कोशी प्रदेश टी–१० क्रिकेटको उपाधि वाइआरसीसीलाई (फोटो फिचर)
आइतबार, २० जेठ, २०८१,
न्यूज विराट
विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामाको उपाधि वाइआरसिसि विराट ब्लास्टर्सले जितेको छ । विराटनगर महानगरपालिका–६ नम्बर वडाको आयोजनामा आइतबार सम्पन्न भएको फाइनलमा एनबीएससी लायन्सलाई १० विकेटले हराउँदै वाइआरसीसीले उपाधि जितेको हो । जितसँगै वाइआरसीसीले नगद ५ लाख रुपैयाँ जितेको छ । उपविजेता बनेको एनबीएससीले २ लाख रुपैयाँमा चित्त बुझायो । एनबीएससीले दिएको १०६ रनको लक्ष्य वाइआरसीसीले ८.१ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्यो । उपाधिको लागि वाइआरसीसीका ओपनर खेलाडी देव खनाले आक्रमक ब्याटिङ गरे । उनले २२ बलमा अर्धसतक पूरा गर्दै अविजित ५६ रनको योगदान दिए । उनले ३ छक्का र ७ चौका हिर्काए । विनोद खनालले २७ बलमा ४४ रन बनाए । उनले ४ छक्का र ३ चौका प्रहार गरे ।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको एनबीएससीले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै १०५ रन बनाएको हो । जसमा सन्तोष कार्कीले ६ बलमा १६ रन बनाए । मिनाश थापाले १८ बलमा २४ रन पारी खेल्दा सुभ कंस्कर ७ बलमा १७ रन बनाए । भिम सार्कीले ३ बलमा १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन । वाइआरसीसीका बलर भुलावान सहनीले २ विकेट, हेमन्त धामी, विपिन खत्री र रासिद खानले समान १–१ विकेट लिए । प्रतियोगिताको प्लेर अफ द म्याच वाइआरसीसीका देव खनाल घोषित भए । एनबीएससीका सन्तोष कार्की प्लेर अफ द श्रीरिज भए । उनले प्रतियोगिता भरी २८८ रन बनाएका छन् । उनले नगद २५ हजार पाए ।
विराटनगर प्यान्थर्स तेस्रो प्रतियोगिताको तेस्रो विराटनगर प्यान्थर्स भएको छ । विराटनगरले विराटनगर स्पोर्टिङलाई ८६ रनले पराजित गरेको हो । जितसँगै विराटनगर प्यान्थर्सले नगद १ लाख रुपैयाँ पाएको छ । चौथो भएको विराटनगर स्पोर्टिङले ५० हजार पायो ।
तेस्रो पोजिसनको लागि भएको खेलमा विराटनगरले निर्धातिर ओभरमा ४ विकेट गुमाउँदै १५७ रन बनाएको हो । जसमा सोनु अन्सारीले २६ बलमा ५० रन बनाए । दिलिप नाथले १५ बलमा ४८ रन पारी खेल्दा समिर कार्कीले १२ बलमा अविजित ३७ रन बनाए । विराटनगर स्पोर्टिङका बलर सुनिलले २ विकेट, प्रशान्तले १ विकेट लिए ।
विराटनगरले दिएको १५७ रनको लक्ष्य पछ्याएको विराटनगर स्पोर्टिङले १० ओभरमा ५ विकेट गुमाउँदै ७१ रन मात्रै बनायो । जसमा हरिस यादवले २३ बलमा अविजित ३९ रन बनाए । रितिक कामतले २१ रन बनाए । विराटनगरका बलर रिजन ढकाल र विसार अहमदले समान २ –२ विकेट लिए । रिजन प्लेर अफ द म्याच घोषित भए । गत सोमबारदेखि सुरु भएको प्रतियोगितामा मुलुकका विभिन्न ७ वटा क्लबको सहभागिता रहेको थियो ।
विराटनगर, १ असोज–रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित डिएभी स्कुलमा इन्टरेक्ट क्लबको पदस्थापन गराएको छ । अनलाई प्रविधि जुम एप मार्फत गरिएको भर्चुअल कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउन टाउनले इन्टरेक्ट क्लब अफ डिएभीको...
काठमाडौं । पार्टी निर्णय विपरीत नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका जगन्नाथ पौडेलले कम्युनिस्टसँग मिलेर कांग्रेसको कल्याण नहुने बताएका छन् । कांग्रेसका मतदातालाई हँसिया हतौडामा भोट हाल्न लगाउने कार्य स्वीकार्य नहुने...
नेपाल-भारत संयुक्त आयोगको छैठौँ बैठकमा सन् १९५० को सन्धिको पुनरावलोकन गर्ने र सीमा विवाद टुंग्याउने विषयमा भारतसँग सकारात्मक संवाद भएको छ । भारत भ्रमणबाट फर्किएपछि विमानस्थलमा सञचारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवाद टुंगो लगाउन गहन...
जनकपुरधाम, ३ वैशाख-राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले उपत्यकालगायतका स्थानमा फसेका नागरिकको राहतका विषयमा सरकारले गरेका निर्णय प्रभावकारी बन्न नसकेको बताएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंबाट पैदल...
विराटनगर । आठ तलाको बन्न लागेको विराटनगरस्थित कोशी अस्पतला भित्रको मेडिकल भवन पाँच सय शैय्याको हो ।उक्त भवनको शिलन्यास बिहीबार सहरी विकास मन्त्री मेटमणी चौधरी र स्वास्थ्य तथा जनजसंख्या मन्त्री भवानी प्रसाद खापुङ्गले संयुक्त रूपमा...
विराटनगर । जिल्ला स्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलल र अरिहन्त स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङले प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगरमा सोमबार आयोजना गरिएको प्रतियोगिताको...
काठमाडौं । गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले नेकपा माओवादी केन्द्र एक्लै चुनाव नलड्ने दाबी गरेका छन् । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज कुरा राख्दै उनले यस्तो बताएका हुन् । ‘गठबन्धनविना माओवादी...
हुम्ला, चैत ३०-हुम्लाको सदरमुकाम सिमकोटमा रहेको रानीवन क्वारेन्टाइनका २२ र अन्य क्वारेन्टाइनका ३ जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरिएको छ । शनिबारदेखि सुरु भएको जाँचमा २५ जनाकै नेगेटिभ रिपोर्ट आएको रानीवन क्वारेन्टाइनका सूचना अधिकारी प्रजित...