आफैँले बोकेको ग्रिनेट पड्किँदा घाइते सैनिक जवान आचार्यको विराटनगरमा निधन - News Birat

आफैँले बोकेको ग्रिनेट पड्किँदा घाइते सैनिक जवान आचार्यको विराटनगरमा निधन

न्यूज विराट

विराटनगरमा, १८ माघ । आफैँले बोकेको ग्रिनेट पड्किँदा घाइते भएका नेपाली सेनाका जवान अर्जुन आचार्यको मृत्यु भएको छ ।

तालिमका क्रममा आफैँले बोकेको ग्रिनेट पड्किँदा सैनिक जवान आचार्य दुई महिनाअघि घाइते भएका थिए । घाइते आचार्यलाई सेनाले उपचारका लागि विराटनगर अस्पताल पुर्‍याएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई सेनाले १६ मंसिरमा सैनिक अस्पताल छाउनीमा भर्ना गरेको थियो । 

आर्चायको मंगलबार बिहान उपचारका क्रममा निधन भएको सैनिक प्रवक्ता एवं सहायक रथी नारायण सिल्वालले जानकारी दिए । आचार्य भोजपुरस्थित कालीशक्ति गणमा कार्यरत थिए । 

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles