प्याब्सन जिल्ला स्तरीय चित्रकलाको उपाधि कृतिका र प्रशनालाई
सोमबार, ०३ असार, २०८१,
न्यूज विराट
छविराज ढकाल
विराटनगर । प्याब्सन जिल्ला स्तरीय चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको ग्रेडेड स्कुलकी कृतिका यादव र पथरीकीको गैटग्रेस स्कुलका प्रशना तामाङले जितेका छन् । प्याब्सन मोरङको आयोजनामा पथरीमा सोमबार सम्पन्न भएको उक्त प्रतियोगितामा सिनीयरतर्फ कृतिका र जुनियरतर्फ प्रशानाले उपाधि जितेका हुन् ।
जुनियर तर्फको द्धितीय सुपब् मोडल पथरीका सेसेहाङ लिम्बु , द्धितीय विराटनगरको पूर्वाञ्चल विद्या सदनकी एन्जेलिना श्रेष्ठ र सान्तवना सिद्धार्थ सुन्दर हरैंचाका सिम्रन खड्का, एभरेष्ट अंग्रेजी स्कूल पथरीकी आभा केरूङ घोषित भइन् ।
यसैगरी सिनियरतर्फको द्धितीय रंगेलीको बाल देवदुत, तृतीय माउण्ट मकालुका चन्चल मण्डल, सान्त्वना पूर्वाञ्चल विद्या सदन विराटनगरकी अनिसा राई र जुपीटर सुन्दर हरैंचाका अनुनय कोइराला भए । जिल्लास्तरीय चित्रकला प्रतियोगितामा प्रथम र दोस्रो स्थान हासिल गर्ने विद्यार्थीहरुले प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा पनि भाग लिने प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवालले जानकारी दिए । विजय हुने विद्यार्थीहरुलाई प्याब्सन केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास, सचिव हेमन्त कार्की, नेपाल अभिभावक संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थीलगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा ४९ वटा विद्यालयका ८४ जना विद्यार्थीले भाग लिएका थिए । सोही अवसमार १३ जना विभिन्न चित्रकारहरूले सुन्दर चित्रहरू स्केच गरी प्रर्दशन पनि गरे ।
विराटनगर । नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ डाक्टर तपेश्वरलाल कर्णसहित तीन जना पुर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले बुधबार डाक्टर ६८ वर्षीय कर्णसहित कटहरी गाउँपालिका –...
विराटनगर । उपभोक्ताले खाजाको रूपमा खाने चनामा व्यापारीले बदमासी गरेको भेटिएको छ । झापाको मेचीनगरपालिका – ११ धाई जनस्थित सूर्य प्लस एन्ड प्रोसेसिङ्ग प्रालिले उत्पादन गरेको ‘जुनेली’ नामको चनाको बोरामा ढुङ्गा र माटो भेटिएको छ...
काठमाडौं, फागुन २२–प्रहरीले किशोरीमाथि यौन दुराचार गरेको अभियोगमा एक बौद्ध धर्मका धर्मगुरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अस्ट्रेलियन नागरिक गोविन्द रिन्बोचे छन् । उनलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गोकर्णेश्वर नगरपालिकाको कदम्बा बुद्धिष्ट प्रतिष्ठानबाट...
डडेल्धुरा, माघ २७–सुदूरपश्चिम प्रदेशको हिलस्टेसनका रूपमा चिनिने डडेल्धुरा सदरमुकाममा व्यवस्थित बसपार्क नहुँदा यातायातका साधन पार्किङका लागि समस्या छ । पहाडी जिल्लाको केन्द्रका रूपमा विकसित हुन थालेको डडेल्धुरा सदरमुकाम अव्यवस्थित हुँदै जान थालेपछि सर्वसाधारण र आउने...
काठमाडौं, १० जेठ-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा नेताहरूले असन्तुष्टि पोखेका छन् । पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सरकारले बजेट बनाएपछि सुझावको लागि सचिवालय बोलाउनुको कुनै अर्थ नभएको बताएका छन्...
विराटनगर । विराटनगर महानगरपालीका भित्र बसोबास गर्दै आएका आदिवासी जनजातीहरुले आफ्नो पहिचान सहितको भेषभूषा तथा बाजागाजा सहितको नृत्य प्रस्तुत गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद सचिवालय विराटनगरको आयोजना तथा विराटनगर महानगरपालीकाको...
काठमाडौं, पुस १३–कमल थापा नेतृत्वको राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रप्रति प्रतिवद्धता जनाएर पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त)लाई एकता प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ । राप्रपाको केन्द्रीय पदाधिकारी र कार्य सम्पादन...
प्रतिनिधिसभाको बैठक सुरु हुन ढिलाइ भएपछि प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवनबाट बाहिरिएका छन् । aआइतबार अपरान्ह चार बजेका लागि बोलाइएको पुनर्स्थापित प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन । संसद बैठक सुरु गर्न सभामुख...