मारवाडी समाजद्धारा विराटनगर महानगरपालिकालाई राहत हस्तान्तरण

 न्यूज विराट
मारवाडी समाजद्धारा विराटनगर महानगरपालिकालाई राहत हस्तान्तरण

विराटनगर, चैत २२–विराटनगर महानगरपालिकालाइ मारवाडी समाज विराटनगरर्ले ६ लाख रुपैयाँ बराबरको खाद्यान्न हस्तान्तरण गरेको छ । मारवाडी युवामन्च विराटनगरका अधयक्ष युवासमाजसेवी गोपाल अग्रवाल र ४१ क्लबका अधयक्ष उघोगी सुरेन्द्र गोल्छाले शनिवार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई राहत सामगी हस्तान्तरण गरेकाम हुन् ।

मारवाडी युवामंच विराटनगर र ४१ क्लव विराटनगर नम्बर–१ ले राहत सामगी जुटाउन महत्वपुर्न भुमिका निर्वाह गरेका हुन् । शनिवार समाजले प्रति परिवार १० केजी चामल, २ केजी दाल, ३ केजी आलु, २ केजी चिउरा, १ लिटर तोरी तेल, १ केजी नुन सहित विस्कुट तथा सावुनसहित २० केजीको ५ सय पोका खाद्यान्न राहत वितरणका लागि विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको हो ।

रातह बुझ्दै विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले समाजवाट प्रदान गरिएको राहत अत्यावश्यक परिवारलाई वितरण गरिने बताए । राहत हस्तान्तरणमा मोहनलाल शर्मा, भिखमचन्द सरल, नन्दकिशोर राठी तिनपैनी, शिवरतन जोशी, राजेश लखोटिया, अरुण खेतान, जितेन्द्र गोल्छा, जय शर्मा, मोहित लालवानी लगायत मारवाडी समाजका अग्रजहरुकोसमेत उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

कांग्रेस अधिवेशन : प्रदेश सभापतिको उम्मेदवार बन्न ९१ हजार शुल्क

पोखरा, १६ मंसिर । नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ । उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क...

सहकारीको नाममा मिटरब्याजको धन्दा !

विराटनगर । विराटनगरमा सहकारीको नाममा लगानी गरेर मिटरब्याज धन्दा चलाउने गरेको पाइएको छ । अचल सम्पत्ति सहकारीको नाममा धितो राखेर व्यक्तिगतरुपमा करोडौं लगानी गर्ने र मिटरब्याज असुलीको धन्दा चलाउने काममा सक्रिय रहेको गुनासो मंगलबार सार्वजनिक भएको...

बेलायती प्रधानमन्त्री आईसीयूमा, विदेशमन्त्रीलाई जिम्मेवारी, स्वास्थ्य अवस्थाबारे दरबारलाई जानकारी गराइयो

कोरोना भाइरस संक्रमणका कारण अस्पताल भर्ना गरिएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लक्षणहरू खराब हुँदै गएपछि अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा सारिएको छ । डाउनिङ्ग स्ट्रीटका प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई उनको चिकित्सकहरूको टोलीको सल्लाहमा आईसीयुमा भर्ना...

बाँकेमा आरडिटीबाट कोरोना परीक्षण सुरु

बाँके, २९ चैत-बाँकेमा कोभिड–१९ को र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट परीक्षण सुरु भएको छ ।भारतलगायत अन्य देशबाट आएर जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिमा आरडिटी किटका माध्यमबाट शुक्रबारदेखि कोरोना परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना...

कोरोनाको कहरः टर्कीका गृहमन्त्रीले दिए राजीनामा

एजेन्सी, बैशाख १-टर्कीका गृहमन्त्री सुलेमान सोयलुले लकडाउन लागू गराउन असफल भएपछि आफ्नो पदबाट राजीनामा दिएका छन् । सुलेमान राष्ट्रपति रिसेप तैयप एर्दोआनका निकट सहयोगी मानिन्छन् । टर्कीले सबै ३१ सहरमा लकडाउन घोषणा गरेको थियो ।...

क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कार प्रयास

जनकपुरधाम, १२ वैशाख-धनुषाको क्वारेन्टाइनमा बसेकी महिलामाथि बलात्कारको प्रयास भएको छ । धनुषाको विदेह नगरपालिका–६ स्थित क्वारेन्टाइनमा रहेकी २२ वर्षीया महिलामाथि गएराति बलात्कारको प्रयास भएको हो । ती महिला विगत ७ दिनदेखि त्यहाँ रहँदै आएकी थिइन्।...

युवालाई प्रहरी आयोग कक्षा पढाउँदै कटहरी गाउँपालिका

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले यहाँका तीन दर्जन बढी युवा युवतीहरुलाई लोकसेवाको तयारी कक्षा पठाउन सुरु गरेको छ । कटहरी गाउँपालिका भित्रका युवा युवतीहरुलाई शुक्रबारदेखि पालिकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना हुनका...

प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गते

विराटनगर, १२ पुस-प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गते बोलाइएको छ ।आइतबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष  सिफारिस गर्ने निर्णय गरेको हो । संविधानअनुसार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्