मोरङमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

 न्यूज विराट
मोरङमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

विराटनगर, २ जेठ । कोरोना भाइरसको संक्रमणका कारण मोरङका विभिन्न अस्पतालमा थप १२ जनाको मृत्यु भएको छ । पछिल्लो १३ घण्टामा उक्त संख्यामा संक्रमितको ज्यान गएको हो ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शनिबार दिउँसो ३ बजेदेखि आइतबार बिहानसम्ममा सात जना, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन र बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई जना कोरोना संक्रमितको निधन भएको हो ।

नोवेल शिक्षण अस्पतालमा मोरङको पथरीशनिश्चरे नगरपालिका–१ की ६४ वर्षीया महिला, विराटनगर–१ का ३५ वर्षीय पुरुष, उदयपुरको बेलटारका ५६ वर्षीय पुरुष, विराटनगर–४ का ५२ वर्षीय पुरुष, मोरङको सुन्दरहरैँचा–९ का ६० वर्षीया महिला, सिरहाका ६९ वर्षीय पुरुष, सिरहाकै अर्का ६२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

त्यस्तै विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मोरङको सुनवर्षी नगरपालिका–३ का ५३ वर्षीय पुरुष, विराटनगर–१ की ३४ वर्षीया महिला र विराटनगर–१४ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए।

मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा इलामको इलाम नगरपालिका–८ का ३६ वर्षीय पुरुष र सर्लाही लालबन्दीकी ३५ वर्षीया महिलाको गएराति मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिए ।

सम्बन्धित समाचार

विराटनगरका रोहितलाई गोली हानी हत्यामा संलग्न पाँचै जना प्रहरी फन्दामा, पेस्तोल बेच्नेसहित थप तीन जना पक्राउ

विराटनगर ।  विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । रोहितको हत्या गर्न पेस्तोल उपलब्ध गराउने अवैध हतियार कारोबारी र खुकुरी देखाएर लुटपाट गर्ने थप...

एमालेको घोषणापत्रका ६ संकल्प : भ्रष्टाचार गर्नेलाई कारबाहीदेखि घरमै भत्तासम्म

काठमाडौं, १० वैशाख । प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने, प्रत्येक वडा केन्द्रलाई सडक पूर्वाधारमार्फत पालिका केन्द्रसँग जोड्ने, हरेक बस्तीहरूलाई उपयुक्त यातायात पूर्वाधारबाट नजिकको प्रशासनिक केन्द्र र बजारसँग जोड्ने, सडक निर्माण गर्दा यसको दिगोपन, लाभ...

एमालेको पुरानो कमिटी ब्युँताउन अध्यक्ष ओली तयार

काठमाडौं, जेठ १९ । एमाले अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार हुनुभएको छ । कांग्रेस र माओवादी नेतृत्वको बिपक्षी गठबनधनमा सहभागी माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन...

कांग्रेस अधिवेशन : प्रदेश सभापतिको उम्मेदवार बन्न ९१ हजार शुल्क

पोखरा, १६ मंसिर । नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ । उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क...

सार्थक र आरवी भए मिस्टर एण्ड मिस लिटल कोशी

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी आरवी खड्का र पथरीका सार्थक भट्टराइले जितेका छन् । आरवीले मिस लिटल कोशी र सार्थकले मिस्टर लिटल कोशीको उपाधि जितेका हुन् । जय मिडिया...

ओलीको गृहनगर दमकमा ६ दलिय गठबन्धनलाई धक्का, एमालले लियो अग्रता

विराटनगर, ३१ वैशाख । सर्वाधिक चासोका साथ हेरिएको एमाले अध्यक्ष ओलीको गृहनगर समेत रहेको झापाको दमक नगरपालिकामा नेकपा (एमाले) ले अग्रता कायम गरेको छ । दमक–१ को दुई सय मत गणना गर्दा मेयरमा एमालेकी गिता...

दोस्रो मिल्स भेट्रान्स गोल्डकपको उपाधि ग्रामथानलाई

विराटनगर । दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको ग्रामथान भेट्रान्सले जितेको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा हाम्रो धरान भेट्रान्स क्लबलाई १–० गोलले हराउँदै ग्रामथान भेट्रान्सले उपाधि जितेको हो...

आजको मौसम : धेरै स्थानमा पानी पर्ने, प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना

काठमाडौं, २४ साउन ।आज देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्