काँग्रेसले रविमाथि छानबिनको कुरा उठाएर गठबन्धन फुटाउन खोज्यो : प्रचण्ड

 न्यूज विराट
काँग्रेसले रविमाथि छानबिनको कुरा उठाएर गठबन्धन फुटाउन खोज्यो : प्रचण्ड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसले रविमाथि छानबिनको कुरा उठाएर गठबन्धन फुटाउन खोजेका आरोप लगाएका छन् । विराटनगरमा सञ्चारकर्मीहरूसँग बिहीबार कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण बन्नु भन्दा अगाडी देखी नै सहकारीको विषयमा कुरा उठेपनि अहिले आएर मात्रै काँग्रेसले कुरा उठाएको बताए । ‘पहिला काँग्रेससँग गठबन्धन हुदानै यो कुरा आएको थियो । नयाँ समिकरण फेरिएपछि पहिलो कोसिस रविलाई प्रधानमन्त्री बनाउने काँग्रेसले गरेको थियो । त्यो कोसिस नभएपछि अहिले छननिवको प्रश्न उठायो हो,’ प्रधानमन्त्री प्रचण्डले भने ।

उनले सिआइविले केही प्रमाण छैन भनेर भनी सकेको पनि सुनाए । संसद्को गतिरोध अन्त्य गर्नका लागि छलफल भइरहेको उनले बताए । ‘सभामुखले पनि बेलाएर छलफल गर्नु भएको छ । मैले पनि गरिरहेको छु । यो राजनीतिक सहमतिकै आधारमा समाधान हुन्छ,’ उनले भने ।
समग्र सहकारीको विषय र रवि लामिछानेको विषयमा अलग गरेर छलफल गरीे समस्या समाधान हुने उनको भनाई छ । ‘मैले सदनमा राजनीतिक कारणको जबाफ दिएको होइन । अनुसन्धान कर्ताको सुझाव अनुसार नै संसदमा बोलेको हो,’ उनले भने । यसको राजनीतिक आग्रह पूर्वाग्रहले काम गरेको उनले बताए । समाधानका लागि सरकाको तर्फबाट आवश्यक पहल कदमी भइरहेको उनले बताए । । ‘मैले कसैलाई बचाउनु पर्ने कारण छैन । छानबिन गर्दा प्रमाण पुग्यो भने सरकार अगाडी बढछ । तर प्रतिपक्षीले सहकारी भन्दा राजनीतिक मुद्दा बनाएको छ,’ उनले भने ।

सम्बन्धित समाचार

कपिलवस्तुका २ पत्रकारमा कोरोना संक्रमण

बुटवल, ९ जेठ-आज कोरोना संक्रमण पुष्टि कपिलवस्तुका ९ मध्ये २ जना पत्रकार रहेको खुलेको छ । उनीहरू वाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ र २९ बर्षका पुरुष रहेका कोरोना फोकलपर्सन कुमार थापाले जानकारी दिए । राष्ट्रिय...

प्याब्सन विराट कपको फाइनलमा मदरल्याण्ड र डनबस्को स्कुल भिड्ने

विराटनगर । विराटनगरमा रहेको मदरल्याण्ड एकाडेमी र डनबस्को स्कुल दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा बिहीबार भएको पहिलो खेलमा मदरल्याण्ड एकाडेमीले सेन्टजोसेफ स्कुललाई २–१ गोलले पराजित...

मोरङमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

विराटनगर, २ जेठ । कोरोना भाइरसको संक्रमणका कारण मोरङका विभिन्न अस्पतालमा थप १२ जनाको मृत्यु भएको छ । पछिल्लो १३ घण्टामा उक्त संख्यामा संक्रमितको ज्यान गएको हो । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शनिबार दिउँसो ३...

प्रदेश १ का थप ८ जनाले कारोना जिते, भोलि डिस्चार्ज गरिँदै

विराटनगर, बैशाख २५–कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत थप ८ जना डिस्चार्ज हुने भएका छन् । डिस्चार्ज हुने ८ जनाको दुई पटक गरिएको स्वाव परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । उनीहरुलाई...

रोजगार मेलामा नौ सय जना दक्ष जनशक्ति सम्पर्कमा

विराटनगर । मोरङको कटहरीमा सोमबार आयोजित रोजगार मेलामा नौ सय जना दक्ष जनशक्तिले रोजगारदाताहरुसँगको सम्पर्कमा पुगेका छन् ।स्वदेशमै कामको खोजी गरिरहेका तथा वैदेशिक रोजगारबाट फर्किए युवाहरुलाई रोजगारदाताको सम्पर्कमा पु¥याउने उद्देशयले अन्तर्राष्ट्रिय श्रम संगठनको वेलकम होम...

जवरजस्ती करणीको आरोपमा दुई कराँते प्रशिक्षक पक्राउ

विराटनगरमा एक १९ बर्षीय किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। गत असार २८ गते किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर– ३ का ५० वर्षीय विनोद राउत र सुरज सुवेदीलाई पक्राउ गरेको...

जाजरकोटका दलितको घरमा रित्तियो भकारी

जाजरकोट, ३० चैत-बारेकोट गाउँपालिका–२ की शान्ति नेपालीको मात्र होइन छिमेकीको घरमा पनि खाद्यान्न सकिन लाग्यो । पसलबाट सँधै उधारो ल्याउन असजिलो हुने भएपछि नेपालीलाई कसरी चुल्हो बाल्ने भन्ने चिन्ता परेको छ । शान्तिलाई जस्तै अयर्ना...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विराटेश्वर वृद्धाश्रममा आश्रित ५६ जनालाई न्यानो कपडा वितरण

विराटनगर, ६ पुस । निरन्तर सामाजिक कार्य गर्दै आइरहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लबले एक कार्यक्रमकाबीच विराटनगर अशोकचोकस्थित आश्रममा आश्रित जेष्ठ नागरिकहरुलाई जाडोबाट बच्न न्यानो कपडा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्