क्षतीपूर्ती माग्दै मुख्यमन्त्री अगाडी पत्रकार ठाकुरको प्रर्दशन

 न्यूज विराट
क्षतीपूर्ती माग्दै मुख्यमन्त्री अगाडी पत्रकार ठाकुरको प्रर्दशन

विराटनगर । गत कार्तिक १७ गते सप्तकोशीमा डुबेर घाइते बनेका पत्रकारको उपचार खर्च सहितको क्षतिपूति दिनुपर्ने माग राख्दै पत्रकारले प्रर्दशन गरेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज नेपाल पत्रकार महासंघ कोशी प्रदेशको तेस्रो अधिवेशनको उद्घाटन शत्रमा बोल्दै गर्दा पीडित पत्रकार जितेन्द्र ठाकुरले प्ले कार्ड सहित प्रदर्शन गरेका हुन् ।

सप्तकोशी नदीस्थित पुलमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्धार परीक्षण कार्यक्रमको समापनको अवसरमा ‘डेमो’ देखाउन भन्दै सशस्त्र प्रहरीले पत्रकार भेला गरेको थियो । त्यसक्रममा ‘डेमो’ देखाउनुको साटो क्षमताभन्दा बढीलाई डुंगामा चढाएको कारण सप्तकोशीमा दुर्घटना भएको थियो । सप्तकोशीमा डुब्दा पत्रकारहरुको मोवाइल, नगद तथा क्यामेरा गरी झण्डै ५ लाख रुपैयाँ भन्दा बढीको सञ्चार उपकरणहरु काम नलाग्ने भएको थियो ।

त्यसबेला आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा मुख्यमन्त्री केदार कार्कीले नै लिएका थिए । प्रदेश सरकारका जनसम्पर्क अधिकृतसमेत रहेका पत्रकार महासंघ प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरेले कार्यविधिमा १५ हजार मात्रै क्षतिपूर्ति दिने व्यवस्था रहेकोले त्यसलाई सच्याएर पत्रकारलाई उपचार खर्च र हराएको, बिग्रेको सामान बुझाएअनुसार सोही सामानको मूल्य बराबरको रकम क्षतिपूर्ति उपलब्ध गराइने अश्वासन दिदै आएका थिए । तर हाल सम्म दिने कुनै संकेत नआएकाले आफुले मुख्यमन्त्रीलाई स्मरण गराउन प्लेकार्ड सहित प्रदर्शन गरेको पत्रकार ठाकुरले बताए । पीडित भएका पत्रकारहरुलाई क्षतिपूर्ती दिन सरकारले आलटाल गरेको प्रर्दशनमा उत्रिनुपरेको बताए ।
पत्रकारहरुलाई सशस्त्र प्रहरीले गाडीमा हालेर लगेको थियो । सशस्त्र प्रहरी कोशी प्रदेशका प्रमुख डिआइजी अञ्जनी पोखरेलले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले क्षतिपूर्ति दिने गरी आफूहरुले सिफारिस गरेको बताउँदै आएका छन् ।
दुर्घटनामा चार पत्रकारसहित ११ जनाको टोली डुबेको थियो । दुर्घटनामा पत्रकारहरु महाप्रसाद खतिवडा, देवनारयण साह, शम्भू पोखरेल, कुमोद अधिकारी, जितेन्द्र ठाकुर घाइते भएका थिए । सशस्त्र प्रहरी बलको बराह बाहिनी सुनसरीले सुरु गरेको गोताखोर तालिमको समापनको अवसरमा कृत्रिम अभ्यास गराउने तयारी थियो । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वय तथा सहकार्यमा नेपालमा चौथो पटक भएको ‘सिसम–४’ गोताखोर तालिममा दुई जना जनपथ र १८ सशस्त्र प्रहरी गरी जम्मा २० जना जवानहरू प्रशिक्षार्थीको रूपमा सहभागी थिए । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की थिए ।

सम्बन्धित समाचार

विदेशमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त

काठमाडौै,  १८ असोज-विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट विदेशमा विभिन्न मितिमा संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् ।  गैरआवासीय नेपाली संघ (एनआरएन)का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना कोरोनामुक्त भएका छन्...

सेती अस्पतालमा उपचाररत् ३ जना संक्रमितको रिपोर्ट फेरि ‘पोजेटिभ’

धनगढी, २९ चैत्र-सेती प्रादेशिक अस्पताल धनगढीको आईसोलेसनमा उपचाररत ३ जना कोरोना संक्रमितको रिपोर्ट फेरि पनि 'पोजिटिभ' आएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर हसनपुरका ३४ वर्षीय युवकको तेस्रो पटक र अन्य २ जनाको दोस्रो रिपोर्ट...

बढाएको पैसाँ फिर्ता हुनुपर्ने माग राख्दै महेन्द्र मोरङ क्याम्पस विरुद्ध मुद्दा दायर

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी ब्याम्पसले बढाएको रकम फिर्ता हुनुपर्ने काम राख्दै विद्यार्थीले क्याम्पस विरुद्ध मुद्धा दायर गरेका छन् । नँया क्याम्पस प्रमुख आएपछी लागू गरिएकाले पहिलो तिरेको रकम फिर्ताको माग राख्दै महेन्द्र...

उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं, १२ भदौ-उद्योगी विनोद चौधरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको पुष्टि गरेका हुन् । शुक्रबार बिहान आएको कोरोना परीक्षण नतिजाकाे पोेजिटिभ रिपाेर्ट आएकाे उनले जानकारी...

सुन र चाँदी बरामद प्रकरण : दुगड ग्रुपका लेखापाललाई ८० लाख ४० हजार धरौटि, बैंक ग्यारेन्टि राखेर मुरारका रिहा

विराटनगर । ठूलो परिमाणमा सुन र चाँदीसहित पक्राउ परेका केएल दुगड ग्रुपका लेखापाल विनोद कुमार मुरारकासहित तीन जना धरौटि रकम बुझाएर रिहा भएका छन् । रजास्व अनुस्न्धान कार्यालय इटहरी सुनसरीले मंगलबार तोकेको ८० लाख ४०...

क्यानद्वारा ३० सदस्यीय प्रारम्भिक क्रिकेट टिम घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघले टि–२० विश्वकप छनोट प्रतियोगिताका लागि ३० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ । संघले कारवाही गरेका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडी पनि प्रारम्भिक टिममा परेका छन् । ओमानमा हुने टि–२०...

भारतको गतिविधि विस्तारबादी चरित्रः सांसद मण्डल

विराटनगर, बैशाख २७–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले भारतले विस्तारबादी चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्यसमेत रहेका सांसद मण्डलले विश्वव्यापी माहामारीका रुपमा फैएिको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका...

कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु

काठमाडौं, १५ असार-ललितपुरको स्टार अस्पतालमा उपचारका लागि भर्ना भएका १ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रमुख खगेश्वर गेलालका अनुसार ति युवकको गएराति मृत्यु भएको हो । प्रमुख गेलालले, ‘उनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्