगीकृत नागरिकता ७ वर्षपछि दिने प्रावधानको विरोध गर्दै जसपाले देशभर प्रदेश गर्ने निर्णय गरेको हो । आज प्रेस...

लायन्स हेल्थ प्रोफेसनलको सप्ताहव्यापी कार्यक्रम सकियो, हप्ताभरी सामाजिक काम

विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनले सप्ताहव्यापी कार्यक्रम सकिएको छ । जुलाई १ देखि ७ गतेसम्म विभिन्न सामाजिक सेवामूलक कार्यक्रम गरी लायन्स हेल्थ प्रोफेसनलले सप्ताहव्यापी कार्यक्रम गरेको हो । डा. सुनिल रेग्मीले आफ्नो...

कांग्रेसले हँसिया-हतौडामा भोट हाल्दैन :कांग्रेसका बागी उम्मेदवार

काठमाडौं । पार्टी निर्णय विपरीत नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका जगन्नाथ पौडेलले कम्युनिस्टसँग मिलेर कांग्रेसको कल्याण नहुने बताएका छन् । कांग्रेसका मतदातालाई हँसिया हतौडामा भोट हाल्न लगाउने कार्य स्वीकार्य नहुने...

आज साउने सङ्क्रान्ति मनाइँदै

काठमाडौं, १ साउन-सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रूपमा मनाइँदै छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । १...

स्वच्छ वातावरणमा बाँच्न पाउने हक सार्थक बनाउन प्रण गर्नुपर्छः राष्ट्रपति भण्डारी

काठमाडौँ, जेठ २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस (जुन ५) को आजको दिन नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताउनुभएको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्