जीवन विकासलाई अन्तर्राष्ट्रिय अवार्ड

 न्यूज विराट
जीवन विकासलाई अन्तर्राष्ट्रिय अवार्ड

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले थ्रि जिरो क्लब प्रवद्र्धन गरे बापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । फिलिपिन्सको राजधानी मनिलामा आयोजित थ्री जिरो क्लब कन्भेन्सनमा विश्वभरका सहयोगी संस्थाहरु मध्ये नेपालको जीवन विकास लघुवित्त वित्तीय संस्थाले अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको हो ।
यसअघि २०२२ र २०२३ को थ्री जिरो क्लब कन्भेन्सनमा पनि जीवन विकासले अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको थियो ।
शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले थ्री जिरो क्लबको (तीन शून्य क्लब) अवधारणा अघि सारेका थिए ।
बङ्गलादेशबाट सुरु भएको थ्री जिरो क्लब सञ्जाल ५६ देशमा फैलिएको छ । विश्वभर थ्री जिरो क्लबको संख्या ३ हजार ८ सय बढी छन् । ती मध्ये सबैभन्दा धेरै नेपालमा २ हजार पाँच सय थ्री जिरो क्लब छन् । नेपालमा रहेका मध्ये आधा भन्दाबढी १ हजार ४१८ वटा थ्री जिरो क्लब जीवन विकास लघुवित्त वित्तीय संस्थाले गठन गरेको हो । सन् २०२१ डिसेम्बर ११ बाट जीवन विकासले थ्री जिरो क्लब गठन सुरु गरेको थियो ।
जीवन विकासले सामाजिक कार्य गर्दा थ्री जिरो क्लबसँग सहकार्य गर्छ । वातावरण संरक्षण र अतिविपन्न परिवारको सहयोगमा थ्री जिरो क्लब बढी सक्रिय छन् ।
थ्री जिरो क्लब गठन र सहयोगमा उत्कृष्ट कार्य गर्दै आएको जीवन विकासलाई थ्री जिरो क्लब कन्भेन्सनमा प्रवद्र्धक मोहम्मद युनुसले अवार्ड प्रदान गरेका थिए । सो अवार्ड ग्रहणका लागि संस्थाको तर्फबाट जीवन विकास लघुवित्त वित्तीय संस्थाका सञ्चालक सदस्य प्रकाशकुमार श्रेष्ठ, जीवन विकासका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल, नायब प्रमुख कार्यकारी अधिकृत दामोदार रेग्मी उपस्थित भएका थिए ।
अन्तर्राष्ट्रिय थ्री जिरो सपोर्ट अर्गनाइजेशन अवार्ड ग्रहणका क्रममा नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले क्लब सपोर्ट बापत जीवन विकासले तेस्रो पटक पुरस्कार प्राप्त गरेको बताए । अर्काे सम्मेलनमा पनि अवार्ड पाउनेगरी जीवन विकासले काम गर्ने उनले बताए । कन्भेन्सनमा क्लब सपोर्ट तर्फ जीवन विकासले अवार्ड प्राप्त गर्दा मेक्सीकोका सहभागीले क्लब सपोर्ट पर्सन अवार्ड र उत्कृष्ट क्लबको अवार्ड मलेसियाको क्लबले प्राप्त गरेको थियो ।
पुरस्कार ग्रहण गर्दै जीवन विकासका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले अन्तर्राष्ट्रिय मञ्चमा जीवन विकासले प्राप्त गरेको पुरस्कार नेपालका लागि गौरवको विषय भएको बताए । ‘जीवन विकासले अवार्ड प्राप्त गर्नु हाम्रा लागि मात्रै होइन नेपालका लागि पनि गौरवको कुरा हो,’ उनले भने,‘यो अवार्डले पिल्डमा काम गर्नका लागि उर्जा मिलेको छ ।’
थ्री जिरो क्लबमा १२ वर्षदेखि ३५ वर्ष उमेर समूहका युवाले सहभागिता जनाउन पाउँछन् । एउटा क्लबमा पाँच जना सदस्य हुन्छन् । यसरी गठन भएको क्लब सामाजिक कार्यमा खटिन्छन् । जीवन विकासले गर्ने सामाजिक कार्यलाई प्रभावकारी बनाउन थ्री जिरो क्लबसँग सहकार्य गरिरहेको छ ।
‘थ्री जिरो क्लबलाई लघुवित्तसँग जोडेर गरिने सामाजिक कार्य दिगो र प्रभावकारी हुन्छ, समाजले अपनत्व ग्रहण गर्छ, युवालाई अघि बढाउँदा धेरै सिक्न पाउँछन्, नेतृत्व विकास पनि हुन्छ,’ प्रमुख कार्यकारी अधिकृत मण्डल भन्छन्,‘हामीले क्लब मार्फत युवालाई समाजप्रतिको उत्तरदायित्व सिकाइरहेका छौं । हाम्रा हरेक कार्यमा थ्री जिरो क्लबका युवाहरू जोडिएका छन् ।’
जीवन विकासले गत बैशाख ५ गते नेपालमा पहिलो पटक थ्री जिरो सदस्य सम्मेलन आयोजना गरेको थियो ।

