कटहरीको हुलाकी राजमार्गको काम सुरु गर्न माग, तत्काल काम नगरे १५ चैतबाट आन्दोलनमा उत्रिने चेतावनी

 न्यूज विराट
कटहरीको हुलाकी राजमार्गको काम सुरु गर्न माग, तत्काल काम नगरे १५ चैतबाट आन्दोलनमा उत्रिने चेतावनी

विराटनगर । मोरङको तराई मधेसलाई यातायातमार्फत पूर्वपश्चिम जोड्ने लक्ष्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको काममालाई तिव्रता दिनुपर्ने माग नेपाली काँग्रेस कटहरी गाउँपालिकाले गरेको छ ।

उक्त सडक निमार्ण ढिलासुस्ती हुँदा सवारी दुर्घटना र आवत जावतमा सास्ती भएको भन्दै नेपाली काँग्रेस कटहरीले मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई भेटेर ज्ञापन पत्र बुझाएको छ । उनीहरुले मंगलबार ज्ञापन पत्र बुझाउँदै तिव्र रुपमा निमार्ण कार्य सुरु नगरे चैत १५ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिने चेतवनी पनि दिएका छन् ।

गत साउनमा कटहरी हुलाकी मार्ग संघर्ष समिति र जिल्ला प्रशासन कार्यालयबीच निमार्ण कार्यलाई तिव्रता दिने सम्झौता भएको थियो । तर, सम्झौता अनुसार ठेकेदार कम्पनीले काम नगरेको भन्दै १५ चैत १५ गतेसम्म पनि निमार्ण कार्यलाई तिव्रता नदिए चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने नेपाली काँग्रेस कटहरीका अध्यक्ष रामकुमार कामतले जानकारी दिए । ‘सयमै सडक नबन्दा कटहरी क्षेत्रमा धेरै दुर्घटना भएर थुप्रैले ज्यान गुमाएका छन् । धुलोले उस्तै सास्ती पाएका छन् । समयमै सडक निमार्ण गरिनुपर्ने र कामलाई तिव्रता दिनुपर्ने हामीले आवज उठाउँदै आएका छौ,’ अध्यक्ष कामतले भने ।

निमार्ण कार्य चाँडै नहुँदा मोरङ जिल्लाका ५ वटा स्थानीय तहका सर्वसाधारणका लागि वर्षौंदेखि हुलाकी सडक सास्ती बनेको छ । झापासित साँध जोडिएको मोरङको रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान र कटहरी गाउँपालिका क्षेत्रका सर्वसाधारण हिउँदमा सडकको धुलो र बर्खामा हिलोसँग पौठेजोरी खेलेर दिन कटाउन बाध्य छन् ।
राष्ट्रिय गौरवको आयोजनामा पर्ने यो हुलाकी राजमार्गको काम सुस्त छ । निर्माण सुरु भएको चार वर्ष भइसक्दा पनि पुरा हुने छाँटकाँट छैन ।
निर्माण व्यवसायीको हेलचेक्र्याइँले सडक अलपत्र पर्दा सर्वसाधारणले अनेकौँ सास्ती भोग्नु परेको छ । सडक कहिले निर्माण सम्पन्न हुने हो टुँगो छैन । संघ, प्रदेश र स्थानीय सरकारले यो विषयमा खासै चासो देखाएको छैन । नागरिक दबाब परे अनुगमन गर्ने नत्र चुपचाप बस्ने प्रवृत्तिले निर्माण सुरु भएको लामो समयसम्म सडक भद्रगोल बनेको हो ।

सडक छेउका बासिन्दाहरूको घरमा बस्ने अवस्था नभएको नेपाली काँग्रेस कटहरी गाउँपालिका २ का सभापति सन्जय मण्डलले बताए । सडक निमार्णको काम सुरु नगरे चैत १५ गतेबाट सरकारी सवारी साधन हिड्न नदिने बताए । ‘अहिले घर धुलोले छपक्कै छोपेको अवस्था छ,’ उनले भने, ‘गाडी, बाइक, साइकल केही चलाउनै नमिल्ने अवस्था हुन्छ । अनि सडक हाम्रा लागि सुविधा भयो कि सास्ती ?’
२०७६ सालमा तीन वर्ष भित्र चार लेन सडक निर्माण गर्ने ठेक्का सम्झौता भए पनि अहिलेसम्म जम्मा १६ किलोमिटर कालोपत्रे भएको छ ।

सम्बन्धित समाचार

प्रदेश २ : होम आइसोलेसनमा बस्नेकाे संख्या ३ हजार बढी

धनुषा, ७ भदौ-प्रदेश २ मा कोभिड–१९ संक्रमण बढेसँगै होम आइसोलेसनमा बस्ने निकै बढेका छन् । प्रदेशका अस्पतालहरूको व्यवस्थापकीय गुनासो बढ्दै जाँदा पछिल्लो चरणमा होम आइसोलेसनमा बस्नेको सङ्ख्या निकै बढेको हो । भदौ लागेपछि बितेका ६...

विराटनगरमा तेक्वान्दोको ग्रेडिङ परीक्षा कार्यक्रम सुरू

विराटनगर । विराटनगरमा तेक्वान्दो खेलको ग्रेडिङ परीक्षा कार्यक्रम सुरू भएको छ । प्रदेश नं. १ आइटिएफ तेक्वान्दो संघको आयोजनामा विराटनगरमा बिहीबारदेखि ग्रेडिङ परीक्षा सुरु भएको हो । तेक्वान्दोको कालोपेटी प्रथम, कालोपेटी दोस्रो र कालोपटी तेस्रो...

कोरोनाबाट १ भारतीयसहित ३ जनाकाे मृत्यु

काठमाडौं, १२ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा १ भारतीय नागरिकसहित २ जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर...

धुलिखेलमा मृत्यु भएकी महिलाको उपचारमा संलग्न टोली क्वारेन्टाइनमा

काठमाडौं, ३ जेठ-धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको उपचारमा संलग्न चिकित्सकसहितको टोलीलाई क्वारेन्टाइनमा राखिएको छ । मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ देखिएपछि उपचारमा संलग्न टोलीलाई क्वारेन्टाइनमा राखिएको अस्पताल स्रोतले जनाएको छ । ‘उपचारमा संलग्न सबैलाई क्वारेन्टाइनमा...

थप २२९ मा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ७१८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ६४४ जनाले पीसीआर र दुई हजार ६८ जनाको...

एसबीएससी चित्रकलाको उपाधि पूर्वाञ्चल र माउन्ट मकालु स्कुललाई

विराटनगर । एसबीएससी जिल्ला स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको पूर्वाञ्चल विद्या सदन र रंगेलीको माउन्ट मकालु स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङले प्रजातन्त्र दिवसको अवसर पारेर बुधबार...

तेल बोक्ने ट्यांकरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

विराटनगर, १५ पुस-मोरङको कटहरी गाउँपालिकामा बुधबार विहान तेल बोक्ने ट्यांकरको ठक्करबाट एक जनाको ज्यान गएको छ । कटहरी गाउँपालिका–३ मा बुधबार विहान पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९५५९ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ...

रंग पत्रकार प्रेम देवान सम्मानित

विराटनगर । रंग पत्रकार प्रेम देवान सम्मानित भएका छन् । विराटनगरमा सम्पन्न भएको चलचित्र महोत्सवमा नेपाल चलचित्र पत्रकार महासंघ मोरङका अध्यक्ष समेत रहेका देवा सम्मानित भएका हुन् । चलचित्र क्षेत्रको विकासमा रंग पत्रकार देवानले उल्लेखिनय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्