कालीखोलामा पहिरो, नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध - News Birat

कालीखोलामा पहिरो, नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध

न्यूज विराट

चितवन, ३ असार-नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध बनेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोलामा आज बिहान ४ः१५ बजे पहिरो खस्दा सडक अवरूद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अवरूद्ध भएको हो । पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड हुँदै चल्ने सवारी साधन रोकिएको प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles