बीए एलएलबी पहिलो वर्षका विद्यार्थीहरूको स्वागत

 न्यूज विराट
बीए एलएलबी पहिलो वर्षका विद्यार्थीहरूको स्वागत

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, कलेज अफ ल को बीए एलएलबी पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई द्वीतिय वर्षका विद्यार्थीहरूले स्वागत गरेका छन् । शनिवार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी पहिलो वर्षका विद्यार्थीहरूलाई स्वागत गरिएको हो ।

पहिलो वर्षको कक्षा गत मंसिरमै शुरू भएपनि त्यो समयमा द्वीतिय वर्षको परीक्षा नजिकिएका कारण विद्यार्थीहरूलाई स्वागत गर्न ढिलाई भएको द्वीतिय वर्षका विद्यार्थीहरूको भनाइ छ ।

पहिलो वर्षका विद्यार्थीहरूलाई स्वागत गर्ने क्रममा विद्यार्थीहरूले कविता, गजल, गीत, मुक्तक, नृत्य, फेसन शो र नाटक प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले कविता, मुक्तक, नाटकको माध्यमद्वारा समसामयिक राजनीतिका साथै विद्यमान विकृति र विसङ्गतीका विषयमा कटाक्ष गरेका थिए ।
बीए एलएलबी पहिलो वर्षमा भर्ना हुनु न्याय क्षेत्रमा प्रवेश हुनु हो भन्दै जिल्ला न्यायाधिश पारशमणी पोखरेलले विद्यार्थीहरूलाई न्याय क्षेत्रमा स्वागत गर्नुभयो । अहिलेको इन्टरनेटको पुस्ता इन्टरनेटको लत पर्ने, इन्टरनेटको लतले निराशा (डिप्रेसन) बढाएको भन्दै न्यायाधिश पोखरेलले यसबाट जोगिन विद्यार्थीहरूलाई सुझाव दिनुभयो । कानून र न्याय क्षेत्रमा अथाह सम्भावना रहेको विषयमा चर्चा गर्दै न्यायाधिश पोखरेलले आफूलाई जस्तोसुकै प्रतिस्पर्धामा पनि खरो रुपमा उत्रिन सक्नेगरी विकास गर्न विद्यार्थीहरूलाई सुझाव दिनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालय कला, शिक्षा तथा कानून सङ्कायका डीन प्रा. डा. अनिल कुमार पोखरेल, क्याम्पस प्रमुख महेश प्रसाद निरौला, उपप्राध्यापकद्वय नीता प्याकुरेल, दुर्गा प्रसाद बास्तोला, प्रशासन प्रमुख राजकुमार बास्तोलाले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुभएको थियो । कलेज अफ लले स्नातक तहका बीए एलएलबी र एलएलबी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित समाचार

पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन सरकारसँग राप्रपाको माग

काठमाडौं, १८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ । आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुस २७ (पृथ्वी जयन्ती) मा...

एसईई परीक्षाको मिति तोकिएको हल्ला मात्रै

काठमाडौं, १९ चैत-माध्यमिक शिक्षा परीक्षा (एसईई) को नयाँ मिति नतोकिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।सामाजिक सञ्जालमा १०, ११ र १२ कक्षाको परीक्षाको मिति तोकिएको भन्दै फेक विज्ञप्ति भाइरल भएपछि कार्यालयले परीक्षाको मिति नतोकिएको...

नोबेलमा अप्रेशन गरेर सफलतापूर्वक निकालियो ट्यूमर

विराटनगर, २ बैशाख । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको अप्रेशन गरेर दुर्लभ तथा जटिल ट्यूमर सफलतापूर्वक निकालिएको छ । झापाको अर्जुनधारा नगरपालिका–११ की ३४ बर्षीया मालती राईको दाहिने कानको पछाडिको भागबाट गर्धन हुँदै छातिसम्म...

मोरङको कटहरी भोकमरी विरुद्धको साझा अभियान सुरु, एकै दिन १ सय २५ परिवारलाई राहत वितरण

विराटनगर, बैशाख ५–मोरङको कटहरी गाउँपालिकामा भोकमरीविरुद्ध साझा अभियानको सुरुवात गरिएको छ । कटहरी स्थित विभिन्न संघ संस्थाको सहकार्यमा गाउँपालिकाका कोही पनि जनतालाई भोकै मर्न नदिने अभियान सुरु गरिएको हो । लक डाउनका कारण दैनिक ज्यालादारी...

बरिष्ठ सई राजेन्द्र कटुवाल भए भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले भदौ महिनामा प्रदेश भरीबाट उत्कृष्ट कार्य गरेको भन्दै बरिष्ठ नायव निरीक्षक राजेन्द्र कटवाल पुरस्कृत भएका छन् । मोरङ प्रहरीमा कार्यरत कटुवाललाई भदौ महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुस्कृत गरेको...

आगलागी पीडितलाई युवा संघ रतुवामाईको सहयोग

विराटनगर, ५ फागुन । मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरका आगलागीबाट पीडीत परिवारलाई युवा संघ रतुवामाई नगर कमिटीले सहयोग गरेको छ । मंगलबार राति साढे सात बजेतिर स्थानीय नुर महम्मदको घरमा आगलागी भएको थियो । आगलागीबाट पीडीत...

भोलिदेखि मालपोत कार्यालय खुल्ने

काठमाडौं, २४ जेठ-सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्न निर्देशन दिएको छ । लकडाउन सुरू भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आइतबारदेखि सञ्चालनमा ल्याउन निर्देशन...

मोरङको डंग्राहामा एक युवा ४ घण्टादेखि हाइटेन्सन लाइनको पोलमा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका एक युवा सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका छन । सोही ठाउँका ४० वर्षीय दिनेश कुमार माझीले सडकमा निर्माण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्