
विराटनगर, १५ पुस-मोरङको कटहरी गाउँपालिकामा बुधबार विहान तेल बोक्ने ट्यांकरको ठक्करबाट एक जनाको ज्यान गएको छ । कटहरी गाउँपालिका–३ मा बुधबार विहान पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९५५९ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ जाँदै गरेको ना ५ ख ८४३४ नम्बरको तेल बोक्ने ट्याङकरले पछाडीबाट ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय २१ वर्षीय रोहित साहको मृत्यु भएको हो ।
ट्याङकरको ठक्करबाट गम्भिर घाइते बनेका साहको विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले जानकारी दिए ।