सीमा नाकाबाट ११ महिनामा १८१ जनाको उद्धार, सबैभन्दा बढी मंसिरमा

 न्यूज विराट
सीमा नाकाबाट ११ महिनामा १८१ जनाको उद्धार, सबैभन्दा बढी मंसिरमा

विराटनगर । मानव बेचविखन क्षेत्रमा काम गर्दै आइरहेको साना हात नामक संस्थाले चालु आर्थिक वर्षको ११ महिनामा १८१ जना महिला तथा बालवालिकाहरुको उद्धार गरेको छ ।

विभिन्न प्रलोभन देखाएर भारत लैजान लागेको नेपाल भारत मोरङको सीमा नाकाबाट चालु आर्थिक वर्षको जेठसम्म सो संख्यामा महिला तथा बालवालिकाहरुलाई उद्धार गरेको हो ।

साना हातहरु नेपालले विराटनगरमा शुक्रबार अन्र्तक्रिया कार्यक्रममा बोल्दै शाखा प्रबन्धक बिवस श्रेष्ठका अनुसार रेल स्टेशनबाट १६ जना, जोगबनी बसपर्काबाट २० जना, २ नम्बर ढाटबाट १४५ जना उद्धार गरिएको छ । उद्धार गरिएको महिलाहरुलाई रोजगारीको प्रालोभनमा पारी भारत लैजाने सबैभन्दा बढी रहेका छन् । ५९ जना रोजगारीको प्रोलोभनमा पारी भारत लैजाने क्रममा महिलाहरुलाई उद्धार गरिएको शाखा प्रवन्धक श्रेष्ठले जानकारी दिए ।

बिवाहको बाहानामा भारत लैजाने क्रममा ५४ जना, भारत हुँदै तेस्रो मुलुक जाने १९ जना, बालश्रमको निम्ति ओसारपसारको लागि २४ जना, घुम्न लैजाने बाहानामा १८ जना, यौन शोषणमा परेको ६ जनालाई उद्धार गरिएको साना हातहरु नेपालको अभिलेखमा देखिन्छ ।
दिउँसो १० देखि ६ बजेसम्म सबैभन्दा बढी १०८ जना उद्धार गरिएको छ । ‘दिउँसोको समयमा बढी बेचबिखन गर्ने उद्देश्यले दलालहरूले लैजाने गरेको पाइएको छ,’ शाखा प्रवन्धक श्रेष्ठले भने, ‘ दिउँसो १० देखि ६ बजेसम्मको समयमा सबैभन्दा बढी महिला तथा बालवालिकाहरु उद्धार भएका छन् । विहान ६ देखि १० बजेसम्म २५ जना, बेलुका ६ देखि ९ बजेसम्म ४८ जनालाई उद्धार गरिएको छ ।’
चालु आर्थिक वर्षको मंसिर महिनामा बसैभन्दा बढी उद्धार गरिएको छ । मंसिरमा ३० जना, साउनमा १४, भदौमा १६, असोजमा ११, कार्तिकमा १०, पुसमा १७, माघमा २८, फागुनमा १५, चैतमा १४, वैशाखमा १३ जना र जेठमा १३ जना उद्धार गरिएको अभिलेखमा देखिन्छ । साना हातहरु नेपालले एकै पटकमा १० जनासम्म महिलालाई उद्धार गरिएकोछ ।
साना हातहरु नेपालले मोरङसहित १२ वटा जिल्लामा सीमा निगरानी परियोजना रहेको छ ।

सम्बन्धित समाचार

आज सरस्वती पूजा, अक्षरारम्भ गर्ने दिन

प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिन्छ । विद्यालयमा विशेष रूपमा सरस्वतीको पूजा...

विद्यार्थीको रोजाइमा कान्तिपुर कलेज, भर्ना लिन मङ्गलवार प्रवेश परीक्षा

विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेज गुणस्तरीय शिक्षा प्रदान गरी अभिभावक र विद्यार्थीको रोजाइमा परेको छ । दक्ष, एवं योग्य प्राध्यापक र शिक्षकहरूबाट पठनपाठन हुने कान्तिपुर अहिले विद्यार्थीको पहिलो रोजाइको केन्द्रमा पर्ने गरेको हो । विज्ञान,...

सुनसरीमा प्रहरी र भारतीय तस्करबीच गोली हानाहान

काठमाडौं, २ साउन-सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्जमा नेपाल प्रहरीले २ जना भारतीय तस्करलाई पक्राउ गर्न गोली चलाएकाे छ । बिहीबार राति हतियारसहित नेपाल छिरेका उनीहरूलाई नियन्त्रणमा लिने क्रममा गाेली चलाइएकाे र यसमा २ जना घाइते भएका सुनसरी प्रहरी...

नेपालको नयाँ नक्सा अद्यावधिक गरी संघीय संसदको लोगो बनाइने

काठमाडौं, ११ जेठ-संघीय संसदको प्रतीकका रूपमा रहेको लोगो परिवर्तन गरिने भएको छ । राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको...

भारदह अस्पताललाई स्तरोन्नति गरिँदै

सप्तरी, ३ वैशाख-प्रदेश नं २ सरकारले जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्न लागिएको सप्तरीको भारदहस्थित अस्पतालको सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले निरीक्षण गरेका छन् । प्रदेश नं २ सरकारले केही दिनअघि कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर...

प्रदेश १ मा शनिबार १३ संक्रमित थपिए, ७ जना डिस्चार्ज

विराटनगर २७ असार–प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरी र उदयपुरमा ४–४, मोरङमा ३ र झापामा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानका...

सङ्क्रमित किशोरलाई वीरगञ्ज पठाइयो

सर्लाही, १२ वैशाख-सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवाका १४ वर्षीय किशोरमा कोरोना भाइरस सङ्क्रमण पोजिटिभ पाइएपछि थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको छ । किशोरलाई बिहीबार राति उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा पठाइएको सर्लाहीका प्रमुख...

साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा युद्धविरामको घोषणा

एजेन्सी, चैत २७-साउदी नेतृत्वको गठबन्धनले यमनमा हुथी विद्रोहीविरुद्ध लडाईमा युद्धविरामको घोषणा गरेको छ । पाँच वर्ष लामो युद्ध अन्त्य गर्ने संयुक्त राष्ट्रसंघको प्रयासको समर्थनमा बिहीवारबाट लागु हुनेगरी युद्धविराम घोषणा गरिएको साउदी अधिकारीहरुले बताएका छन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्