पूर्वप्रधानमन्त्री देउवाकै गृहजिल्लामा छैन व्यवस्थित ‘बसपार्क’

 न्यूज विराट
पूर्वप्रधानमन्त्री देउवाकै गृहजिल्लामा छैन व्यवस्थित ‘बसपार्क’

डडेल्धुरा, माघ २७–सुदूरपश्चिम प्रदेशको हिलस्टेसनका रूपमा चिनिने डडेल्धुरा सदरमुकाममा व्यवस्थित बसपार्क नहुँदा यातायातका साधन पार्किङका लागि समस्या छ । पहाडी जिल्लाको केन्द्रका रूपमा विकसित हुन थालेको डडेल्धुरा सदरमुकाम अव्यवस्थित हुँदै जान थालेपछि सर्वसाधारण र आउने जाने यात्रुले सास्ती भोग्नुपरेको परिरहको छ ।

सडक विभागले भीमदत्त राजमार्ग निर्माणका क्रममा झण्डै दुई दशकअघि सदरमुकाम बागबजारको छेउमा निर्माण गरिदिएको सवारीसाधन विश्रामस्थललाई हाल बसपार्कका रूपमा प्रयोग गरिएको छ । तर, सानो विश्रामस्थलमा सवारीसाधनको चाप बढी हुने भएकाले यात्रुहरूलाई बसाउने र उतार्ने काम सडकबाटै गर्नुपर्ने बाध्यता रहेको सवारीचालकहरू बताउँछन् । व्यवस्थित बसपार्कको अभावमा सडकमा हिँड्ने बटुवालगायत स्थानीय व्यापारीहरूले समस्या झेल्दै आएका छन् ।

पहाडी जिल्लाको केन्द्रविन्दु मानिने डडेल्धुरा सदरमुकाम भएर दैनिक ५ सयभन्दा बढी सवारीसाधनहरू आउजाउ गर्छन् । यात्रुवाहक सवारीसाधनका अलावा ट्रक, टिपर, लहरी, ट्रयाक्टर र अन्य भारवाहक यातायातका साधनहरूको चाप दिनहुँ बढ्दै गएको छ ।डडेल्धुरा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । तर, पहाडी जिल्लाको केन्द्र बन्न थाले पनि डडेल्धुरामा अहिलेसम्म बसपार्कसमेत बन्न सकेको छैन । देउवाले डडेल्धुरा जिल्लाबाट छैटौँ पटक चुनाव जिते पनि व्यवस्थित बस पार्क बनाउनतर्फ ध्यान नदिएको यहाँ स्थानीयको आरोप छ ।

सम्बन्धित समाचार

कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने

काठमाडौं, माघ २४नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो । संसदीय दलका उपनेता समेत रहेका नेता विजयकुमार...

मोरङ २ मा सुजाता र ऋषिकेशबीच कडा प्रतिस्पर्धा

विराटनगर । मोरङ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसकी सुजाता कोइराला र एमालेका ऋषिकेश पोखरेलबीच कडा प्रतिस्पर्धा हुन थालेको छ। पहिले चार सय मतले पछाडि रहेकी सुजताले मतान्तर घटाउँदै ल्याउन थालेपछि ऋषिकेशसँग...

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाघ्यो

पेरिस, २० जेठ-महामारीका रूपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर ३ लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । एएफपीको गणनाअनुसार विश्वभर ६३ लाख ७४ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित छन् । जसमा युरोपमा मात्र १ लाख ७९...

बाढीपहिरोले प्रदेश १ मा ५० जनाको मृत्यु

विराटनगर, ३ कात्तिक । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर प्रदेश १ मा बुधबार साँझसम्म ५० जनाको मृत्यु भएको छ । बुधबार साँझसम्म बाढीपहिरोमा परेर पाँचथर २२ जना, इलाममा १३ धनकुटा ६, सुनसरीमा ५,...

प्रदेश १ मा बुधबार १ सय ३३ संक्रमित थपिए

विराटनगर, ३१ भदौ–प्रदेश १ मा बुधबार १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक...

मन्त्री नआएपछि गण्डकीमा एमालेले गर्‍यो संसद् बैठक अवरुद्ध

गण्डकी प्रदेशसभा बैठक एमालेले अवरोध गरेको छ । मन्त्री सहभागी नभएकाले बैठक चल्न नसक्ने भन्दै एमालेले शुक्रबारको संसद् बैठक अवरुद्ध गरेको हो । `बैठकमा मन्त्री आउनुपर्ने थियो । तर, एक जना पनि हुनुभएन । त्यसैले...

स्वास्थ्य सामग्री खरिदमा गडबडी : उपप्रधानमन्त्री पोखरेलविरुद्ध पनि अख्तियारमा उजरी

चीनबाट ल्याएको स्वास्थ्य सामग्रीमा ल्याउने दिएको ठक्का सम्झौतामा गडबडी गरेको भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलविरूद्ध अख्तियारमा उजुरी परेको छ । कोरोना उपचारका लागि चीनबाट सामान ल्याउन ओम्नी कम्पनीलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको भन्दै उपप्रधानमन्त्री पोखरेलविरूद्ध...

सुनसरी एमालेको बिवाद मिल्यो, सर्वसम्मत छानिए ४२ जना महाधिवेशन प्रतिनिधि

सुनसरी, मंसिर ४ । – नेकपा एमाले सुनसरीले केन्द्रीय महाधिवेशन प्रतिनिधि टुङ्गो लगाएको छ । धेरै जना आकाङ्क्षी भएपछि निर्वाचन गर्ने तयारी थियो । तर, अन्य जिल्लामा सहमतिअनुसार नै प्रतिनिधि चयन भएपछि सुनसरीमा पनि सहमतिमा नै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्