धुलिखेलमा मृत्यु भएकी महिलाको उपचारमा संलग्न टोली क्वारेन्टाइनमा

 न्यूज विराट
धुलिखेलमा मृत्यु भएकी महिलाको उपचारमा संलग्न टोली क्वारेन्टाइनमा

काठमाडौं, ३ जेठ-धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको उपचारमा संलग्न चिकित्सकसहितको टोलीलाई क्वारेन्टाइनमा राखिएको छ । मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ देखिएपछि उपचारमा संलग्न टोलीलाई क्वारेन्टाइनमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।

‘उपचारमा संलग्न सबैलाई क्वारेन्टाइनमा राखिएको छ,’ अस्पतालका एक डाक्टरले भने, ‘अस्पतालको दिउँसो बसेको बैठकले सबैलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।’ अहिले अस्पताल क्षेत्रमा उच्च सतर्कता पनि अपनाइएको छ ।

९ दिनअघि काठमाडौंकाे महाराजगन्जस्थित टिचिङ अस्पतालमा सुत्केरी भएर सिन्धुपाल्चोक बाह्रबिसे घर गएकी थिइन् । अत्यधिक ज्वरो आएपछि उनलाई बिहिबार धुलिखेल अस्पताल ल्याइएको थियो । उनको कोरोना पुनः परीक्षण गर्नका लागि स्वाबको नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

यस्तै, महिलाको मृत्यु बारेमा अनुसन्धान गर्नका लागि स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल अस्पताल गएको छ । उनको परिवारका सदस्यहरूको पनि स्वाब संकलन गरेर कोरोना परीक्षण गरिने भएको छ ।

सम्बन्धित समाचार

न्यूरोले श्रमिकको सौलियतमा उपचार गर्ने, जिफन्ट र न्यूरोबीच सहमति

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले श्रमिकको सौलियतमा उपचार गरिदिने भएको छ । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर न्यूरो हस्पिटलले श्रमिकहरूको सौलियतमा उपचार गरिदिने भएको हो । न्यूरो हस्पिटल र जिफन्ट कोशी प्रदेशबीच बुधबार...

सेल्टा भिगोसँग बराबरीमा राेकियाे बार्सिलाेना

एजेन्सी, असार १४-स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएकाे खेलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा राेकिएकाे छ । सेल्टा भिगाेकाे मैदानमा सुरूमा २ पटक अग्रता लिएर पनि बार्सिलाेना २-२ गाेलको बराबरीमा रोकिएको हाे । यद्यपि, बार्सिलोना अंक...

निर्माण व्यवसायी संघ मोरङको पदस्थापन, अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित

विराटनगर । निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित भएका छन् । संघको विराटनगरमा सोमबार सम्पन्न भएको १६ औं अधिवेशनबाट मिश्र अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा निर्विरोध निर्वाचित भएका मिश्रको...

बेलबारी गोल्डकप आजदेखि, उद्घाटन खेलमा आयोजक डाँगीहाट र भोजपुर भिड्ने

विराटनगर । बेलबारी गोल्डकप फुटबल प्रतियोगितमको छैटौँ संस्करण आज आइतबारदेखि सुरु हुने भएको छ । मोरङको लक्ष्मीमार्ग खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग र भोजपुर जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुने भएको...

आज विराटनगरमा २४५ जनामा कोरोना संक्रमण

विराटनगर, ११ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ६९० र ९०५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा...

वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १६ पुस । पानी पर्न रोकिए पनि अधिकतम तापक्रम घट्दा देशरभर चिसो बढेको छ ।केही दिनदेखिको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर बनेसँगै हिउँदे वर्षा रोकिएको छ । अबको केही दिन बिहान बेलुका हुस्सु,...

जनकपुरका सम्पूर्ण पसल दिउँसो १२ बजेसम्म खोलिने

जनकपुर, २३ जेठ-प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा ७३ दिनपछि आज (शुक्रबार) देखि लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ । जनकपुरधामका सम्पूर्ण पसल दिउँसो १२ बजेसम्म खोलिने निर्णय भएको बैठकका सहभागि चेम्बर अफ कमर्स जनकपुरधामका...

‘अमेरिका–चीन सम्बन्धलाई नयाँ शीत युद्धमा परिणत गर्न खोजिदैँछ’

एजेन्सी, जेठ ११-चीनका विदेशमन्त्री वांग यीले अमेरिकाले चीनसँगको सम्बन्धलाई नयाँ शीतयुद्धतिर लगिरहेको बताएका छन । उनले भने, ‘अमेरिकाका केही राजनीतिक शक्तिले चीन अमेरिका सम्बन्धलाई आफ्नो पकडमा लिएका छन् र दुवै देशलाई नयाँ शीतयुद्धतिर लैजान खोजिरहेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्