जीवन आचार्य भन्छन्, ‘युवाहरु जागीरमा होइन, उत्पादनमा लाग्नुपर्छ’

 न्यूज विराट
जीवन आचार्य भन्छन्, ‘युवाहरु जागीरमा होइन, उत्पादनमा लाग्नुपर्छ’

विराटनगर । मोरङ क्षेत्र नं. ६ (१) मा वाम लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार जीवन आचार्यले उत्पादन र उद्यमशीलताको विकासमा जोड दिने प्रतिवद्धता जनाएका छन् ।

आर्थिक क्रान्ति बिना देश समृद्ध हुन नसक्ने धारणा व्यक्त गर्दै नेता आचार्यले प्रदेश सरकार मार्फत जनतामा उत्पादन लक्षित कार्यक्रमहरुलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका हुन् ।

अन्नबाली, तरकारी तथा फलफुल उत्पादनमा प्रदेश १ अब्बल रहेको बताउँदै नेता आचार्यले भने, ‘प्रदेश सरकार नै अब आत्मनिर्भर बन्नुपर्छ । बिभिन्न योजनाहरु मार्फत जनजनमा उत्पादनका कार्यक्रम दिनुपर्छ र त्यसको बजारिकरण सरकारले गर्नुपर्छ ।’

तल्लो स्तरका जनतालाई लक्षित गर्दै प्रदेशका बिभिन्न क्षेत्रमा चिस्यान केन्द्रहरु स्थापना गराउने र कृषिलाई संस्थागत गर्ने नेता आचार्यको धारणा छ । ‘प्रदेश १ बाट सिंगो देशलाई पुग्ने अन्न, फलफुल तथा तरकारी उत्पादन गर्न सकिन्छ ।’ नेता आचार्यले भने, यी सबै काममा युवाहरुलाई जोडाउने, सहजिकरण गर्ने र उद्यमी बनाउने हो ।’


युवाहरु आत्मनिर्भर बन्न थालेपछि मात्र देश समृद्ध हुने नेता आचार्यको बुझाई छ । ‘देशमा आयात बढेर महंगी नियन्त्रण बाहिर गएको छ । अनि युवाहरु बेरोजगार छन् ।’ उनी भन्छन्, ‘अब दुबै समस्याको समाधान एकैपटक गर्नुपर्छ । अब युवाहरु जागीरमा होइन, उत्पादनमा लाग्नुपर्छ ।’

सम्बन्धित समाचार

कर्णाली प्रदेशका २ जनामा कोरोना आशंका

सर्खेत, १० जेठ-कर्णाली प्रदेशका २ जनामा पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । बिहीबार भारतबाट आएमा १५ नेपालीमा आरडीटी पोजिटिभ देखिएकोमा प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा २ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो । ‘आरडीटी गर्दा...

मन्त्री घिमिरे र राज्यमन्त्री गजमेरको विदाई

विराटनगर, १२ पुस-प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरको आइतबार विदाई गरिएको छ । बर्तमान राष्ट्रिय राजनीति घटनाक्रममा कारण मन्त्रीको जिम्मेवारीमा रहेर कार्यगर्ने सक्ने अवस्था नभएको भन्दै उनीहरुले आइतबार विहान...

बलात्कार आरोपी पक्राउ

विराटनगर, बैशाख २८–मोरङको मिक्लाजुङकी दलित बालिका बलात्कार गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । गत वैशाख १९ गते मिक्लाजुङकी १४ बर्षीय दलित बालिका बलात्कार गरेर फरार रहेका स्थानाीय २२ वर्षीय धिरेन मगर आइतबार...

तिहार नजिकिँदै गर्दा भारतबाट अवैध रुपमा भित्रियो पटका

विराटनगर । दशैं सकिएर तिहार नजिकिन लाग्दै गर्दा भारतबाट ल्याउँदै गरेको ठूलो परिणामको पटका मोरङको रंगेली र विराटनगरबाट प्रहरीले बरामद गरेको छ ।रंगेली नगरपालिका–४ चोप्राहा नाका हुँदै भित्राइएको २ लाख ७२ हजार रूपैयाँ बराबरको पटका...

विराटनगरमा गाउँघर क्लिनिकको सेवा विस्तार

विराटनगर । विराटनगर महानगरपालिकामा पहिलो पटक वडास्तरमा गाउँघर क्लिनिकको सेवा विस्तार गरिएको छ । सेवाको विस्तार विराटनगर ८ बाट गरिएको हो । विराटनगर ८ मा प्रत्येक महिनाको ९ र १० गते गाउँघर क्लिनिकको सेवा प्रवाह...

प्रदेश १ मा १८ संक्रमितथपिए, ४२ जना डिस्चार्ज

विराटनगर, साउन १५–प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, झापामा ४, सुनसरी, उदयपुर र सोलुखुम्वुमा २÷२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ पुरुष...

ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष

विराटनगर, १७ पुस । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न परिवारलाई ब्ल्यांकेट र न्यानो कपडा वितरण गर्दै अंग्रेजी नयाँ वर्ष मनाएको छ । कठ्यांग्रीदो जाडोबाट बच्नको लागि विराटनगरस्थित खार्जीका स्थानीयलाई क्लबले ब्ल्यांकेट र न्यानोकपडा वितरण...

रंगेलीमा दुई युवकको खोलामा डुवेर मृत्यु

विराटनगर, २४ कात्तिक । मोरङको रंगेलीमा खोलामा डुबेर दुई युवकको मृत्यु भएको छ । रंगेली–६ स्थित भन्सार टोलका सुरेस साहको घरमा छठ पर्व मनाउन पाहुना आएका दुई भारतीय युवकको स्थानीय बक्राह खोलामा डुबेर बुधबार मृत्यु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्