मोरङको उर्लाबारीमा पनि एमालेको अग्रता - News Birat

मोरङको उर्लाबारीमा पनि एमालेको अग्रता

न्यूज विराट

विराटनगर, ३१ वैशाख । मोरङको उर्लाबारी नगरपालिकामा पनि नेकपा (एमाले) ले अग्रता लिएको छ । २०२ मत गणना हुँदा मेयर, उपमेयर दुवै पदमा एमालेका उम्मेदवारले अग्रता लिएका हुन् ।

मेयरमा एमालेका गंगा खरेलले एमालेका गंगा खरेलले ६७ मत प्राप्त गर्दा एमालेबाट फुटेर बनेको नेकपा (एस) का उम्मेदवार ५६ मतसहित दोस्रो स्थानमा छन् । कांग्रेसका उम्मेदवार निवर्तमान मेयरसमेत रहेका खड्ग फागोले ३२ मत मात्र प्राप्त गर्दै पछ्याई रहेका छन् ।

उपमेयरमा पनि एमालेकी मीना पौडेल ६८ मतसहित अग्रस्थानमा छिन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसकी उम्मेदवारले ३५ मत प्राप्त गर्दा माओवादी केन्द्रले २४ मत प्राप्त गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles