काेशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणकाे विकल्प छैन : मुख्यमन्त्री कार्की

 न्यूज विराट
काेशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणकाे विकल्प छैन : मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीयतालाई स्थापित र संस्थागत गर्न काेशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणकाे विकल्प नभएकाे बताएका छन् ।

नेपाल क्षयराेग निवारण संस्थाकाे ४४ अैां केन्द्रीय सभाकाे वार्षिक अधिवेशनमा शुक्रबार मुख्यमन्त्री कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताएका हुन् । ´पूर्व मुख्यमन्त्री हिक्मत कार्कीलगायत एमाले सांसदकाे समर्थनमा म मुख्यमन्त्री बनेकाेले उहाँकाे नै भावना अनुसार सर्वदलीय सरकार बनाउन लागिपरेकाे छु,` उनले भने, ´त्यसैले पूर्वमुख्यमन्त्री ज्यूले दिनु भएकै मन्त्र अनुसार सर्वदलीय सरकारलगायत विकास निर्माणकाे बजेटसमेत कार्यान्वयनमा लागेकाे छु ।`

मुख्यमन्त्री कार्कीले संविधानअनुसार सरकार चल्ने बताएका हुन् । ‘संविधान अनुसार बनेको सरकार हो । सरकार बन्दा पनि माथिको गठबन्धनसँग टेकिएर बनेको थिएन,` उनले भने, ´त्यसैले माथिको गठबन्धन तलमाथि हुँदैमा यो सरकार केही हुँदैन ।’

याे सरकार विरूद्ध बलजफति गर्न जाेसुकैलाई प्रदेश प्रमुख बनाएर संविधान विपरित केही गर्न खाेजिए तत्कालिन प्रधानसेनापति रूक्मांगद कटुबालकाे घटना दाेहाेरिने मुख्यमन्त्री कार्कीले बताएका छन् ।

सम्बन्धित समाचार

भिरबाट लडेर एक जनाको मृत्यु

भोजपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।पौवादुङ्मा गाउँपालिका –४ वास्तिमको कात्तिकेका ५४ वर्षीय बलबहादुर कार्कीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार बेलुका ८ बजे खेतबाट पराल बोकेर घरतर्फ...

संवैधानिक नियुक्ति विवादः सभामुख सापकाेटाकाे रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

संवैधानिक निकायमा पदाधिकारी नियुक्तिविरुद्ध सभामुख अग्नि सापकाेटाले दिएकाे रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाकाे एकल इजलासले संवैधानिक आयोगको नियुक्तिबारे परेको मुद्दामा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा संवैधानिक परिषद्को कार्यालयसहित विपक्षीका...

विश्व मुख दिवसमा विराटनगरमा सचेतना र्याली

विराटनगर । विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर विराटनगरमा सचेतनामूलक र्याली निकालिएको छ ।नेपाल डेन्टल एशोसिएसन मोरङको आयोजनामा तथा कोशी अस्पताल र नोबेल मेडिकल कलेजको सहयोगमा विराटनगरमा सोमबार बिहान सचेतनामूलक र्याली निकालिएको हो । कोशी...

प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता सुरु हुँदै, १६१ खेलाडी सहभागि हुने

विराटनगर । छैटौं कोशी प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि विराटनगरमा सुरु हुँदैछ ।कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघले प्रतियोगिता आयोजना गर्न लागेको हो । संघले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै शुक्रबारेदेखि विराटनगरमा दुई दिने प्रतियोगिता...

ब्राउन सुगरसहित दुइ पक्राउ

विराटनगर, चैत २६–लकडाउनको मौका छोपेर लागू औषधको कारोबार गर्ने दुइ जनालाइ मोरंग प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ३१ ग्राम ब्राउन सुगरसहित दुइ जनालाइ मोरङको बेलबारीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिराहाको मिर्चैया ५...

मध्य असारमा कोशी प्रदेशमा १३.७१ प्रतिशत रोपाइ

विराटनगर । कोशी प्रदेशको कुल धानखेती हुने क्षेत्रमध्ये १३.७१ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ । गत वर्ष यस अवधिमा १६ दशमलव ९६ प्रतिशत धान रोपाइँ भएको थियो । यस वर्ष भने गतवर्षको तुलनामा कम...

कार्गोमार्फत ३ किलो चरेस हङकङ पठाउन खोज्ने एक जना पक्राउ

काठमाडौं, १३ असोज । ललितपुरमा ३ किलो चरेससहित एक जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ललितपुरको मानभवनबाट ३ किलो चरेससहित मोरङका अञ्जित थापालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार कार्गोमार्फत चरेस हङकङ पठाउने तयारी गरिरहेका बेला...

पाँच महिनामै कोसी अस्पतालको मेसु फेरियो, ११ औं तहलाई पाखा लगाउँदै जुनियर डाक्टर रविनराज सिंहलाई निमित्त मेसुको जिम्मेवारी

विराटनगर । पूर्वी नेपालको सबैभन्दा ठुलो सरकारी अस्पताल कोसीको मेडिकल सुपरिटेन्डेन्ट  (मेसु ) पाँच महिना पनि पुरा नुहदै परिवर्तन भएको छ ।  आइतबार बसेको मन्त्री स्तरीय निर्णय गर्दै  कोसी अस्पतालको निमित्त मेसुमा डा. रविराज सिंहलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्