खुल्ला प्रतिस्पर्धाबाट प्रअ नियुक्तको व्यवस्था मिलाउन मेयर कोइरालाको सुझाव

 न्यूज विराट
खुल्ला प्रतिस्पर्धाबाट प्रअ नियुक्तको व्यवस्था मिलाउन मेयर कोइरालाको सुझाव

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर वृद्धिका लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्ने व्यवस्था मिलाउन सुझाव दिनुभएको छ ।
शिक्षामन्त्री सुमना श्रेष्ठले आयोजना गरेको महानगरपालिकाका प्रमुखहरूसितको जुम मिटिङमा मेयर कोइरालाले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्न शिक्षक सेवा आयोगलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिनुभयो । उहाँले तीन–तीन वर्षमा प्रधानाध्यापकको कार्यसम्पादन मूल्यांकन गरी नवीकरण गर्ने वा नगर्ने अधिकार स्थानीय तहलाई दिँदा उपयुक्त हुने धारणा राख्नुभयो । उहाँले ज्येष्ठताको आधारमा नभई कार्यसम्पादन मूल्यांकनका आधारमा प्रअ नियुक्त गर्नुपर्नेमा जोड दिनुभयो ।
सामुदायिक शैक्षिक संस्थालाई गुणस्तर वृद्धि गर्न ठूला विद्यालय (विग स्कुल) को अवधरणा ल्याउनु आवश्यक रहेको उहाँले औंल्याउनुभयो । “यसका लागि कम्तीमा २ हजारभन्दा बढी विद्यार्थी संख्या भएका विद्यालयलाई वार्षिक २ करोड अनुदान उपलब्ध गराउनु पर्दछ,” उहाँले भन्नुभयो, “यसबाट विद्यालयले प्रस्तावमा आधारित कार्यक्रम गर्दछ । यसबाट अहिले देखिएको विद्यालय मर्च र समायोजनसम्बन्धी समस्या न्यूनीकरण हुन्छ ।” मेयर कोइरालाले समुदाय, व्यवस्थापन समिति, शिक्षकमा जिम्मेवारीबोध र अपनत्वको अभाव भएकाले यसलाई सम्बोधन गर्ने ऐन ल्याउन सुझाउनुभयो ।
लामो समय शिक्षण कार्यमा संलग्न रहेका कतिपय शिक्षकहरु प्रविधिमैत्री नभएका कारण एक पटकलाई निश्चित मापदण्ड कायम गरी स्वेच्छिक अवकाश योजना ल्याउँदा उपयुक्त हुने मेयर कोइरालाले धारणा राख्नुभयो । उहाँले सरकारले दिँदै आएको दिवा खाजाको रुपैयाँ रकम एकदमै न्यून भएकाले वृद्धि गर्न आग्रहसमेत गर्नुभयो । सरकारले हाल दैनिक १५ रुपैयाँ दिँदै आएको छ । जुम मिटिङमा विराटनगरसहित ६ वटै महानगरपालिकाका प्रमुख सहभागी हुनुभएको थियो ।

सम्बन्धित समाचार

लकडाउनमा ५ हजार विदेशी फिर्ता

काठमाडौं, २८ वैशाख-कोभिड-१९ को जोखिम औँल्याउँदै सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि लकडाउनको अवधिमा झण्डै ५ हजार विदेशी नागरिक आआफ्नो मुलुक फर्केका छन् । नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवस्थामा चार्टर फ्लाइटमार्फत् शनिबारसम्म विभिन्न मुलुकका...

अमेरिकासँग सैन्य गठबन्धन हुँदैन, हामी यसमा प्रस्ट छौँ: प्रधानसेनापति शर्मा

काठमाडौं, ३ असार । प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकासँग सैन्य गठबन्धन नहुने बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जवाफ दिँदै प्रधानसेनापति शर्माले सैन्य गठबन्धन स्वीकार्य नहुने बताएका हुन् । उनले एसपीपी सम्झौता आफूहरूलाई मान्य नभएको...

अख्तियारको केन्द्रीय कार्यालयका १५ जनामा कोरोना

काठमाडौं, २० साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस कोभिड-१९ संक्रमण देखिएको छ । केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । १८० जनाको स्वाब परीक्षण गर्दा...

प्रहरी निरिक्षक ‘नायक’ भए सर्वोउत्कृष्ट प्रहरी

विराटनगर । जघन्य प्रकृतिका अपराधको अनुसन्धानमा अब्बल ठहरिएका जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई पौष महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको...

प्रदेश १ बाट एकै दिन ३० जनाले जिते कोरोना

विराटनगर, जेठ २२–प्रदेश १ बाट बिहिबार ३० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ मा उपचाररत २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कोभिड १९ मा उपचाररत ३ जना डिस्चार्ज भएको...

बैतडीमा क्वारेन्टाइनका भान्सेको मृत्यु, कोरोना परीक्षण हुँदै

डडेल्धुरा, १३ असार-बैतडीको क्वारेन्टाइनमा खाना पकाउने (भान्से) १ जनाको मृत्यु भएको छ । मृतक  जिल्लाको दशरथचन्द नगरपालिका-६ का ५५ वर्षीय १ पुरुष रहेका छन् । मृतक दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा बसेकाहरूलाई...

बागलुङमा सकियो र्‍यापिड टेष्ट, १ हजार २९ जनाको परीक्षण

बागलुङ, ४ बैशाख-बलेवा –बागलुङमा पहिलो चरणमा सुरु भएको कोरोना भाइरसको द्रुत परीक्षण (र्‍यापिड टेष्ट) सकिएको छ । सरकारले तोकेको मापदण्ड अनुसार जिल्लामा विदेशबाट फर्किएका, कोरोना सङक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका १ हजार २९ जनाको...

भाेलिदेखि सपिङ मलहरू खाेल्दै व्यवसायी

काठमाडाैं, ३२ जेठ-१ असारदेखि काठमाडौंका सपिङ मलहरू खुल्ने भएका छन् । आरबी कम्प्लेक्स व्यापार संघ, पिपुल्स प्लाजा व्यापार संघ, विशालबजार, शिभिल मल, वल्र्ड ट्रेड सेन्टरलगायतका मलहरू सञ्चालन गर्ने तयारी व्यवसायीले गरेका हुन् । लकडाउन लम्बिदै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्