विराटनगरमा प्रहरीको लापसे अभियान, एकै दिनमा ११ जना नियन्त्रण
शनिबार, २६ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । लागूपदार्थ सेवन (लापसे) सेवन गरेर सवारीसाधन सञ्चालन गर्ने एक दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लापसे गरेर सवारी चलाउने ११ जनालाई नियन्त्रणमा लिएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । १२ जनाको परीक्षण गरेको मध्ये ११ जनाले गाँजा, ट्याब्लेटलगायतका लागुपदार्थ सेवन गरेको उनले बताए । यसअघि पनि मोरङ ट्राफिकले लापसे गरेर सवारी साधन चलाउने ८ जनालाई नियन्त्रणमा लिएको थियो ।
सार्वजानिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रहरीले लापसे सम्बन्धी चेकजाँच अभियान तिव्र रुपमा अगाडी बढाएको छ । यसरी परीक्षणको क्रममा लापेश गरेर सवारी साधन चलाएको पत्ता लगेपछि कारवाहीको दायरामा ल्याउने उनले बताए । लापसे सेवन गरेर सवारी चलाउने ११ जनालाई ईलाका प्रहरी कार्यालय रानीमा पठाईएको छ । यस अघि रानी नाकामा मोरङ प्रहरीले लागुपदार्थ सेवन नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ ।
ट्राफिक प्रहरीले लामो समयदेखि मापसे चेकजाँचलाई निरन्तरता दिँदै आएको छ । ब्रेथलाइजर मेसिनको प्रयोगबाट गरिने चेकजाँचले सवारी चालकले मापसे गरे-नगरेको पत्ता लाग्छ । ट्राफिक प्रमुख न्यौपानेले मापसे चेकजाँच प्रभावकारी देखिएको र मादक पदार्थ सेवन गर्ने सवारी चालक निरुत्साहित हुँदै गएको बताए । तर मापसे छाडेर सवारीका चालक तथा सहचालक लापसेतिर लागेको सूचना आएपछि चेकजाँच अभियान सुरु गरिएको उनको भनाइ छ ।
‘चालकले लागूऔषध सेवन गरेर सवारी चलाउने गरेको सूचना र गुनासा आइरहेका छन्,’ उनले भने, ‘पछिल्लो समय दुर्घटना वृद्धि हुँदै जानुका कारण एउटा यो पनि हुनसक्छ ।’ उनका अनुसार लागूऔषधको सेवनका कारण दुर्घटना बढ्नुका साथै समाजमा विभिन्न प्रकृतिका अपराध पनि बढेको पाइन्छ । लापसे अभियानमा मोरङ ट्राफिक प्रहरी प्रमुख न्यौपाने, इप्रका रानीका प्रमुख प्रहरी निरिक्षक सन्दिप वेल्वासेले लापसे सेवन कर्तालाई लापसे सेवन गर्दा फाइदा र बेफाइदाको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको पाँचौ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।विराटनगर – १४ गोदावारी पार्कमा शुक्रबार भव्य कार्यक्रमको आयोजना गरी पदस्थापन तथा वनभोज कार्यक्रम सम्पन्न भएको हो...
प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्रबाट दसैँका अवसरमा व्यक्त भएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । देउवाले पूर्वराजालाई गणतन्त्रविरुद्ध नलाग्न चेतावनी दिँदै शासन गर्ने मन भए चुनाव लड्न चुनौती दिएका छन् । गणेशमान स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना...
विराटनगर । विराटनगर ३ मा रहेको मानगढ खानेपानीको विषयमा नेकपा एमालेका विराटनगर महानगरपालिकाका अध्यक्षसहित तीन जना गरेको कारवाही फिर्ता लिन माग गरिएको छ ।एमाले विराटनगर महानगरका १९ वटै कमिटीका अध्यक्ष, सचिव तथा इन्चार्जहरुले जिल्ला अध्यक्ष...
विराटनगर, २३ वैशाख-उदयपुरका कोरोना संक्रमितमध्ये ६ जना निको भएका छन् । विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराएका उनीहरूलाई ३ पटक परीक्षण गर्दा रिपोर्ट लगातार नेगेटिभ आएको अस्पतालले जनाएको छ । ५ चैतमा उदयपुरको...
काठमाडौं, जेठ २६-नेपालमा पीसीआर परीक्षण १ लाख नागरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा १ लाख बढी नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारसम्म पीसीआर...
इराकको राजधानी बगदादमा सन २०१६ मा भएको आत्मघाती विस्फोटका मास्टरमाइन्ड पक्राउ परेका छन् । यो विस्फोटमा ३०० जनाको मृत्यु भएको थियो । इराकका प्रधानमन्त्री मुस्तफा अल–कदीमीले इस्लामिक स्टेटका चरमपन्थी गजवान अल–जावबेलाई देश बाहिर एक खुफिया अपरेशनमा...
काठमाडौं, २० वैशाखलकडाउनका बेला हुण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१३ टंकेश्वर र काठमाडौं महानगरपालिका-१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरिएको प्रहरीले...
काठमाडौं, ८ असोज-नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालामा कोरोना संक्रमणमुक्त भएका छन्। उनका स्वकीय सचिव भरत तिवारीले महामन्त्री कोइरालाको पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताएका छन् । कोरोना संक्रमण भएपछि घरमा नै होम आइसोलेशनमा...