राशिफल

कोरोनाको नयाँ भेरियन्टको नियन्त्रणका लागि प्रदेश सरकारको तयारी राम्रो छ : मन्त्री यादव

 न्यूज विराट
कोरोनाको नयाँ भेरियन्टको नियन्त्रणका लागि प्रदेश सरकारको तयारी राम्रो छ : मन्त्री यादव

विराटनगर, २२ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नियन्त्रका लागि प्रयाप्त तयारी भईरहेको बताउनु भएको छ । उहाँले कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा भएका तयारी भन्दा राम्रो भईरहेको बताउनुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज विराटनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाध्य तथा आवास अधिकारका सवालमा सरोकारवालावीच गरिएको प्रदेश स्तरिय अन्र्तक्रिया कार्यक्रममा मन्त्री यादवले सो जानकारी दिनुभएको हो । १४ वटै जिल्लामा सञ्चालित कोभिड उपचार सेन्टरहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिईसकिएको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा पनि वेडहरु थप गरिएको उहाँले बताउनुभयो । मन्त्री यादवले भन्नुभयो,‘ कोभिड अस्पतालमा करिव २ सयको संख्यामा वेडहरु तयारी अवस्थामा छ ।’ अक्सिजन, भेन्टिलेटर वेडहरु पनि थप गरिएको उहाँले बताउनुभयो । प्रदेश सरकार कोरोनाको नयाँ भेरियन्टको नियन्त्रणका लागि सजग रहेको मन्त्री यादवको भनाई छ ।

कोरोना संक्रमण हुन नदिनका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन उहाँले आग्रह गर्नुभयो । साहस नै रोगको उपचार भएकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाए कोरोनाबाट डराउनु नपर्ने मन्त्री यादवको भनाई छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...