कोशी प्रदेश खेलकुद विकासको बोर्डको सदस्य सचिवमा बस्नेतले गरे पुनः पदभार ग्रहण

 न्यूज विराट
कोशी प्रदेश खेलकुद विकासको बोर्डको सदस्य सचिवमा बस्नेतले गरे पुनः पदभार ग्रहण

विराटनगर /कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा पुनः कृष्ण बस्नेत (पर्शुराम)ले आज पदभार ग्रहण गरेका छन् ।

उच्च अदालतको आदेशपछि संस्थापक सदस्य सचिव बस्नेतले आज पदभार ग्रहण गरेका हुन् ।

तत्कालिन मुख्यमन्त्री भीम आचार्यको कार्यकालमा प्रदेश सरकार मन्त्रीपरिषदको २०७८ असोज २४ को निर्णय अनुसार असोज २५ गते प्रदेश खेलकुद ऐन २०७६ को दफा ३ को उपदफा २ को खण्ड ‘अ’ बमोजिम बस्नेतलाई प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव पदमा नियुक्त गरिएको थियो ।

चार वर्षीय कार्यकालका लागि नियुक्त भएका बस्नेतलाई परिवर्तित सत्तासमिकरणपछि २०७८ चैत २२ मा पदबाट हटाइएको पत्र थमाइएको थियो । उक्त निर्णय विरुद्ध अदालत पुगेका बस्नेतको निवेदन माथि अदालतले परमादेश जारी गर्दै बस्नेतलाई सदस्य सचिवको रुपमा काम काज गर्न दिनु, वाधा अवरोध नगर्नु भनि परमादेश गरेको हो । तत्कालिन प्रदेश सरकारले बस्नेतलाई हटाउँदै हंसराज वाग्लेलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । अदालतको आदेशसँगै पदभार ग्रहण गरेका बस्नेतले अदालतले त्रुटि सच्याएर विधिको शासनको प्रत्याभूति गराएको बताए।

उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै तत्कालिन भीम आचार्य नेतृत्वको सरकारले आफूलाई संस्थापक सदस्यसचिवको रुपमा नियुक्त गरेपनि त्यसपछिको सरकारले प्रतिशोध राख्दै हटाएपनि त्यसलाई अदालतले सच्याउने काम गरेको बताए। उनले अदालतलेको आदेश पालना गर्दै आफूले आजबाट पदभार ग्रहण गर्दै कामकाज सुरु गरेको बताए।

उनले आफु पदमा रहँदासम्म खेलाडीको मनोबल उच्च बनाउने, नयाँ खेलाडी उत्पादन गर्ने तथा पूराना खेलाडीको सम्मान गर्ने बताए। खेलाडीलाई खेलेर बाँच्न सक्ने वातावरण बनाउन प्रयत्नशिल रहने बताउँदै बस्नेतले खेलाडी राष्ट्रको गहना नभई गौरव हो भन्ने मान्यता स्थापित गर्न लागिपर्ने बताए। उनले भने ,‘म यो कुर्सिमा रहुन्जेल कुनै लोभलालच नराखी खेलाडी र खेलक्षेत्रको विकासमा लाग्नेछु ।’

सम्बन्धित समाचार

झापाका २८ संक्रमितले जिते काेराेना

धरान, जेठ २७-झापाका काेराेना संक्रमितमध्ये २८ जना निकाे भएर घर फर्किएका छन् । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मंगलबार १८ देखि ५६ वर्षका उमेर समूहका २८ जना निकाे भएर घर फर्किएका हुन् ।...

कोभ्याक्समार्फत मोडर्नाको ४० लाख मात्रा खोप प्राप्त हुँदै

काठमाडौं, २९ साउन । कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्न खोप साझेदार गाभीसँग सम्झौता भएको छ । गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ भने...

प्रदेश प्रमुख अधिकारीद्धारा कोरोना अस्पतालको अनुगमन

विराटनगर, चैत २४–प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले अहिलेको संकटलाई पार लगाउनुको विकल्प नभएको बताएका छन् । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड–१९) बनावटी विषय नभएकाले सवैलाई सुरक्षित रहन उनले आग्रह गरे...

जनतासँग गरेको बाचा पुरा गर्दै पूर्वमन्त्री पण्डित, विभिन्न योजनाका लागि करोडौँ बजेट बिनियोजन

विराटनगर, माघ २४–निर्वाचीत बनेदेखिनै जनता माझ गरेका प्रतिवद्धता पुरा गर्न लागि परेका पूर्व संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री तथा मोरङ क्षेत्र नं. ६ का संघिय सांसद लालबाबु पण्डितको पहलमा विभिन्न योजनामा करोडौँ रुपैयाँ बजेट विनियोजन...

धरान प्रवेश नाकामा सुरक्षा व्यवस्था कडा

विराटनगर । स्थानीय प्रशासनले धरानमा सुरक्षा व्यवस्था कडा बनाएको छ । धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले धरानमा शुक्रबार रातिदेखि निषेधाज्ञा गरेको छ । निषेधाज्ञा जारी भएकोले धरान शान्त छ...

मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत : पक्षमा ८६, विपक्षमा ५ सांसद

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार मुख्यमन्त्री कार्कीले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ८६ सांसदले समर्थन जनाए । राप्रपका ५ सांसदले उक्त प्रस्तावको विपक्षमा...

ब्राउन सुगरसहित विराटनगरबाट दुई जना पक्राउ

विराटनगर । ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ब्राउन सुगरसहित आज शनिबार विराटनगर १५ स्थित १ नम्बर ढाटबाट दुई जना युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरि ईटहरि नगरपालिका २...

आज थप १३३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ५ हजार ३८३

काठमाडौं, ९ साउन-नेपालमा पछिल्लो २४ घण्टाको थप १३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९८७ जनामा कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्