टी–२० विश्वकप क्रिकेट खेल्ने खेलाडिलाई शुभकामना दिन हिरो कम्पनीको मोटरसाईकल र्याली
मङ्गलबार, २२ जेठ, २०८१,
न्यूज विराट
विराटनगर । हिरो मोटरसाईकलको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोर्टसले आईसीसी टी–२० विश्वकपमा भाग लिइरहेको नेपाली क्रिकेट टिमलाई शुभकामना स्वरुप नेपालका विभिन्न स्थानमा मोटरसाईकल र्याली सम्पन्न गरेको छ ।
नेपाल र नेपालीको सानलाई टी–२० विश्वकप क्रिकेट मार्फत विश्वभरी चिनाउने नेपाली खेलाडीको हौसला बढाउन मोटरसाईकल र्याली निकालिएको हो ।
शुभकामना र्याली काठमाडौंलगायत देशका बिभिन्न स्थानहरुमा सम्पन्न भयो । सोही अनुसार विराटनगर विक्रेता लक्ष्मी ट्रेडिङ हाउस (प्रा.) लि. ले पनि मंगलबार मोटरसाईकल र्याली निकाल्यो । मुनालपथस्थित शोरुमबाट निकालिएको शुभकामना ¥याली बरगाछी, तीनपैनी, रोडशेष चोकबाट धरान रोड हुँदै पुनः मुनालपथमै पुगेर सम्पन्न भएको थियो ।
¥यालीमा सहभागीहरुले खेलाडिको हौसला स्वरुप चियर अप नेपाल लेखेको टिसर्ट लगाई राष्ट्रिय झण्डा बोकेका थिए । शुभकामना ¥यालीले खेलकुदमार्फत नेपाल र नेपालीहरुको सानलाई विश्वभरी पु¥याउन मद्दत पुग्ने कम्पनीको विश्वास छ । ¥यालीमा ३० जनाभन्दा बढी राइडर सहभागी थिए । सहभागी सबै मोटरसाइकल तथा स्कुटरहरु हिरो ब्राण्डका थिए । मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरोले आर्जन गरेको विश्वास र उत्कृष्टता सबैमाँझ परिचित छ । हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपाली भूमिमै एसेम्बल भईरहेका छन् ।नेपालमा सबैभन्दा बढी बिक्रि हुने मोटरसाइकल ब्राण्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ ।
विराटनगर १४ असोज –प्रदेश १ सामाजिक विकास मन्त्रालयले बुधबार एक सडक आश्रित महिलाको उद्धार गरेको छ । सामाजिकविकास मन्त्रीजीवन घिमिरे, प्रदेश सांसद कुशल साम्वालगायतको टोलीले मोरङको बुढीगंगा १ बाट २१ बर्षीया धना विश्वकर्माको उद्धार गरेको...
विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा विराटनगरको ग्यालेक्सी स्कुल पुगेको छ । प्याब्सन विराटनगरको आयोजनामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा मोर्डन एरा स्कुललाई टाइब्रेकरमा ३– २ गोलले हराउँदै ग्यालेक्सी फाइनलमा पुगेको...
काठमाडौं, १९ भदौ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गरेबापत शुल्क लिन पाउने बताएका छन् । शुक्रबार भर्चुअल बैठकमा उनले निजी विद्यालयहरूले शुल्क लिन पाउने बताएका हुन् । ‘निजी विद्यालयले...
सशस्त्र प्रहरी बल कैलालीले भारतसँग सीमा जोडिएको १०१ किलोमिटर क्षेत्रलाई पूरै शिल गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएका क्षेत्रमा मानिसको आगमन रोक्न शिल गरेको हो । विश्वमा महामारीका...
काठमाण्डा, चैत ४–सरकारले विदेशबाट फर्किएका सबै नेपालीलाई १४ दिनसम्म घरमा छुट्टै बस्न अनिवार्य गरेको छ । कोरोनाको लक्षण १४ दिनभित्र देखिने र संक्रमित व्यक्तिमा लक्षण नदेखिइकनै उसको सम्पर्कमा रहेका व्यक्तिमा सर्ने जोखिम हुने भएकाले विदेशबाट...
बाँके, ९ जेठ-नेपालगञ्जका पहिलो संक्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका-७ का पहिलो संक्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० सहित २१ जनाले एकैपटक कोरोना जितेका हुन् । खजुरास्थित सुशील कोइराला...
विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका ग्यालेक्सी र मोर्डन एरा स्कुल क्वाटरफाइनलमा पुगेका छन् ।विराटनगरको सहिद मैदानमा बुधबार भएको पहिलो खेलमा मदरल्याण्ड एकाडेमीलाई १–० गोलले हराउँदै ग्लोक्सी क्वाटरफाइनलमा पुगेको हो ।जितको...
जनकपुरधाम, ९ कात्तिक-जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा करिब ९ हजार बोकाबलि दिइएको छ । महाष्टमीको दिन शनिबार राति करिब चार घण्टामा राजदेवी मन्दिरमा ८ हजार ९ सय ६८ बोकाबली प्रदान गरिएको हो । जिल्ला प्रशासन...