प्रदेश १ का चार सचिवको सरुवा - News Birat

प्रदेश १ का चार सचिवको सरुवा

न्यूज विराट

विराटनगर, १० भदौ–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश १ का चार मन्त्रालयका सचिवहरुको सरुवा गरेको छ । बुधबार सहसचिवहरुको सरुवा गर्दा प्रदेश मन्त्रालयमा कार्यरत सचिवहरुको सरुवा भएको हो ।

प्रदेश १ का सचिवहरु मुख्यमन्त्री कार्यालयका सचिव मुकुन्द निरौला, आन्तरिक मामिला तथा कानून मन्त्रालयका हरीप्रसाद मैनाली, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सञ्जीवकुमार राई र आर्थिक मामिला तथा योजना मन्त्रालयका दामोदर रेग्मीलाई सरुवा गरेको हो । मन्त्रालय बुधबार देशभरका ६० जना सहसचिबहरुको सरुवा गरेको छ ।

प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्यालयबाट दिनेशकुमार घिमिरे, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रधानमन्त्री कार्यालयबाटै राजेन्द्रकुमार पौडेल सचिवको रुपमा आएका छन् ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयमा अर्थ मन्त्रालयका उत्तरकुमार खत्री र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा वन मन्त्रालयका मेघनाथ काफ्ले सचिवको रुपमा आएका हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles