विराटनगर । यसपटक राष्ट्रिय सहकारी दिवस विराटनगरमा भव्यरुपमा मनाइने भएको छ । जिल्ला सहकारी संघ मोरङको आयोजनामा ६७ औं राष्ट्रिय सहकारी दिवस आगामी चैत्र २० गते विराटनगर एकीकृत रुपमा विराटनगरमा भव्यरुपमा मनाइने भएको हो ।
यसका लागि तीब्र तयारी थालिएको छ । मोरङ जिल्लाको एकीकृत समारोह विराटनगरमा भब्य रुपमा मनाउन राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलको उपस्थितिमा मुल समारोह समितिसहित विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।
महानगरपालिका प्रतिनिधि लगायत अग्रज सहकारीकर्मीहरुको सहभागीतामा प्रचारप्रसारका लागि आगामी चैत १६ गते साढे तीन बजे सवै पालिकामा मोटरसाइक र्याली निकालिनेछ । सोही दिन साँझ ६ बजे पालिकास्तरमा एकै पटक द्वीप प्रज्वलन गरिने आयोजकले जनाएको छ । त्यस्तै सवै पालिकामा दिवसको अवसरमा चैत १९ गते दिपावली गरिने निर्णय भएको सञ्चार उपसमितिका सह–संयोजक अविनाशकुमार निधीले जानकारी दिए ।