विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा कटिहारले सिराहा क्रिकेट ८ विकेटले हराउँदै अन्तिम आठमा पुगेको छ । मंगलबार भएको दोस्रो खेलमा सिराहले १७८ रनको लक्ष्य कटिहारले १४.३ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो ।
कटियारको जितको लागि अंकित सिंहले बिस्पोट ब्याटिङ गरे । उनले ४३ बलमा अर्ध सतक कटाउँदै अबिजित ८० रन बनाए । उनले ४ छक्का र १० चौका हिर्काए । उनी खेलको प्लेर अफ द म्याच पनि घोषित भए । त्यसैगरी असुबले अविजित २४ रन पारी खेल्दा आशिषले ३१ र सुजितले ३० रनको योगदान दिए ।
सिराहाका बिशाल र सोनम रोयले समान १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिलो ब्याटिङ थालेको सिराहले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १६७ रन बनाएको थियो । जसमा सिराहाका रुपेशले २० बलमा अबिजित ४७ रन बनाए । उनले ३ छक्का र ६ चौका र्हिकाए । दिपेश दास र सिराहाका ओपनर सोलन साहले समान ३०–३० रनको योगदान दिए ।
कटियारका भानु र प्रनिसले समानले २ –२ विकेट लिए ।
बुधबार पहिलो खेल बिसीसीए विराटनगर र प्रशान्त क्रिकेट क्लब जोगवनीबिच हुनेछ । सोही दिन हुने दोस्रो आयोजक मिल्स क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लब बीच हुने खेल तालिका रहेको छ ।