विराटनगरको होटल अनुगमन : एसियाटिकसहित तीन होटल ‘क’ वर्गमा
शुक्रबार, ३२ जेठ, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेको तीन वटा होटल ‘क’ वर्गको मान्यता पाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले बिहीबार गरेको अनुगमन र निरीक्षण पछि विराटनगरको एयरपोर्ट रोडमा रहेको होटोल एसियाटिक, विराटनगर एयरपोर्ट होटल र बिग हाटोल अति उत्तम भन्दै ‘क’ वर्गको मान्यता दिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले विराटनगरको ८ वटा ठूलो होटल निरीक्षणको क्रममा ‘ख’ वर्गा उत्तममा इस्टन स्टार होटल राखेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक वीरेन्द्र कुमार दासले जानकारी दिए । सन्तोषजनक ‘ग’ वर्गमा दुई वटा होटल रहेको छ । जसमा होटल तृष्णा र स्वागतम होटल रहेको छ । ‘होटल स्तरीकरण निर्देशिका २०७४ रहेको छ । उक्त निर्देशिका अनुसार जिल्ला प्रशासन कार्यालय, उपभोक्ताको संघसंस्था स्थानीय जनप्रतिनधी र खाद्य प्रविधि तथा गुण नियन्त्रणबाट खटिएको कर्मचारीले गरेको निरीक्षण हो,’ उनले भने, ‘अनुगमन र निरीक्षणपछि होटलहरुलाई खाद्य स्वच्छता कायम गर्दै गुणस्तरीय खाद्य बस्तु विक्री वितरण गर्न निर्देशन दिएको छ ।’
काठमाडौं, २१ कात्तिक-नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना सचिवालय सदस्यले भोलि बिहान ९ बजेट प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने भएका छन् । प्रचण्डले बोलाएको अनौपचरिक सचिवालय बैठकको निष्कर्षअनुसार भेटको समय जुरेको हो । प्रधानमन्त्री...
काठमाडौं, १७ जेठ-भोलि संविधान संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता हुने भएको छ । संसद सचिवालय सम्भावित कार्यसूचीको पहिलो नम्बरमा संविधान संशोधन विधेयकलाई राखेको छ । यसअघि भने सम्भावित कार्यसूचीमा राखेर अन्तिम समयमा हटाइएको थियो । प्रमुख...
विराटनगर, १३ चैत-मोरङको रतुवामाई नगरपालिकाले ‘काेरोना भाइरस संक्रमण रोकथाम विपद् कोष’ स्थाना गरेको छ । विश्वव्यापी महामारीको रूपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोष स्थापना गरिएको हो । रतुवामाई नगरपालिकाका...
विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा सुनसरीको बराहा राईजिङ स्टार स्कुल र विराटनगरमा रहेको सत्यनारायण मावि फाइनलमा पुगेको छ । विराटनगरमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इटहरीको सहिद...
विराटनगर, ३१ असार-प्रदेश १ मा समुदायस्तरमा पनि कोरोना परीक्षण गरिने भएको छ । प्रदेश १ मा कोरोना संक्रमण क्वारेन्टाइनमा बसेका मात्रको परीक्षण गरिएकोमा अब समुदायमा संक्रमण भएनभएको परीक्षण गर्न लागिउको हो । प्रदेश सरकारले नमुनाका...
साफ महिला च्याम्पियनसिप २०२२ आगामी भदौ १३ देखि २५ गतेसम्म नेपालमा आयोजना हुने भएको छ । शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो । अखिल...
विराटनगर, २८ माघ ।सुनसरीको धरान उपमहानगर पालिका-१६ स्थितबाट प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१६ का २४ बर्षीय प्रबिण भुजेल रहेका छन । हिजो बेलुकी साढे...
विराटनगर, २० पुस । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले खार्जीस्थित ज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ । कठ्यांग्रीँदो जाडोबाट बालबालिकाहरु बच्नका लागि एक कार्यक्रमकाबिच क्लबले रोटरीको सिद्धान्त र प्रतीक छापिएको...