राशिफल

भरतमा एक व्यापारीको घरबाट १ अर्ब ७७ करोड रुपैयाँ बरामद

 न्यूज विराट
भरतमा एक व्यापारीको घरबाट १ अर्ब ७७ करोड रुपैयाँ बरामद

एजेन्सी, १० पुस । भारतमा एक जना अत्तर व्यवसायीको घरबाट १ अर्ब ७७ करोड भारतीय रुपैयाँ बरामद गरिएको छ । कर छलीको आरोपमा अनुसन्धान गरिरहेको भारतको जीएसटी इन्टेलिजेन्सको टिमले अत्तर व्यवसायी पियुष जैनको घरबाट उक्त परिमाणमा रकम बरामद गरेको हो ।

बिहीबार र शुक्रबार जैनको उत्तर प्रदेशको कन्नौजस्थित घरमा छापा मारिएको थियो । अन्य ठाउँमा पनि पैसा लुकाइएको छ कि भनेर अहिले पनि छापा मार्ने काम जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जैन र उनका अन्य दुई जना व्यापारिक साझेदारका ११ ठाउँमा छापा मारिएको थियो । विभिन्न कम्पनीमार्फत ३ करोड ९ लाख कर छली भएको खुलेको अनुसन्धानमा खटिएका अधिकारीहरूले जनाएका छन् । जैनले विभिन्न बैंकबाट ऋण लिएको विदेशमा समेत ठूलो लगानी गरेको प्रमाण पनि भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कन्नौजको छपट्टीका स्थायी बासिन्दा जैनको प्रमुख व्यवसाय अत्तर उत्पादन नै हो । उनले त्रिमूर्ति फ्र्यागनेन्स प्राइभेट लिमिटेडमार्फत शिखर पान मसला पनि उत्पादन गर्दै आएका छन् ।

पश्चिम एसियामा २ सहित उनका करिब ४० कम्पनी रहेका छन् । कर छल्नकै लागी उनले नक्कली कम्पनी खडा गरेको र ती कम्पनीका नाममा बीजक जारी गरेको पनि भेटिएको छ । जैन समाजवादी पार्टीका अध्यक्ष तथा उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवनिकट व्यवसायी मानिन्छन् ।

 

सम्बन्धित समाचार

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको काज सरुवा, दिपक पोखरेल आउँदै

विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) शान्तिराज कोइरालाको काज सरुवा भएको छ । अपराध नियन्त्रण, अनुसन्धान र द्धन्द्ध व्यवस्थापनमा अब्बल देखिएका कोइरालाको मोरङबाट नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौं सरुवा भएको हो । करिब...

सीएनआई कोशी एक्स्पोमा आज सविन राईले तताउने

विराटनगर । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा आज शुक्रबार साँझ युवा पूस्तामाझ लोकप्रिय गायक सविन राईले प्रस्तुती रहने भएको छ । गीत संगीतका माध्यमबाट ‘क्राउड क्रिएटर’ को छवि बनाएका सविन राई र उनको चर्चित ब्याडको...

सीएनआई कोशी एक्स्पो सुरू (फोटो फिचर)

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगरमा सीएनआई कोशी एक्स्पो सुरू भएको छ । विराटनगर – २ शंकरपुरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेपछि एक्स्पो सुरू...

डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू

विराटनगर । विराटनगर – १३ मा रहेको डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू भएको छ । स्कुल परिसरभित्र स्पोर्ट्स मिट सुरू भएको हो ।आइतबारसम्म संचालन हुने स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू रहेको डिएभी स्कुलका प्रिन्सिपल...