तेह्रथुमको सिद्धकाली माविमा आगलागी, एक करोडको क्षति

 न्यूज विराट
तेह्रथुमको सिद्धकाली माविमा आगलागी, एक करोडको क्षति

तेह्रथुमको फेदाप गाउँपालिका- २ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीका कारण एक करोड रुपैयाँभन्दा बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको छ ।

विद्यालयको प्रशासनिक भवनमा बिहान करीब ३ः०० बजेदेखि आगलागी सुरु भएको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद दुलालले जानकारी दिए ।

आगलागीमा परी विद्यालयको प्रशासनिक भवनसहित अन्य भौतिक संरचना पूर्णरुपमा जलेर नष्ट भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने दुलालले बताए ।

आगलागीका कारण विद्यालयका प्रशासनिक कागजात, पुराना शैक्षिक अभिलेख, शैक्षिक सामग्रीलगायत अन्य भौतिक सामग्रीसमेत जलेर नष्ट भएकाले एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । बिहान १०ः०० बजे शैक्षिक विद्यार्थी, स्थानीय अभिभावक र प्रहरीले आगलागी नियन्त्रणमा लिएको विद्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

यी भाग्यमानी नेपाली जसले पहिलो पटक कोरोनाविरुद्धको खोप लगाए

मस्को, ४ असोज–रुसमा बसोबास गर्दै आएका एक नेपालीले पहिलोपटक कोरोना भाइरस(कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीका अनुसार मस्कोमा कार्यरत ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार...

बाँकेमा पनि १ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं, १९ वैशाख-नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । आज बाँके र रुपन्देहीमा १/१ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको हो । रुपन्देही निवासी २५ वर्षीय पुरुष र र नेपालगंज...

भारतमा ४ जेठसम्म लकडाउन लम्बियाे

एजेन्सी, बैशाख १९-वैशाख-भारत सरकारले लकडाउनको अवधि थप २ साता बढाएर ४ जेठसम्म पुर्‍याएकाे छ । लकडाउनका बाबजुद संक्रमितको संख्या निरन्तर बढेपछि २१ वैशाखसम्म अर्थात् ३ मेसम्मको अवधिलाई बढाएर १७ मेसम्म निरन्तरता दिने घोषणा प्रधानमन्त्री नरेन्द्र...

आगामी ३ दिन चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, २९ जेठ-आगामी ३ दिनसम्म देशका विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल  नेपालमा स्थानीय वायु, पश्चिमी  वायु, पश्चिमको भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्वपश्चिम बनेको न्युन...

देउवा पक्षबाट नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापाको उम्मेदवारी घोषणा

विराटनगर, १६ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने प्रदेश नं १ को अधिवेशनमा झापाका उद्धव थापाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद...

मोरङको मधुमल्ला र तारिगामामा थपियो सशस्त्रको बिओपी

विराटनगर । मोरङको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको थप दुई वटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । जहदा गाउँपालिका ७ मा रहेको तारिगामा र मधुमल्लामा बिहीबार बिओपी स्थापना गरिएको हो । स्थापना...

किड्स भिलेजमा अक्षरारम्भ, ३२ जना नयाँ विद्यार्थी भर्ना

विराटनगर । विराटनगर ५ स्थित किड्स भिलेज स्कुलले सरस्वती पूजामा अक्षरारम्भ कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बालबालीकाहरुलाई अक्षरारम्भ गराउनुका साथै शैक्षिक सत्र २०७९/ ०८० का लागि कक्षा प्ले ग्राउड र नर्सरीमा नयाँ विद्यार्थीहरूको भर्ना...

ब्राउन सुगर सहित ३ जना पक्राउ

विराटनगर, ८ असोज । झापाको छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ गरेको छ । पक्राउ  पर्नेमा पाँचथर फिदिम नगरपालिका का २७ बर्षीय रोशन सुबेदी, २८ बर्षीय सुमन कार्की र भारत दार्जिलिङका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्