सहकारीलाई एकिकरण गर्नुपर्छः मन्त्री खत्री

 न्यूज विराट
सहकारीलाई एकिकरण गर्नुपर्छः मन्त्री खत्री

विराटनगर । उद्योग,कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले सहकारीलाई एकिकरण गरेर दरिलो बनाउन आबश्यक भइसकेको बताउनुभएको छ ।

६७  औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा आज विराटनगरमा आयोजित सहकारीमा सुशासनका लागि प्रविधिले ल्याएका अवसर, चुनौति र समाधानहरू विषयक अन्तक्र्रिया गोष्ठिलाई सम्बोधन गर्दै मन्त्री खत्रीले सहकारीको एकिकरण आबश्यक रहेको बताउनुभएको हो ।

मन्त्री खत्रीले धेरै संख्यामा सहकारीहरू हुँदा धेरैखालका समस्या देखिएको र नियमनसमेत चुस्त रुपमा हुन नसकेका कारण सहकारीहरूलाई एकिकरण गरेर सवल र बलिया सहकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीहरू बचत र ऋणमा मात्रै केन्द्रित हुने प्रवित्तीले सहकारीका सदस्यहरूको आर्थिक अवस्थामा सुधार ल्याउन नसकेको धारणा राख्नुभयो ।

उहाँले सहकारीहरू कृषिको उत्पादन र उत्पादकत्व बृद्धि गर्न केन्द्रित हुनेपर्ने बताउनुभयो । कृषि उपजको  उत्पादन,प्रशोधन र बजारीकरणमा सहकारीहरूले ध्यान दिए कृषि उपजको पर निर्धरता हट्ने र व्यापार घाटा कम गर्न पनि मद्दत पुग्ने खत्रीले बताउनुभयो ।

कार्यक्रममा आइ टि बिज्ञ डा भोजराज घिमिरे,अर्विन्द्र प्रधान प्रदेश रजिष्टारको कार्यालय इनरुवाका अधिकृत मनोज कार्कीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे ।

कार्यक्रममा उत्कृष्ट सहकारी संस्था,सहकारीकर्मी र कर्मचारीहरुलाई पुरस्कृत,तथा सम्मानित गरिएको थियो । सम्मानित हुनेहरुलाई उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्री,प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका निमित्त रजिस्ट्रार हरिबहादुर खत्री लगायतले दोसल्ला ओडाएर सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । 

सम्बन्धित समाचार

नवीकरणीय ऊर्जा भविष्यको लागि विराटनगरमा साइकल यात्रा

विराटनगर । नवीकरणीय ऊर्जा भविष्यको लागि विराटनगरमा साइकल यात्राको आयोजना गरिएको छ । विगत २०७९ देखि सुरु भएको “ मानिस र ग्रहका लागि पेडल“ नामक अभियान श्रृंखलारूपमा, जेठ ५ र ६ को सप्ताहन्तमा विभिन्न एसियाली...

एक्स्पोले आर्थिक क्षेत्र चलायमन बनाउँछ : नन्दकिशोर राठी

विराटनगर । उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले विराट एक्स्पोले आर्थिक क्षेत्र चलामयन बनाएर अगाडी लैजाने बताएका छन् । विराटनगरमा शनिबारदेखि सुरु भएको विराट एक्स्पोको उद्घाटन शत्रमा धन्यवाद ज्ञापन गर्दै उनले यस्तो बताएका हुन्...

‘ड्रागन’ खेतीमा रमाउँदै भावना, बार्षिक २० लाखको आम्दानी

विराटनगर । नयाँ खेतीको रूपमा फस्टाउँदै गएको ‘ड्रागन फ्रुट’को खेती विस्तारै आम्दानीको राम्रो स्रोत बन्न थालेको छ  । ‘ड्रागन फ्रुट’ मा १३ प्रकारका पोषक तत्व हुने भएकाले पनि स्वास्थ्यका लागि लाभदायी रहेको बताइन्छ । अहिले ड्रागन...

छारेरोग दिवसमा न्यूरो हस्पिटलले विराटनगरमा निकालो प्रभातफेरी

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामूलक ¥याली निकालेको छ । बुधबार बिहान विराटनगरमा सचेतनामूलक ¥याली निकालेको हो ।न्यूरो हस्पिटलदेखि सुरु भएको ¥यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो ।...

राष्ट्रियसभामा सात अध्यादेश पेस

काठमाडौं, १८ पुस-राष्ट्रियसभाको आजको बैठकमा सरकारले जारी गरेका विभिन्न सातवटा अध्यादेश पेस भएका छन् । राष्ट्रियसभाको बैठकमा पेस भएका अध्यादेशमा  ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ रहेका छन् ।...

खुल्ला प्रतिस्पर्धाबाट प्रअ नियुक्तको व्यवस्था मिलाउन मेयर कोइरालाको सुझाव

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर वृद्धिका लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्ने व्यवस्था मिलाउन सुझाव दिनुभएको छ ।शिक्षामन्त्री सुमना श्रेष्ठले आयोजना गरेको महानगरपालिकाका प्रमुखहरूसितको जुम मिटिङमा मेयर कोइरालाले खुल्ला प्रतिस्पर्धाबाट...

एसइइ रनिङ्ग शिल्ड : मोरङ र सुनसरीका पाँच स्कुल क्वाटरफाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका पाँच वटा स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा आइतबार...

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं, ८ असार-कर्णाली राजमार्गअन्तर्गत खाँडाचक्र नगरपालिका-३ को गल्लीमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । आइतबार राति भएको अविरल वर्षाका कारणले कर्णाली राजमार्गमा पहिरो गएको हो । पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्