विराटनगरका रंगपत्रकार प्रेम देवान सम्मानित

 न्यूज विराट
विराटनगरका रंगपत्रकार प्रेम देवान सम्मानित

विराटनगर । सुनसरी ईटहरीमा रहेको कोशी भिजन फिल्मस प्रालीले विगत लामो समयदेखी कला र मनोरञ्जन क्षेत्रमा कलम चलाउदै आएका पत्रकार एवंम चलचित्र पत्रकार संघ नेपाल मोरङका अध्यक्ष रहेका प्रेम देवान (लुङवा ) लाई सम्मान गरेको छ ।
कोशी फिल्मस प्रालीद्धारा निर्माण गरिएको तामाङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘चारदाम’ को प्रिमियर शोको अवसरमा कला र मनोरन्जन क्षेत्रमा लामो समयदेखी कलम चलाउदै आएका पत्रकार देवानलाई सम्मान गरेको हो ।
नेपाल तामाङ घेदुङ महानगर समिति विराटनगरको समन्वयमा शनिबार विराटनगको सिटी सिनेमा हलमा चलचित्र ‘चारदाम’को प्रिमियर शो गरिएको थियो ।
प्रिमियर शोमा अन्य विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई समेत सम्मान र कदर पत्र सहित सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा कृष्ण भुषणवल प्रतिष्ठानका संरक्षक शोभा लामा वल, नेपाल तामाङ घेदुङ कोशी प्रदेश सदस्य गोवीन्द तामाङ, नेपाल तामाङ घेदुङ महानगर अध्यक्ष विष्णु कुमारी तामाङ, सस्थापक अध्यक्ष कृष्ण मोक्तान , सल्लाहकार दाव बा. घिसिङ महानगर सचिव विजय तामाङ, कोषाध्यक्ष राम कुमार योञ्जनलाई पनि कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
तामाङ समुदायको लोप हुन लागेको भाषा, भेष भुषा, कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उदेस्यले तामाङ संस्कृृतिमा आधारित नेपाली चलचित्र ‘चारदाम’ विराटनगरमा प्रिमियर शो गरेको छ । सिटी सिनेमाको दुईवटै हल बुक गरेर विराटनगरमा रहेका विभिन्न जातिय संस्थाका अगुवा तथा पदाधिकारीलाई बोलार प्रिमियर शो गरेको थियो । फिल्म हेरी सकेका अधिकासले फिल्म राम्रो लागेको प्रतिक्रिया दिए ।
‘चारदाम’ मा सुवास योन्जन तामाङ, सुकुमाया मोक्तान तामाङ, मदन राई, मोहन लोप्चन तामाङ, शान्ति पाख्रिन तामाङ, पूर्ण लिम्बू, बालकलाकार सुम्निमा योन्जन तामाङ, डम्बर किमारी मेन्याङ्बो र मेनुका राई लगायत कलाकारको अभिनय रहेको छ ।
मोहन लोप्चन तामाङको प्रस्तुतिमा तयार भएको फिल्मलाई मैना घिसिङ, मदन बहादुर राई, पूर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले संयुक्त निर्माण गरेका हुन् । फिल्मको छायांकन पुर्वका भोजपुर , सुनसरीको सप्तकोशी नदि , पुर्वी मोरङ लेटाङ लगायतका विभिन्न रमणिय स्थलहरुमा छायाङकन गरिएका दृष्य फिल्म देख्न सकिन्छ ।

सम्बन्धित समाचार

सर्वदलीय सरकारका लागि तयार छु : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सदनसमक्ष विश्वासको मत मागेका छन् । जारी प्रदेशसभामा कार्कीले संसदको अंकगणितका कारण सर्वदलीय सरकारको विकल्प नभएको बताए । त्यसका लागि आफू तयार रहेको उनले बताएका छन् ।...

प्रदेश १ मा आज अहिलेसम्मकै बढी १४५ संक्रमित थपिए

विराटनगर, १९ भदौ-प्रदेश १ मा शुक्रबार १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च हो । मोरङमा ७०, सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १÷१...

एमालेको उद्योग विभाग प्रमुख बने विराटनगरका मोती दुगड

विराटनगर, २ पुस । व्यवसायी मोतीलाल दुगड नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख बनेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । दुगड केपी शर्मा ओली...

प्याब्सन स्पोर्टस मिटको उद्घाटनमा बालदेवदुत, बुढानिलकण्ड र पूर्वाञ्चल एकाडेमीको सुरूवाती अग्रता

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट शुक्रबारबाट सुरू भएको छ । विराटनगरस्थित सहिद मैदानमा प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि प्रतियोगिता सुरू भएको हो । उद्घाटनको दिन तीन...

मन्त्री घिमिरे काेराेना संक्रमणमुक्त

विराटनगर, १ असोज-प्रदेश-१ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोनामुक्त भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले उनको रिपोर्ट बिहीबार नेगेटिभ आएको जनाएको छ । कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि मन्त्री घिमिरे संक्रमणमुक्त भएका हुन्...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२८ कोरोना संक्रमित थपिए, ९१ जना डिस्चार्ज

विराटनगर, ८ मंसिर–प्रदेश १ मा सोमबार २ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ९२, सुनसरीमा ५१, मोरङमा ३५, संखुवासभामा ११, ताप्लेजुङमा १०, खोटाङमा चार, इलाम, उदयपुर र धनकुटामा तीन÷तीन, तेह्रथुम र भोजपुरमा...

दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद् अधिवेशनमा पर्नु दुःखद् : कांग्रेस

काठमाडौं, १८ असार-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सङ्घीय संसद्को जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेदेखि सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को आजको...

ग्रामथानको उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा, शनिबार बिहान ७ बजेदेखि मतदान

विराटनगर । मंसिर १६ गते हुने मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनको सबै तयारी सकिएको छ । उपनिर्वाचनअन्तर्गत भोलि मतदान गर्ने दिन हो । सबै मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्