सेती अस्पतालमा उपचाररत् ३ जना संक्रमितको रिपोर्ट फेरि ‘पोजेटिभ’

 न्यूज विराट
सेती अस्पतालमा उपचाररत् ३ जना संक्रमितको रिपोर्ट फेरि ‘पोजेटिभ’

धनगढी, २९ चैत्र-सेती प्रादेशिक अस्पताल धनगढीको आईसोलेसनमा उपचाररत ३ जना कोरोना संक्रमितको रिपोर्ट फेरि पनि ‘पोजिटिभ’ आएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर हसनपुरका ३४ वर्षीय युवकको तेस्रो पटक र अन्य २ जनाको दोस्रो रिपोर्ट पोजेटिभ आएको हो ।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ वर्षीय युवकमा १४ गते कोरोना पुष्टि भएकोमा यसअघि दोस्रो पटक गरिएको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ देखिएको थियो भने शनिबार तेस्रो परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

धनगढीका युवकका तेस्रो पटक र उनकी भाउजूसहित भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषको दोस्रो पटक थ्रोट स्वाबको नमूना परीक्षण गर्दा रिर्पोट पोजिटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले जानकारी दिए ।

त्यस्तै, मुम्बइबाट फर्किएका कैलालीको लम्कीचुहाका २१ वर्षीय पुरुषको परीक्षणको रिर्पोट भने आउन बाँकी रहेको बताइएको छ । संक्रमितको ४ जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

मतदाताहरु झिसमिसेमै भोट हाल्ने लाइनमा

विराटनगर । आइतबार बिहान सात बजेबाट सुरु हुने मतदानका लागि मतदाताहरू बिहानै मतदानस्थल आउन थालेका छन् । मतदानको समय बिहान ७ बजेदेखि सुरु हुने भए पनि चाँडै पालो पाइने भन्दै मतदाताहरु झिसमिसेमै मतदानस्थल पुगेर लाइन...

एमसीसी विशुद्ध सहयोग मात्रै हो : अर्थमन्त्री

काठमाडौं, २७-अर्थन्त्री डा . युवराज खतिवडाले अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गतको रकम विशुद्ध सहयोग मात्रै भएको बताएका छन् । सत्तारुढदल भित्र निरन्तर जटिल बन्दै गएको एमसीसी मुद्दाका विषमा मंगलबार प्रतिनिधि सभामा अर्थमन्त्रीले यस्तो जवाफ दिएका...

सागका पदक विजेता ८८ खेलाडी प्रदेश १ सरकारद्धारा सम्मानित

विराटनगर, ३१ असार–प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई आज सम्मानित गरेको छ । एकल तर्फ स्वर्ण पदक विजेता ६ जना, एकल तर्फ रजत पदक विजेता...

तोकियो गहुँको समर्थन मूल्य, प्रतिक्‍वीन्टल ९६ रुपैयाँ बढाइयो

सरकारले गहुँको समर्थन मूल्य तोकेको छ । गत वर्षको तुलनामा केही रकम बढाएर सरकारले गहुँको समर्थन मूल्य तोकेको हो । कृषि मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गहुँको समर्थन मूल्य बढाउने प्रस्ताव २० फागुनमा...

जापानबाट २ नेपाली र जापनी राजदूत ल्याएर फर्कियो नेपाल एयरलाइन्स

काठमाडौं, ३ जेठ-नेपाल एयरलाइन्सले जापानामा रहेका २ जना नेपाललाई सशर्त नेपाल ल्याएको छ । शुक्रबार जापानको लागि उडान गरेको नेपाल एयरलाइन्सले शनिबार २ नेपालीसहित नेपालका लागि जापानाका राजदूतलाई बोकेर फर्किएको अध्यागमन विभागले जनाएको छ ।...

संवैधानिक परिषद्ले गरेन कुनै निर्णय

अध्यादेश जारीपछि मंगलबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले रिक्त रहेका संवैधानिक नियुक्तिबारे छलफल गरे पनि कुनै निर्णय भने गरेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभिन्न आयोगमा नियुक्तिबारे छलफल भएको थियो । आजको बैठकमा संवैधानिक नियुक्तिबारे...

मापदण्ड विपरीत खोला उत्खनन गर्ने सप्लायर्सलाई कटहरी गाउँपालिकाद्धार एक लाख जरिवना

विराटनगर । मापदण्ड विपरीत खोला उत्खनन गर्ने ठेकेदार कम्पनीलाई कटहरी गाउँपालिकाले जरिवना गरेको छ ।गाउँपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले मापदण्ड विपरीत खोला उत्खनन गर्ने विराटनगर ६ स्थित श्री आर.सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिलाई १ लाख...

नयाँ पार्टी गठन गर्ने खरेलको घाषणा

नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेशप्रसाद खरेलले नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्। नेपाल सुशासन अभियानका रूपमा खरेल आफ्ना समर्थकसहित केही समययता सक्रिय छन्। भ्रष्टाचार, अन्याय, अत्यचार र बेथितिविरूद्ध आफ्नो पार्टी सक्रिय रहने खरेलले पत्रकार बताए।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्