टी –२० क्रिकेट प्रतियोगितामा लुम्बिनी र मधेश प्रदेश विजयी

 न्यूज विराट
टी –२० क्रिकेट प्रतियोगितामा लुम्बिनी र मधेश प्रदेश विजयी

विराटनगर । टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा विहिबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरको खेलमा १७ दशमलव १ बलमा सवै विकेट गुमाई ९० रनमा सिमित भयो । गण्डकीका लागि दिपक डुम्रेले २८ रन बनाउँदा इश्वर क्षेत्रीले १८ रन र समिर कँडेलले ११ रनको योगदान दिए ।

लुम्बिनीका प्लेयर अफ द म्याच विर मगरले ४ विकेट लिए । उनले३ दशमलव १ बलमा १६ रन खर्चेका थिए । त्यस्तै निर्मल गुरुङ र कृष्ण कार्कीले समान २–२ विकेट लिए ।
९१ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले १६ दशमलव १ बलमा ३ विकेट गुमाई सो लक्ष्य पुरा गर्यो । लुम्बिनीका देव खनालले ३४ रन जोड्दा आकाश त्रिपाथी २९ रनमा अविजित रहे । देवले २७ बलमा २ छक्का र ३ चौका प्रहार गरे । गण्डकीका सुवाश भण्डारीले २ विकेट लिँदा सन्दिप पराजुलीले १ विकेट लिए ।

दोस्रो खेलमा मधेश प्रदेशले घरेलु टोली कोशी प्रदेशलाई ३ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय १७ रनमा सिमित भयो । कोशीका श्रवण यादवले ९ बलमा २ छक्का र १ चौका प्रहार गरि २३, फिर्दोस अन्सारीले २२ रन, दिपेश कंडेलले अविजित २१ रन र सुजन थपलियाले १६ रनको योगदान दिए । मधेशका प्लेयर अफ द म्याच अविनाश तिबारीले ३ विकेट लिँदा रन्जित कुमारले ३ विकेट लिए । तिवारीले ४ बलमा १ रन दिए । त्यस्तै राजेश यादव र हरिशंकर साहले २–२ विकेट लिए ।
१ सय १८ को लक्ष्य पछ्याएको मधेशले १९ दशमलव ३ बलमा ७ विकेट गुमाई लक्ष्य पार गर्यो । मधेशका लागि अरनिको यादवले २७ रन बनाउँदा मयन यादवले २४ रन र अविशेक तिवारीले १८ रनको योगदान दिए । कोशीका दिपेश कँडेलले ३ विकेट लिए । दिपेशले ४ ओभरमा किफायती बलिङ गर्दै १२ रन दिए । त्यस्तै फिर्दोस अन्सारी, भुपाल लुइेटेल र अंकित सुवेदीले समान १–१ विकेट लिए ।

शुक्रबारको पहिलो खेल सुदुरपश्चिम प्रदेश र नेपा प्रहरी तथा दोस्रो खेल कर्णाली प्रदेश र त्रिभुन आर्मी क्लव विच खेल हुनेछ ।

सम्बन्धित समाचार

थप २ जनामा भेटियो कोरोना संक्रमण, संक्रमितको संख्या ५१ पुग्यो

काठमाडौं, १३ वैशाख-नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५१ पुगेको छ।आज थप दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नया २ संक्रमित पर्सा र बिरगंजका ५० वर्षिय पुरुष भएको मन्त्रलायले जनाएको...

मदन भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं, १३ असार-आज नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदैछ । पार्टीनिकट अन्य संस्थाहरूले आज विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदै छन् । स्व. भण्डारीको जन्मजयन्ती भएका कारण आज बस्ने भनिएको नेकपा स्थायी...

जेसी बाल सदनमा विज्ञान प्रर्दशनी

विराटनगर । विराटनगरस्थित जेसी बाल सदन स्कुलमा विज्ञान प्रर्दशनी आयोजना गरिएको छ । स्कुलमा परिसरमा शनिबार खाना महोत्सव, कलाकृति तथा विज्ञान प्रर्दशनी आयोजना गरिएको हो । प्रर्दशनीमा विद्यार्थीहरुले बनाएको खानाको परिकारको साथै विज्ञानसँग सम्बन्धीत विभिन्न...

पार्टीको हितका लागि नेतृत्वको दाबी छाडेँ : पशुपतिशमशेर जबरा

काठमाडौं, १५ मंसिर । राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छोडेको जानकारी दिनुभएको छ । काठमाडौंमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले केही दिनअघिसम्म नेतृत्वमा गरेको दाबी अहिले...

सचिवालय बैठक : ओली उपस्थिति हुनेबारे अझै अन्यौल

काठमाडौं, २० मंसिर-आज बस्न लागेको नेकपा सचिवालय बैठकमा पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनेमा अन्यौल कायमै छ । अनौपचारिक संवादमार्फत सहमति जुटाउने प्रयास जारी रहे पनि आजको सचिवालय बैठकमा उपस्थित हुनेनहुनेबारेमा...

इलाम बस दुर्घटनामा ३६ जना घाइते, १२ वर्षीय बालकको मृत्यु

विराटनगर । मेची राजमार्ग अन्तर्गत इलामाको रोङ गााउपालिकामा भएको बस दुर्घट्नामा परेका यात्रुको पहिचान खुलेको छ । धनुषदेखि इलामको कन्याम घुम्न आएका विद्यार्थी सवार ना ६ ख ८४२४ नम्बरको बस रोङ गााउपालिकाको किटेनी भन्ने स्थानमा...

गैरनेपालीलाई नागरिकता सिफारिस गर्ने वडाध्यक्षमाथि छानबिन गर्न माग

भद्रपुर–आर्थिक चलखेल गरी १६ जना गैरनेपालीलाई नेपाली नागरिकता दिएको घटना प्रकरणमा संलग्न भएको आरोप लागेका वडा अध्यक्षमाथि निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेसले जोडदार माग गरेको छ। जिल्ला प्रशासन कार्यालय झापाले १६ जना गैरनेपालीलाई नागरिता बनाइदिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्