हप्तौँ पछि इटाली र फ्रान्समा देखियो आशाको सङ्केत

 न्यूज विराट
हप्तौँ पछि इटाली र फ्रान्समा देखियो आशाको सङ्केत

एजेन्सी, बैशाख ८-कोरोना भाइरसबाट अत्यधिक प्रभावित इटाली र फ्रान्समा हप्तौँ पछि मृत्यु हुनेको संख्यामा कमी आएको छ ।फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु भएका ३ सय ९५ नयाँ घटना दर्ता भएका छन्, जसमध्ये २ सय २७ जना अस्पतालमा र १ सय ६८ जनाको मृत्यु नर्सिङ होममा भएको हो ।

यसका साथै फ्रान्समा मृत्यु हुनेको संख्या १९ हजार ७ सय १८ भएको छ । फ्रान्समा कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्यामा पनि कमी आउन थालेको छ ।

यतिबेला फ्रान्समा करिब ३० हजार संक्रमितको उपचार भइरहेको छ । आइतबार फ्रान्समा २९ जना मात्र कोरोना भाइरसका बिरामी अस्पताल भर्ना भएका बताइएको छ । फ्रान्समा पछिल्लो ५ दिनदेखि अस्पताल भर्ना हुनेको संख्यामा कमी आइरहेको छ ।

फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपले भने, ‘हामी यो महामारीविरुद्ध जीतको दिशामा अघि बढेका छौँ । विस्तारै विस्तारै सुधार भइरहेको छ । हामी अझै स्वास्थ्य सङ्कटको अवस्थाबाट बाहिर आएका छैनौँ ।’

इटालीमा १ सातामा सबैभन्दा कम मृत्यु

इटालीमा आइतबार कोरोना भाइरस संक्रमणका कारण ४ सय ३३ जनाको मृत्यु भएको पुष्टि भएको छ । यो पछिल्लो १ सातामा सबैभन्दा कम मृत्यु हो ।

इटालीमा हालसम्म २३ हजार ६ सय ६० जनाको मृत्यु भइसकेको छ । मृत्युको संख्यामा इटाली अमेरिकापछि दोस्रो नम्बरमा छ । अमेरिकामा संक्रमणका कारण ४० हजार ५ सय ५५ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबारको तथ्याङ्कअनुसार इटालीमा नयाँ संक्रमितको संख्यामा पनि जम्मा १.७ प्रतिशत मात्र वृद्धि भएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा व्यापार मेला सुरु

विराटनगर । विभिन्न सामाजिक कार्यहरु गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले व्यापार मेला आयोजना गरेको छ । क्लबले विराटनगरस्थित सिटी प्यालेसमा व्यापार मेला ‘रोटरी ट्रेड फेयर’ आयोजना गरेको हो ।  मेलामा ५० भन्दा बढी...

कांग्रेसले गर्‍यो लकडाउन लागू भएको ५० दिनको समीक्षा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापीरूपमा लकडाउन लागू भएको ५० दिनको अवधिको समीक्षा गरी यो अवधिमा एकातर्फ नेपाली जनताले कष्टकर दैनिकी बिताउनु परेको र अर्कातर्फ देशको अर्थतन्त्रले ठूलो क्षति व्यहोरिरहेको जनाएको छ । कांग्रेसका प्रवक्ता...

कोरोना असर : स्वदेश फर्किए ७७ हजार नेपाली

काठमाडौं, १० असोज-कोभिड-१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९ सय ६७ नेपाली स्वदेश आएका छन् ।  कोभिड-१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सीसीएमसी) का अनुसार बिहीबारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा...

भुजेल भाषा र लिपी पुस्तक बिमोचन

विराटनगर । भुजेल भाषा र लिपी नामक पुस्तक बिमोचन गरिएको छ । भुजेल समाज सेवा समिति विराटनगर महानगरपालिकाले विराटनगरमा एक कार्यक्रम आयोजना गरी उक्त पुस्तक बिमोचन गरेको हो । विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाबाट...

मिसेस कोशीको पहिलो अडिसन सकियो, १५ जनाको सहभागि

विराटनगर । विवाहित महिलाहरूलाई लक्षित गरि आयोजना गरिएको चौंथो संस्करणको मिमेस कोशी प्रतियोगिताको पहिलो अडिसन विराटनगरमा भएको छ । शनिबार भएको पहिलो अडिसनमा १५ जना महिलाहरुको सहभागि भएको छ । पहिलो अडिसनको निर्णायकहरूमा जय मिडिया...

लगानी सम्मेलन सफल बनाउन : नाटा अध्यक्ष भट्टराई

विराटनगर । कोशी प्रदेश सरकारले माघ ११ गतेदेखि विराटनगरमा सुरु गर्ने प्रदेश लगानी सम्मेलन सफल बनाउन लागि पर्न नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाटा) कोशी प्रदेशले व्यवसायीहरुलाई आग्रह गरेको छ । नाटा कोशी प्रदेशका अध्यक्ष...

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं, २६ पुस-राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेकी हुन् । आज बिहान बसेको...

इक्युवालिटि कप क्रिकेट सोमबारदेखि विराटनगरमा सुरु

विराटनगर र महिला समानताका लागि नेपाल क्रिकेट फाउण्डेशनले भुइँ तह तथा महिला विकासका लागि चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिता आयोजना शुरु भएको छ। विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट ग्राउण्डमा आज भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्