सम्बन्धित समाचार

पाँचौ मिल्स गोल्डकप : बिहारलाई हराउँदै टिएफसी सेमिफाइलनमा

विराटनगर । सुनसरी इटहरीको टीएफसी तालतलैया पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा मंगलबार भएको खेलमा पहुना टोली भारत बिहारको वाइएससी खोखाझील कटिहारलाई...

सुदूरपश्‍चिम प्रदेशले ५ अर्ब बजेट बढायो

धनगढी, १ असार-सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा ३३ अर्व ३८ करोड १३ लाख ४८ हजार...

महाअभियोगबारे चोलेन्द्रले खोले मुख

काठमाडौं, फागुन २ । संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्तासँगै निलम्बननमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दुई तिहाइ पुर्‍याएर आफूलाई हटाउन चुनौती दिनुभएको छ । सत्ता गठबन्धनका सांसदले आइतबार जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेसँगै झन्डावाल गाडी...

कोरोना संक्रमितको संख्या ६०३ पुग्यो, आज थपिए १२ जना

काठमाडौं, ११ जेठ-नेपालमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा आज थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।...

सुनसरीको दुहवीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

विराटनगर, २३ वैशाख ।चुनावी प्रचारप्रसारका क्रममा सुनसरीको दुहवीमा डिजे बजाएको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताबीच झडप भएको छ । शुक्रबार चुनावी प्रचार प्रसारका क्रममा ठूलो आवाजमा डिजे बजाएको विषयलाई लिएर विवाद...

ओली प्रधानमन्त्रीबाट पूर्व बन्नुमा भूराजनीतिक प्रभाव:उपेन्द्र यादव

काठमाडौं । सत्ता गठबन्धनका एक शीर्ष नेता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओलीलाई सत्ताबाट हटाउन विदेशी शक्तिको पनि साथ रहेको खुलासा गरेका छन् । नेपाल चीन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा...

वीरगञ्जका सरसफाइकर्मी हड्तालमा

जनकपुर, १८ जेठ-सरसफाइकर्मी हड्तालमा बसेपछि वीरगन्ज महानगरको फोहोर शनिबारदेखि उठ्न सकेको छैन । फोहोर उठाउन सडकमा निस्किँदा प्रहरीले कुटपिट गरेको भन्दै महानगरपालिकाका सरसफाइकर्मी हड्तालमा बसेका छन् । सरसफाइमा खटिने कर्मचारीलाई प्रहरीले अवरोध गर्दै हातपात गर्न...

ओलीसँग सहमति गर्ने जिम्मा प्रचण्डलाई 

काठमाडौं, १३ साउन-२ अध्यक्षबीच छलफल भएपछि मात्र नेकपा स्थायी कमिटी बैठक बस्ने भएको छ । बालुवाटार भेलाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गर्न जिम्मा दिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्