महिला क्रिकेट प्रतियोगिता सुरू, उद्घाटन खेलमा मोरङ र इलाम विजय

 न्यूज विराट
महिला क्रिकेट प्रतियोगिता सुरू, उद्घाटन खेलमा मोरङ र इलाम विजय

विराटनगर । तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता सुुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा भएको मंगलबारको उद्घाटन खेलमा मोरङ र इलाम विजयी भएका छन् ।

पहिलो खेलमा मोरङले सप्तरीलाई ८६ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ५५ रनको स्कोर खडा गरेको थियो । मोरङका लागि प्लेयर अफ द म्याच सानु राजवंशीले ५९ रन जोड्दा नमिता श्रेष्ठले १९ रन जोडिन् । सप्तरीका बन्दना रजक र मञ्जु रामले १–१ विकेट लिइन् ।
१ सय ५६ रनको स्कोर पछ्याएको सप्तरीले १८ दशमलव ४ बलमा सवै विकेट गुमाई ६९ रनमा सिमित भयो । सप्तरीकी सुस्मीता यादवले सर्वाधिक १२ रन जोडिन् । मोरङकी सानु राजवंशी र सुवेक्षा लिम्बुले समान ३–३ विकेट लिइन् ।
दोस्रो खेलमा इलामले सिरहालाई ५ रनले पराजित गरेको छ । टस जिेतर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरमा ४ गुमाई १ सय ४६ रनको स्कोर खडा गरेको थियो । इलामको लागि प्लेयर अफ द म्याच प्रियंका राईले नटआउट ५३ रन बनाउँदा चिजा राईले १९ रन बनाइन् । सिरहाकी अर्चना महतो, अजमेरि खातुन, मिना महतो र निलम महतोले १–१ विकेट लिइन् ।
१ सय ४७ रनको लक्ष्य पछ्याएको सिरहाले निर्धारित ओभरमा ५ विकेट गुमाई १ सय ४१ रनमा सिमित भयो । सिरहाकालागि मिना महतोले ३३ रन बनाउँदा निलम महतोले २८ रन बनाइन् । इलामकी पुस्मिता मुखियाले २ विकेछ लिँदा जानुका खवासले १ विकेट लिइन् ।
फागुन २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोशी र मधेश प्रदेशका मोरङ, इलाम, सप्तरी र सिरहा सहभागि रहेका खेल सम्योजक विशाल साहले बताए ।

सम्बन्धित समाचार

कोरोनाको नयाँ भेरियन्टको नियन्त्रणका लागि प्रदेश सरकारको तयारी राम्रो छ : मन्त्री यादव

विराटनगर, २२ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नियन्त्रका लागि प्रयाप्त तयारी भईरहेको बताउनु भएको छ । उहाँले कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा भएका तयारी भन्दा राम्रो...

सरकारविरुद्ध प्रदर्शन गर्ने ८ जना प्रहरी नियन्त्रणमा

काठमाडौं, २७ जेठ-प्रधानमन्त्री निवास क्षेत्र बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन भएको छ । एमसीसी, कोरोना संक्रमितको उचित उपचार, विदेशमा अलपत्र परेकालाई नेपाल फर्काइ व्यवस्थापनलगायतका माग युवाले गर्दै प्रदर्शन भएको हुन् । उनीहरूले अमेरिकी सहयोग नियोग एमसीसी राष्ट्रका...

प्रदेश २ मा २४ घण्टामा ६४ कोरोना संक्रमित थपिए  

जनकपुर, १९ जेठ-प्रदेश २ मा कोरोना संक्रमित संख्या ६ सय १३ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशका ४ जिल्लाका ६४ जना नयाँ संक्रमित थपिएपछि सो संख्या पुगेको हो । पछिल्लो समयमा रौतहटबाट २८,...

जसपालाई प्रचण्ड-नेपाल समूहको प्रस्ताव : ओलीको प्रतिगमन सच्चियो, अब मिलेर जाऔँ

नेकपाको प्रचण्ड-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई मिलेर सरकार बनाउने प्रस्ताव गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि सत्ता समीकरणका लागि नेकपाको प्रचण्ड-नेपाल समूहले बिहीबार जसपाका शीर्ष नेताहरूसँग छलफल गरेको हो । छलफलमा...

प्रदेश १ काँग्रेसको संसदीय दलको नेतामा उद्धब थापा निर्वाचित

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धब थापा निर्वाचित भएका छन् । २९ जना मतदाता रहेकोमा थापाले १८ मत ल्याएर संसदीय दलको नेतामा शुक्रबार निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी केदार कार्कीले...

६ दिनमै कोरोना जितेर घर फर्किइन् भक्तपुरकी संक्रमित जनप्रतिनिधि

भक्तपुर, १६ जेठ-कोरोना संक्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर नगरपालिका-९ की ४२ वर्षीया महिला जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छिन् । ६ जेठमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब सङ्कलनपछि...

साल काठमाथिको प्रतिबन्ध आठ महिनापछि खुला

सरकारले सालका काठ, दाउराको कटान, मुछान, बिक्री वितरण र ओसारपसारमा लगाइएको रोकावट आठ महिनापछि खुला गरेको छ । मन्त्रिपरिषद्को यही माघ ११ गतेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आज सार्वजनिक गरेको...

नवजात शिशु विक्री प्रकरण : डाक्टर कर्णसहित ६ जनाविरुद्ध मुद्दा दायर, मंगलबारदेखि प्रतिवादीको बयान सुरू

विराटनगर । हस्पिटलबाट नवजात शिशु बिक्री गरेर बेपत्ता पारेको कसुरमा पक्राउ डाक्टर तपेश्वरलाल कर्णसहित ६ जना विरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएको छ ।जिल्ला सरकारी वकिलको कार्यालयले १५ देखि २० वर्षसम्म कैदको माग दाबी लिएर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्