अपराध न्यूनिकरणको लागि कटहरीमा स्थानीय तह प्रहरी कार्यक्रम सुरू हुँदै, यसरी भयो त्रीपक्षीय समझदारी

 न्यूज विराट
अपराध न्यूनिकरणको लागि कटहरीमा स्थानीय तह प्रहरी कार्यक्रम सुरू हुँदै, यसरी भयो त्रीपक्षीय समझदारी

विराटनगर । अपराध रोकथाम र न्युनिकरण गर्ने उद्देश्यले मोरङको कटहरी गाउँपालिका भित्रको विद्यालयहरूमा ‘स्थानीय तह प्रहरी विद्यालय सम्पर्क कार्यक्रम’ सुरू हुने भएको छ ।

आगमी नयाँ शैक्षिक शत्रदेखि कटहरी गाउँपालिका भित्रको सामुदायिक र निजी विद्यालयहरुमा उक्त कार्यक्रम सुरू गर्ने उद्देश्यले कटहरी गाउँपालिका, जिल्ला प्रहरी कार्यालय मोरङ र विद्यालयहरूबीच मंगलबार त्रीपक्षीय समझदारी भएको हो ।

समझदारी पत्रमा हस्ताक्षर कटहरी गाउँपालिकाको तर्फबाट अध्यक्ष देवराज चौधरी, जिल्ला प्रहरी कार्यालय मोरङको तर्फबाट मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की र विद्यालयका प्रधानध्यापकहरुले गरेका छन् ।


कार्यक्रममा बोल्दै मोरङ प्रहरी प्रमुख एसपी कार्कीले स्थानीय तहको विद्यालयमा प्रहरी कार्यक्रमलले समाजमा हुने अपराधिक गतिविधी रोकथाम र नियन्त्रणको लागि यो अभियान मोरङमा सुरु गर्ने तयारी गरिएको बताए । यस्तो अभियानले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सामाजिक सुरक्षाका विविध पाटाहरूका बारेमा स–सूचित गराउनु मध्धत पुग्ने उनले बताए । ‘स्थानीय सरकार–प्रहरी– विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङबाट तयार पारिएको शान्ति सुरक्षाका विविध विषयहरू समेटिएको यो जनचेतनामुलक प्रशिक्षण सामग्री कटहरी गाँउपालिकासँगको साझेदारीमा उपलब्ध गराइनेछ । प्रधानाध्यापकको हैसियतले सामाजिक शान्ति सुरक्षा र सतर्कता सम्बन्धी विषयहरू जिल्ला प्रहरी कार्यालयबाट उपलब्ध यस किताब वा अन्य स्रोतहरूबाट समेत खोजी गरी विद्यालयका शिक्षकहरू र अध्ययनरत छात्रछात्राहरूलाई सु–सूचित गर्दै प्रशिक्षण गराउने र त्यसका लागि आवश्यक सहयोग हुन जरुरी छ,’ एसपी कार्कीले भने ।
प्रहरी–समुदाय–स्थानीय तह–विद्यालय र सामाजिक संस्थाहरूबिच साझेदारी निर्माण गरी सामुदायिक सुरक्षालाई संस्थागत गर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै कटहरी गाउँपालिका अध्यक्ष चौधरीले अपराध रहित, सुरक्षित, सभ्य र सु–संस्कृत समाज निर्माणका लागि प्रहरी समुदाय स्थानीय तह विद्यालय कार्यक्रमलाई प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिए । ‘समाजका संवेदनशील वर्गका रूपमा रहेका बालबालिकाहरूमा समयमा नै सुरक्षा सचेतना बढाई अपराधको जोखिमबाट बचाउनु र भविष्यका कर्णधार बालबालिकाहरूलाई राष्ट्र र समाज प्रति जिम्मेवार नागरिकको रूपमा विकास गरेर अगाडी बढनु पर्दछ । त्यसको लागि सामुदायसँग प्रहरी कार्यक्रमलाई प्रभावकारी बनाएर आर्दश समाज निमार्णमा जोड दिनुपर्दछ,’ अध्यक्ष चौधरीले भने ।
स्थानीय तहमा सुरक्षाको प्रभावकारी समन्वयका लागि प्रहरी कार्यलाई विद्यालय स्तरमा विस्तार गरेर अगाडी बढनुपर्ने उनले बताए ।
कार्यक्रममा कटहरी गाउँपालिका भित्रको १९ वटा सामुदायिक विद्यालयका प्रअ र निजी विद्यालयका शिक्षकहरुको सहभागि रहेको थियो ।

सम्बन्धित समाचार

शिक्षादीप कलेज पढेकी अदिती जैन छात्रातर्फ एमबीबीएसको इन्ट्रान्समा टपर

विराटनगर । चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षमा १८ हजार बढी विद्यार्थीलाई उछिन्दै विराटनगरस्थित शिक्षादीपक कलेजबाट प्लस २ सकेकी सुनसरीको हरिनगरा–४ की २० वर्षीया अदिती कुमारी जैन टपर भएकी छन् । कुल ६ हजार...

उत्तर कोरिया कोरोना संकट रोक्न सफल : किम

एजेन्सी, असार १९-उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना संकट रोक्न देशले चामत्कारिक सफलता हात पारेको बताएका छन् । पार्टी पोलिटब्यूरोको बैठकका क्रममा किम जोङ उनले उत्तर कोरियाले भाइरस फैलिनबाट रोकेर देशलाई हरहालतमा स्थिर बनाइराखेको...

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका(१ बुधवारे बजार स्थितमा करुवा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ बर्षीय रघुनाथ मारुती गोरड रहेका छन । आज बिहान ३ बजे गोरडले...

७ लाख बराबरको अबैध समान बरामद

विराटनगर, माघ १६–मोरङको र झापाको सिमानाकाबाट साढे ७ लाख रुपैयाँ भन्दा बढी पर्ने अबैध समान बरामद भएको छ । बुधबार राति विराटनगर महानगरपालिका–१५ मा भारतबाट अबैध रुपमा भन्सार छली गरी ल्याएको करिब ५ लाख रुपैयाँबराबरको...

युरोपको एक मात्र देश, जहाँ छैन कोरोना भाइरसको डर

एजेन्सी चैत १४-पछिल्ला केही सातादेखि युरोप कोरोना भाइरसको महामारीको केन्द्र बनेको छ । केही देशमा सरकारले नागरिकलाई घरभित्रै बस्न भनिरहेको छ र देश नै लकडाउन गरिएको छ । भाइरस फैलिन नदिन प्रतिबन्धहरू लगाइएको छ ।...

आज १३८० जनामा कोरोना पुष्टि, १९ संक्रमितको मृत्यु

काठमाडौं, १३ मंसिर-गत २४ घण्टामा नेपालमा १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । योसहित संक्रमितको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

शुक्रबार देशभर २२४ जनामा संक्रमण पुष्टि, थप १५१ जनाले जिते कोरोना

काठमाडौं, १६ साउन-शुक्रबार देशभर २२४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभकार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २२४ जनामा कोरोना संक्रमण देखिएको बताए । योसँगै नेपालमा कोरोना...

प्रधानमन्त्री महिला कप क्रिकेट प्रतियोगितामा मोरङबाट खेलाडी छनौट

विराटनगर । प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि मोरङबाट खेलाडी छनौट भएका छन् ।मोरङ जिल्ला क्रिकेट संघले पुस २९ गतेदेखि हुने क्रिकेट प्रतियोगिताको लागि आइतबार १८ जना खेलाडी छनौट गरेका हो ।यसरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्