एमालेले बुझायो वडा कार्यालयमा २० बुद्धे ध्यानाकर्षण

 न्यूज विराट
एमालेले बुझायो वडा कार्यालयमा २० बुद्धे ध्यानाकर्षण

विराटनगर । विराटनगर महानगरपालिका १२ नं. वडा कार्यालयमा वेथीति बढेको आरोप लगाउँदै नेकपा एमाले १२ नं. वडा कार्यालयले ध्यानाकर्षण पत्र बुझाएको छ । विभिन्न २० बुद्धे ध्यानाकर्षण पत्र वडा कार्यालयमा बुधबार बुझाएका हुन् ।

नेकपा एमाले १२ नं. वडाका अध्यक्ष भानुभक्त पाठक र सचिब अजय ढकालसहित सहभागि भएका स्थानीयले विराटनगर १२ का वडाअध्यक्ष हिरालाल कामतलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले बुझाएको पत्रमा वडाअध्यक्ष कामत कार्यालय समयसम्म नबस्दा सेवाग्राहीले सेवाबाट बन्चित हुनुपरेको भन्दै समयसम्म बस्न माग गरेका छन् ।

त्यसैगरी युवा, खेलकुद, विपद व्यवस्थापन जस्ता शिक्षकमा छुटयाएको रकम के कति कारण र कुन निर्णयका आधारमा रकमान्तर गरिएको हो तत्काल सार्वजानिक गरिनुपर्ने, सेवाग्राही वडाबासीहरुले कार्यालयबाट चुस्त र दुरुस्त सेवा नपाएको भन्दै गुनासो आएकाले कार्यालय व्यवस्थित ढंगले संचालन गरिनुपर्नेलागयतका विभिन्न माग राख्दै ध्यानकर्षण गराएको सचिब अजय ढकालले बताए ।
ध्यानकर्षण पत्रको बोधार्थ विराटनगर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय मोरङमा पनि पठाएको छ ।
यता वडाअध्यक्ष कामतले वडाको काम लिएर महानगरपालिका र बाहिर जाँदा वडा सदस्यलाई काभा दिएर जाने गरेको बताए । सेवाग्राहीलाई सहजता प्रदानको गर्नको लागि आफु नहुदा सदस्यलाई काभा दिएको उनले बताए ।

सम्बन्धित समाचार

सरकारको गलत नीतिका कारण सीमा समस्या : सोनिया

एजेन्सी, असार ९-भारतको नयाँ दिल्ली कांग्रेसको कार्यकारी समिति (सीडब्लुसी) को बैठक बसेको छ । पार्टी अध्यक्ष सोनिया गान्धीले चीनको विषयमा सरकारको नीतिको कडा आलोचना गरेकी छन् । उनले सीमा क्षेत्रमा अहिले भइरहेको समस्याका पछि भाजपा...

देउवालाई विश्वासको मत दिएको भन्दै युवा संघले जलायो माधव नेपालको पुतला

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पुतला दहन गरिएको छ । सोमबार बालकुमारीमा राष्ट्रिय युवा संघ नेपालले पार्टीको निर्देशन विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै नेता नेपालको पुतला दहन गरेको हो । प्रदर्शनमा...

सरकार जनतालाई स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध छः मन्त्री राई

विराटनगर । सङ्घीय खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सरकार सम्पूर्ण नेपाली जनतालाई शुद्ध, गुणस्तरीय एवं स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध रहेको बताउनु भएको छ।जापान सरकारको दुई अर्व २९ करोड १० लाख जापानी यानको अनुदान सहयोगमा विराटनगर...

सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान हुन्छन् : प्रधानमन्त्री ओली

काठमाडौं, १ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गरिने बताएका छन् । कोभिड-१९ को महामारीपछि यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन आज प्रधानमन्त्री निवास बालुवाटार गएको यातायात व्यवसायी र...

प्रभुु क्यापिटलको ‘प्रभु दाइ’ अनलाइन सेवा सुरु

प्रभु क्यापिटलले आफना ग्राहकहरूलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्न अनलाइन सेवा सुरु गरेको छ । क्यापिटलले 'प्रभु दाइ' नामको अनलाइन सेवा साेमबारदेखि सञ्चालनमा ल्याएकाे हो । सो सेवाअन्तर्गत क्यापिटलको लगानी व्यवस्थापन सेवा (Portfolio Management Service), अनलाइन डिम्याट खातासम्बन्धी...

संविधानमा स्पष्ट व्यवस्था नभएपनि परिस्थती अनुसार संसद विघटनः मन्त्री तम्बाहाम्फे

विराटनगर, २० पुस-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले संविधानमा संसद विघटनको व्यवस्था रहेको भएपनि कसरी गर्ने भन्ने स्पष्ट नरहेको बताएकी छन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाम्फेले विगतमा भन्दा...

यस्तो छ आज दिनभर र राति देशभरकाे माैसम

काठमाडौं, २४ माघ । देशभर  आजकाे माैसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । प्रदेश १ का पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएकाे माैसमविद्ले जानकारी दिएका छन् ।...

आजको मौसम : अधिकांश भू-भागमा वर्षा र केही स्थानमा भारी वर्षा हुने

आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्