दुई वर्षमा विराटनगरमा २० किलोमिटर कालोपत्रे, ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल

 न्यूज विराट
दुई वर्षमा विराटनगरमा २० किलोमिटर कालोपत्रे, ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल

विराटनगर । विराटनगर महानगरपालिकाभित्र १ अर्ब १५ करोडभन्दा बढीका विभिन्न योजनाहरु सञ्चालनमा रहेका छन् ।
हाल १९ वटै वडामा १ अर्ब १५ करोडभन्दा बढीका ठूला साना परियोजना सञ्चालन भइरहेका छन् ।

वडास्तरमा पनि १ करोडभन्दा माथिका थुप्रै योजनाहरु निर्माणको चरणमा रहेका छन् । सीमित स्रोत साधनको बाबजुद पनि हामीले विराटनगरको विकासलाई समानुपातिक रुपमा अगाडि बढाइरहेको मेयर नागेश कोइरालाले बताउनुहुन्छ । उहाँका अनुसार वडा नम्बर १ मा २ करोड ११ लाखको लागतमा बाल उद्यान, १ करोडको लागतमा वडा कार्यालय भवन, वडा नम्बर २ मा ५ करोडको लागतमा सन्ध्याकालीन आरतीस्थल, ४ करोडको लागतमा त्रिभुवनमार्गमा कालोपत्रे निर्माणाधीन चरणमा रहेका छन् । वडा नम्बर ५ मा १२ करोडको लागतमा महानगर बहुप्राविधिक शिक्षालयको भवन पनि निर्माण भइरहेको छ । १ करोडको लागतमा डिपीएस दक्षिणमा नाला र सडक पनि बनिरहेको छ । वडा नम्बर ६ मा ५ करोड ३८ लाखको लागतमा विएफएम अगाडिको सडक अब कालोपत्रे हुन मात्रै बाँकी रहेको मेयर कोइरालाले जानकारी दिनुभयो । वडा नम्बर ७ मा १७ करोडको लागतमा प्रधानमन्त्री पार्क, १४ करोड ७५ लाख रुपैयाँको लागतमा महानगरको प्रशासनिक भवन, वडा नम्बर ७ मै २२ करोडको लागतमा निर्माण भएको वीरेन्द्रसभा गृह हस्तान्तरणको चरणमा पुगेको छ । वडा नम्बर ७ स्थित श्मसान घाट जाने सडकको निर्माणले पनि गति लिएको छ । विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि रेल्वे हुँदै सिंघियासम्मको सडक पनि धमाधम निर्माण भइरहेको छ ।
वषौंदेखि जीर्ण रहेको विराटनगर बसपार्कदेखि पश्चिम पिचरा जाने सडक करिब १ करोडको लागतमा नालासहित कालोपत्रे हालै सम्पन्न भएको छ । विराटनगर–११ को केशलिया रोडदेखि रानीसम्मको नहरको डिलको सडक निर्माणका लागि ६ करोडमा ठेक्का लागिसकेको छ । विराटनगर–१२ नम्बरस्थित लेखनाथ वाचनालयदेखि पश्चिम १ करोडको लागतमा नाला, विराटनगर–१३ आँखा अस्पताल अगाडिको सडक ३ करोडको लागतमा निर्माण भइरहेको छ भने १४ नम्बर वडास्थित भगवती मार्गको सडक पनि १ करोडको लागतमा धमाधम निर्माण भइरहेको छ । महानगरको बहुवर्षीय योजनाअन्तर्गत वडा नम्बर १४ मा ५ करोडको लागतमा रानीपोखरी, ६ करोड बढीको लागतमा मण्ठापोखरी पनि धमाधम निर्माण भइरहेको भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिनुभयो । करिब १ करोड लागतमा १५ नम्बर वडाको सुँडी टोलस्थित नाला र सडक निर्माण, १ करोडकै लागतमा १६ नम्बर वडाको आर्जे क्लिनिक पूर्व तथा परागमान श्रेष्ठको घर अगाडिको सडक निर्माणले पनि गति लिएको उहाँले बताउनुभयो । १७ नम्बर वडाको मटेरुवा चोकदेखि पूर्वको सडक, १८ नम्बर वडाको फडानी चोकदेखि नहर हुँदै उत्तर निर्माण भइरहेको सडकको लागत पनि १ करोड रहेको छ । विराटनगर–१८ स्थित विराट राजाको दरबार उत्तरमा रहेको पोखरीलाई करिब ८० लाख रुपैयाँको लागतमा आकर्षक बनाइएको छ । सिंढीसहितको पोखरीलाई आकर्षक तरिकाले घेराबारासमेत गरिएको छ । त्यस्तै विराट राजाको दरबार क्षेत्रको सरसफाईसँगै पर्खालमा रंग लगाएर चिटिक्क पारिएको छ । वडा नम्बर १९ मा पर्ने पञ्चकन्या मार्गको सडक पनि १ करोडको लागतमा निर्माण भइरहेको छ । यी बाहेक चालु आर्थिक वर्षको बजेटबाट वडास्तरका १ करोडभन्दा मुनि लागतका दर्जनौं योजनाहरु सम्पन्न हुने क्रममा रहेको उहाँको भनाइ छ । विगत दुई वर्षको अवधिमा २० किलोमिटर कालोपत्रे भएको छ भने ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल गरिएको छ । विभिन्न वडामा १ सय ५२ वटा कल्भर्ट निर्माण गरिएको छ ।
वडास्तरमा पनि कालोपत्रे, ग्राभेल, रिटेरिङ वाल, विभिन्न सामुदायिक भवनको निर्माण तीव्रता पाएको छ । महानगरको निरन्तरको अनुगमनले गुणस्तरीय सँगै सम्झौताभन्दा अगाडि नै धेरै योजनाहरु सम्पन्न भइरहेको उपमेयर शिल्पा निराला कार्की बताउनुहुन्छ । जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी र स्थानीयवासीको समन्वयकारी भूमिकाकै कारण महानगरका दर्जनौं योजनाहरु बिना अवरोध अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली दाबी गर्नुहुन्छ ।

सम्बन्धित समाचार

साउनमा पनि सुनसान हुँदै पशुपति

काठमाडौं, २४ असार-चान्द्रमासअनुसार २२ असारमा सोमबारदेखि श्रावण कृष्णपक्ष सुरु भएको छ । प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष चान्द्रमासअनुसार साउन महिनाको तेस्रो दिन बित्दासमेत पशुपति क्षेत्र सुनसान...

आफैँले बोकेको ग्रिनेट पड्किँदा घाइते सैनिक जवान आचार्यको विराटनगरमा निधन

विराटनगरमा, १८ माघ । आफैँले बोकेको ग्रिनेट पड्किँदा घाइते भएका नेपाली सेनाका जवान अर्जुन आचार्यको मृत्यु भएको छ । तालिमका क्रममा आफैँले बोकेको ग्रिनेट पड्किँदा सैनिक जवान आचार्य दुई महिनाअघि घाइते भएका थिए । घाइते आचार्यलाई सेनाले उपचारका लागि...

बीपी प्रतिष्ठानमा खोप लगाएकी महिलाको कोरोना संक्रमणका कारण मृत्यु

विराटनगर, १५ माघ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणका कारण एक बृद्धा महिलाको मृत्यु भएको छ । शुक्रबार कोरोना पोजिटिभ देखिएकी सुनसरीको धरान उपमहानरपालिकाकी ७६ वर्षीया बृद्धा महिलाको प्रतिष्ठानमा उपचारका क्रममा...

गुटको राजनीति छाडेर संगठन सुदृढिकरणमा लाग्न कांग्रेसलाई विज्ञहरुको सुझाव

विराटनगर, फागुन ३–गुटको राजनीति छाडेर संगठन सुदृढीकरणमा लाग्न नेपाली कांग्रेसका नेताहरुलाई विभिन्न क्षेत्रका विज्ञहरूले सुझाव दिएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङले शनिबार विराटनगरमा आयोजना गरेको दीर्घकालीन रणनीति निर्माण सम्बन्धी अन्तक्र्रियात्मक कार्यशाला गोष्ठीमा सहभागिहरूले...

लाभान्वित सहकारीको खुद नाफा ६० लाख

विराटनगर । विराटनगर – १६ बुद्ध चोकमा रहेको लाभान्वित बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्षमा झण्डै ६० लाख रुपैयाँ खुद नाफा गरेको छ । विराटनगरमा शनिबार भएको सहकारीको १३ औं वार्षिक साधरणसभामा आर्थिक वर्ष...

हिमालय दर्शन कलेजका ५९ विद्यार्थी दीक्षित

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका ५९ जना विद्यार्थी दीक्षित भएका छन् । कलेजले विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी सो विद्यार्थीहरूलाई दीक्षित गरेका हुन् । पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति यादवराज कोइरालाले दीक्षित भएका विद्यार्थीहरुलाई...

प्रदेश १ का चार सचिवको सरुवा

विराटनगर, १० भदौ–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश १ का चार मन्त्रालयका सचिवहरुको सरुवा गरेको छ । बुधबार सहसचिवहरुको सरुवा गर्दा प्रदेश मन्त्रालयमा कार्यरत सचिवहरुको सरुवा भएको हो । प्रदेश १ का सचिवहरु मुख्यमन्त्री...

चालक अनुमतिपत्रको अनलाइन फाराम भर्न प्राविधिक समस्या

काठमाडौं, २१ पुस-चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मर्मत जारी रहेकाले छिट्टै सञ्चालनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्