
दशैंको तेस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा पूजा गरिँदै छ। अन्य वर्षहरूमा यस दिन दर्शनार्थीहरूको भीड लाग्ने भएपनि यसवर्ष कोरोना महामारीका कारणा सुनसान छ ।
राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्काली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा भइरहेको छ । यसैगरी धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा पनि पूजा गरिँदै छ ।