प्रेस यूनियन स्थापना दिवसः अग्रज पाँच सञ्चारकर्मी सम्मान
बिहिबार, १० जेठ, २०८१,
न्यूज विराट
मोरङ,१० जेठ । नेपाल प्रेस यूनियनको ३३ औं स्थापना दिवसको उपलक्ष्यमा आज विराटनगरमा तीन दशकभन्दा वढी कार्य गर्ने पाँच जना संचारकर्मीहरुलाई सम्मान गरिएको छ।
युनियनको कोशी प्रदेश कमिटीद्वारा आयोजित उक्त कार्यक्रममा सम्मानित हुने सञ्चारकर्मीहरु गोविन्द क्षेत्री, गिरिराज आचार्य, हर्ष सुव्वा , भारतीय उपाध्याय र कृष्ण आचार्यलाई दोसल्ला एवं प्रमाणपत्रद्वारा सम्मान गरिएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अग्रज पत्रकारहरुलाई सम्मान गर्दै सञ्चार क्षेत्रमाथि हुने आक्रमण कुनै किसिमले सह्य नहुने बताउर्दै नेकां प्रेस स्वतन्त्रताको पक्षमा सदैव रहने विचार व्यक्त्त गर्नु भयो ।
उहाँले सत्यको बाटो कठिन भएपनि अन्तिममा विजयी प्राप्त हुने छ भन्दै युनियनकर्मीहरुलाई स्वतन्त्र अभिव्यक्ति पक्षमा सदैव लाग्न आग्रह गर्नु भयो ।
केन्द्रीय सदस्य डा कोइरालाले चिया ,मकै वेच्ने गरीव नेपाली जनताले दुःख गरेर वचत गरेको रकम हिनामिना गर्ने सहकारी संचालकहरुलाई अविलम्व कारवाही गरी वचत फिर्ता दिन मांग गर्दै कानून सत्तामा रहने र गरीवलाई समान रुपमा लागु हुनु पर्ने बताउनु भयो ।
यूनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले सञ्चार क्षेत्रमाथि भएको आक्रमण स्वतन्त्र प्रेस माथि अंकुश भएकोले त्यसको निन्दा एवं भत्र्सना गर्नु भयो ।
उहाँले युनियन सञ्चारकर्मीहरुको हकअधिकार कुण्ठित हुन नदिनका लागि अग्र स्थानमा उभिन छ भन्दै युनियन पार्टी भाृत संस्था नभएर स्वतन्त्र प्रेसको पक्ष र लोकतन्त्रको संरक्षणका प्रतिवद्धत रहेको विचार राख्नु भयो ।
युनियनका प्रदेश अध्यक्ष मिनकुमार नवोदित र सम्मानित सञ्चारकर्मी गोविन्द क्षेत्री लगायतले स्वतन्त्र प्रेस युनियनको मुल मन्त्र भएको विचार राख्नु भयो ।
सोही अवसरमा केन्द्रीय सदस्य डा कोइरालाले युनियन प्रदेश समितिद्वारा स्थापित रु एक करोड रकमको अक्षय कोषको कार्यविधि सार्वजनिक गर्नु भयो ।
उक्त कोषवाट सञ्चारकर्मीहरुको स्वास्थ्य वीमा, दुर्घटना उपचार खर्च, आवश्यकक्ता अनुसारको आर्थिक सहयोग लगायत उपलव्ध गराउने व्यवस्था रहेको छ।
यसअघि स्थापना दिवसको उपलक्ष्यमा आयोजित विराटनगरको महेन्द्र चोकदेखि होटल मनास्लुसम्मको दुई हजार चार सय मिटर दौड प्रतियोतिामा पुरुषतर्फ कपलेश्वर यादव, अनन्तराम चौधरी र सुरेश भट्टराई क्रमशः प्रथम द्धितीय र तृतीय भएका थिए भने महिलातर्फ इन्दु साह, माला पालुङवा, जानुका नेपाल र सुशिला पाठक क्रमशः प्रथम, द्धितीय , तृतीय र चौथो हुनु भएको थियो ।
केन्द्रीय सदस्य डो काइरालाले विजयी खेलाडीहरुलाई नगद र प्रमाणपत्र प्रदान गर्नु भयो ।
काठमाडौं, ११ वैशाख-पाटन अस्पतालमा उपचार गराई रहेका सनसिटी अपार्टमेन्टका २ जना घर फर्किएका छन् । उनीहरू संक्रमण मुक्त भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उक्त अपार्टमेन्टमा बस्ने एकै...
विराटनगर । तमु लोसारको पुर्वसन्ध्यामा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइले दीप प्रज्वलन गरेको छ । विराटनगरस्थित जनआन्दोलन चोकमा आइतबार साझमा दिप प्रज्जवलन गरेको हो ।गुरूङ सामुदायले मनाउने तमु लोसारको अवसरमा सोमबार...
कतारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि क्वारेण्टाइनमा बस्नु परेका तथा आइसोलेसनमा राखिएका श्रमिकले पूरा तलव पाउने स्पष्ट गरेको छ । मन्त्रालयका सहायक उपसचिव मोहम्मद हसन अल ओर्वाइद्लीले कम्पनीहरूले श्रमिकको पूर्ण खर्च व्यवहोर्ने बताएका हुन् ।...
हेटौंडा, १६ जेठ-मकवानपुरमा ४३ वटा बालविवाह रोकिएका छन् । पछिल्लो समय जिल्लामा बालविवाहको घटना वृद्धि हुँदै गइरहेको अवस्थामा विगत ४ महिनाको अवधिमा ४३ वटा बालविवाह रोकिएको हो । बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सिबिन बाल...
विराटनगर । विराटनगरमा बसोबास गर्दै आएका गुरुङ समुदायले तमु ल्होसार ( मुप्रि ल्हो) विविध साँस्कृतिक कार्यक्रम गरी मनाएका छन् । तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई कमिटी विराटनगरले बरगाछीमा रहेको कंचनजङ्गा व्याङ्गकुईटमा...
काठमाडौं, १ मंसिर-राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन् । दीपावलीका असरमा सोमबार शुभकामना सन्देश जारी गर्दै...
विराटनगर, बैशाख २१–संखुवासभाको सभापोखरी गाउँपालिका–२ मा जंगली च्याउ खाएर २ घर परिवारका ६ जना बिरामी भएका छन् । शनिवार बेलुका स्थानीय २७ बर्षीय सन्देश राईले जंगलबाट टिपेर ल्याएको जंगली च्याउ खाँदा राई सहित उनकी श्रीमती...
विराटनगर । तेली कल्याण समाज नेपालले स्वास्थ्यकर्मीहरुको छुट्टै तदर्थ समिति गठन गरेको छ । विराटनगरमा भएको संघको प्रथम अधिवेशनले उक्त समिति गठन गरेको हो । समितिको अध्यक्षमा विराट मेडिकल कलेजमा कार्यरत नेफ्रोलोजिष्ट डाक्टर दिलिप कुमार...