रोटरीले वितरण गर्यो जेष्ठ नागरिकलाई खाजा

 न्यूज विराट
रोटरीले वितरण गर्यो जेष्ठ नागरिकलाई खाजा

विराटनगर, १४ असोज–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले जेष्ठ नागरिकहरुका लागि खाजा वितरण गरेको छ । विराटनगर आशोक चोक स्थित विराटेश्वर बृद्धाश्रममा आश्रित ६० जना जेष्ठ नागरिकहरुका लागि बुधबार खाजा वितरण गरेको हो ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँगको सहकार्यका काम गर्दै आएको र शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमासमेत योगदान पुर्याउँदै आएको सो क्लबले एक कार्यक्रमकाबीच बुधबार क्लबका अध्यक्ष दिप्ती अग्रवाल र सचिव गिरिजा सारडाले खाजा वितरण गरे । यस अघि पनि सो क्लबले आश्रमका जेष्ठ नागरिकहरुका लागि खाद्यान्न र लत्ता कपडा वितरण गरेको थियो ।

 

सम्बन्धित समाचार

कोशी कोभिडलाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गरिने

विराटनगर, असार १–प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गरिने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला...

सांसद मण्डले वितरण गरे ५ सय परिवारलाई राहत

विराटनगर, चैत २६–पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का संघिय सांसद शिवकुमार मण्डलले आफ्नो निर्वाचन क्षेत्रमा अतिनै विपन्न ५ सय परिवारलाई राहत वितरण गरेका छन् । लक डाउनमा स्थानीयतहहरुले राहत वितरणमा ढिलाई गरेपछि दैनिक ज्यालादारीमा...

कोरोना सङ्क्रमणको केन्द्र भुल्के र त्रियुगा क्षेत्रमा परीक्षण उपकरण अभाव

तीव्ररूपमा कोरोना भाइरस फैलिएर २४ सङ्क्रमित पुगेको उदयपुर जिल्ला त्रियुगा नगरपालिका-३ भुल्के क्षेत्र र त्रियुगा नगर आसपास क्षेत्रमा अहिले थप अन्य व्यक्तिको जाँच गर्ने उपकरण अभाव भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार तीव्ररूपमा...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा १५० विद्यार्थीलाई स्वीटर वितरण

विराटनगर, २० पुस । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले खार्जीस्थित ज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ । कठ्यांग्रीँदो जाडोबाट बालबालिकाहरु बच्नका लागि एक कार्यक्रमकाबिच क्लबले रोटरीको सिद्धान्त र प्रतीक छापिएको...

पूर्वमन्त्री पण्डितको पहलमा निर्वाचन क्षेत्रमा राहत हस्तान्तरण

विराटनगर, चैत २९–पूर्व संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पहलमा मोरङ क्षेत्र नं. ६ का स्थानीय तहलाई राहत सामाग्री हस्तान्तरण गरिएको छ । दैनिकज्यालादारी काम गरेर परिवारको जिविकोपार्जन गर्दै आएका परिवारलाई लक डाउनका कारण...

संस्थागत निर्णय भन्दा बाहिर नजाने कार्यदलको अडान : ओलीलाई सुझाव, माधवलाई चेतावनी

काठमाडौं, असार ३१ । नेकपा एमालेको बिवाद समाधानका लागि गठित कार्यदलले पार्टीको संस्थागत निर्णय भन्दा बाहिर नजाने अडान सार्वजनिक लिएको छ । कार्यदलमा रहनुभएका दुवैतर्फका नेताहरुले पार्टी एकजुट भएर नै सर्वाेच्च अदालतको फैसलाको सामना गर्न सकने...

सहकारी क्षेत्रलाई दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाइँदै

ललितपुर, २४ असार-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारी क्षेत्रमा दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाउँदै गरेको बताएकी छन् । राष्ट्रिय सहकारी विकास बोर्डले तयार गरेको सहकारी क्षेत्रको २५ वर्षे दीर्घकालीन रणनीतिक...

कोशी प्रदेशमा मन्त्रीपरिषद विस्तार, तीन जना मन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले तीन मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूले आज प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष शपथसमेत लिएका छन् । माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्