विराटनगर । विराटनगरमा जारी प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगितामा विराटनगर १२ नं. वडा सेमिफाइनलमा पुगेको छ ।
विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार भएको खेलमा विराटनगर १७ लाई २–० गोलले हराउँदै विराटनगर १२ सेमिफाइनलमा पुगेको हो ।
जितको लागि विराटनगर १२ का ज्ञानेन्द्र मगर र रोशन राईले १ –१गोल गरे । म्यान अफ द म्याच रोशन राई घोषि भए । उनले १ हजार १ सय रुपैयाँ पुरस्कार पाए । उक्त पुरस्कार फुटबलका अन्तराष्ट्रिय खेलाडी कुमार महर्जनले वितरण गरे ।
बुधबारको पहिलो सेमिफाइनल खेल विराटनगर १५ र विराटनगर ११ नम्बर बीच हुनेछ । उक्त प्रतियोगिता विराटनगर १५ को आयोजनामा भएको हो । प्रतियोगितामा आठ टिमको सहभागि रहेको विराटनगर १५ का वडाअध्यक्ष प्रकाश साहले जानकारी दिए ।