विराटनगर । तेली कल्याण समाजमा आवद्ध भएका अगुवाहरुले शहरदेखि गाउँसम्म जागर अभियान चलाउने प्रतिवद्धता जनाएका छन् । उनीहरुले सचेतना अभियानसँगै कानुन र नेतृत्व विकासको लागि जागरण अभियान सुरु गर्ने प्रतिवद्धता जनाएका हुन् ।
तेली कल्याण समाज नेपाल मोरङ जिल्ला कार्यसमितिले दुई दिने नेतृत्व विकास तथा वर्तमान कानुन सम्बन्धि आधारभुत तालिम दिएपछि उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । समापन कार्यक्रममा बोल्दै उनीहरुले तालिममा सिकेको ज्ञान व्यवर्हारमा उतार्दै शहरदेखि गाउँसम्म पुगेर युवा युवतीहरुलाई कानुनको बारेमा जानकारी गाराउँदै क्षमता अभिवृद्धी गर्ने तालिममा सहभागि तथा समाजका महानगर समितिका सचिब जगतलाल साहले बताए ।
वैशाख २१ र २२ गते भएको उक्त तालिममा ३७ जना सहभागी रहेको थियो । तालिममा समाजका गाउँ÷नगर तथा महानगरका वडा र उपसमितिका अध्यक्ष र १ जना महिला पदाधिकारीलाई सहभागी रहेको सह–संयोजक सिद्धार्थ साहले जानकारी दिए । दुई दिनसम्म संचालन भएको तालिमजको सहजिकरण अधिवक्ता सञ्जु कुमारी साह, पत्रकार धिरज दाहाल, सुचनाको अधिकारका अभियान्ता राजु श्रेष्ठ, धनपालथान गाउँपालिकाका स्वास्थ्थ संयोजक ऋषिराज सेठ,सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले गरेका थिए । कार्यक्रममा समाजका जिल्ला अध्यक्ष डा. बालकृष्ण साहले तेली जातको उत्पत्ति, यसका ईतिहास, नेपालमा तेलीको जनसंख्या तथा तेली कल्याण समाज नेपालको पुर्ण ईतिहासबारे सहजिकरण गरेका थिए ।
विराटनगर, ५ माघ । सुनसरीको रामधुनी नगरपालिका–६ का १९ बर्षीय सुन्दर देवान बराहक्षेत्र नगरपालिका–४ स्थित सर्दुखोलामा मृत अवस्थामा फेला परेका छन् । मोरङको बिराटनगर घर भई बिगत ६ बर्ष देखि रामधुनी बस्दै आएका देवान आईतवार...
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको आमरण अनशन दोस्रो दिन बुधबार पनि जारी छ । विभिन्न ९ बुद्धे माग राख्दै विराटनगरको देवकोटा चोकमा उनी अनशनमा बसेका छन् । अनशनस्थलमा केही समर्थकहरु पनि...
प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा ६ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सु चीलाई नजरबन्द गरेपछि १ फेब्रुअरीयता म्यान्मारभित्र विषम परिस्थिति उत्पन्न भएको छ...
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेज अग्निपीडित बालवालिकाहरुलाई शैक्षिक सामाग्री र पोशाक वितरण गरेको छ ।रंगेली–३ बाबुसाहेब टोलमा भएको आगलागीबाट पीडित भएक ाविद्यार्थीहरुलाई राहत स्वरुप शैक्षिक सामग्री तथा पोशाक सोमबार वितरण गरेको हो । शिक्षादीप कलेजका...
बाँके, १५ वैशाख-बाँकेको हवल्दारपुर राम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६७ भारतीयको कोरोना र्यापिड डाइग्नोस्किट टेस्ट (आरडीटी) रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबारसम्म जिल्लाका नेपालीसहित ६ सय ६३ जनाको स्वाब परीक्षण गरिएकाेमा...
विराटनगर । विराटनगरको गोल्डेन अस्पतालले उपचार खर्च नतिरेको भन्दै एक दुर्घटना पीडितलाई एक महिना भित्रमा तिनुपर्ने कागज गराएर मात्रै शव परिवारलाई दिएको छ । विराटनगर–११ नयाँ गुद्रीमा फागुन २८ गते राति भएको मोटरसाइकल दुर्घटनामा परी...
विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर १० मा रहेको कान्तिपुर स्कुलले १० औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।स्कुल परिसरमा शुक्रबार एक भव्य कार्यक्रमको...
काठमाडौं, असार १७ । पूर्वमहान्यायाधिबक्त तथा बरिष्ठ अधिबक्ता अग्नि खरेलले प्रधानमन्त्री नियुक्ति प्रकरण र प्रतिनिधिसभा बिघटनबिरुद्ध परेको रिट सर्वाेच्च अदालतले यसअघि गरेको फैसलाकै आधारमा खारेज हुने तथ्य राख्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा नेतृत्वको संबैधानिक...