अतिरिक्त क्रियाकलापमा पनि शिक्षादीप अब्बल, प्रदेश स्तरीय हाजिरीजवाफमा उत्कृष्ट विद्यार्थीलाई सम्मान
आइतबार, २० फागुन, २०८०,
न्यूज विराट
विराटनगर । गुणस्तरीय शिक्षामा मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि विराटनगरस्थित शिक्षादीप कलेज उत्कृष्ट रहेको पाइएको छ । एकपछि अर्को गर्दै शिक्षादीप कलेजले लिएको सफलताले पनि अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट रहेको पुष्टि गरेको हो ।
हालै कोशी प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगितामा शिक्षादीप कलेजले प्रथम स्थान हासिल गरेको छ । काठमाण्डौमा अवस्थित प्रि–इन्जिनियरिङ पढाइ हुने पिइए संस्था र मनमोहन प्राविधिक विश्वविद्यालयको संयुक्त आयोजनामा भएको सो प्रतियोगितामा सहभागी ३२ वटा समूहलाई पछि पार्दै शिक्षादीप कलेजबाट सहभागी भएका दुई वटा समूहले नै प्रथम र द्वितीय स्थान हासिल गरेको हो । शिक्षादीपका विनय प्याकुरेल र गंगाराम अधिकारी (अनमोल) को समूह प्रथम तथा प्रशान्त कार्की र निश्चल आचार्यको समूहले द्वितीय स्थान लिएको हो । सो प्रतियोगिताबाट पहिलो र दोश्रो हुनेले नगद पुरस्कार क्रमशः १० हजार रुपैयाँ र पाँच हजार रुपैयाँका साथै कप, शिल्ड प्राप्त गरेका थिए । साथै उनीहरुलाई आयोजक संस्था पिइएले चार वर्षको बीइ कोर्षमा पूर्ण छात्रवृत्तिको व्यवस्थासमेत गरिदिने घोषणा गरेको छ । आगामी महिनामा काठमाण्डौमा हुने राष्ट्रव्यापी प्रतियोगितामा कोशी प्रदेशबाट शिक्षादीपका दुवै समूह भाग लिन पाउने र त्यसमा पनि विजयी भएमा नगद एक लाख रुपैयाँ र दुईवटा ल्यापटप पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रदेशस्तरीय हाजिरी जवाफमा प्रथम र द्वितीय स्थान हासिल गरेर कलेजको इज्जत बढाएको भन्दै कलेजले आइतबार कलेज परिसरमा आयोजित एक कार्यक्रमका बिचमा विद्यार्थीहरुलाई थप नगद पुरस्कारसहित सम्मान गरेको छ । दुवै समूहलाई पाँच–पाँच हजार नगद पुरस्कार प्रदान गर्दै प्रिन्सिपल ज्ञानबहादुर खड्का, प्रमुख निर्देशक रमेशकुमार मण्डल, विज्ञान कार्यक्रमका संयोजक नवीनकुमार रायलगायतले सम्मान गरेका थिए । उक्त कार्यक्रममा बोल्दै प्रिन्सिपल खड्काले विजयी विद्यार्थीले कलेजलाई गौरवान्वित तुल्याएको बताए । उनले कलेजले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले अतिरिक्त क्रियाकलापहरुमा पनि अब्बल सावित हुँदै गएको बताए । ‘पछिल्ला व्याचका विद्यार्थीहरुले पनि यस उपलब्धीबाट प्रेरणा प्राप्त गरुन् भन्ने उद्देश्यले विद्यार्थीहरुका बिचमा सम्मान र पुरस्कार प्रदान गरिएको हो,’ उनले भने, ‘शिक्षादीपलाई सधैं अगाडि बढाउन विद्यार्थीहरुको भूमिका उल्लेख्य रहेको छ ।’ यसअघि पनि कोशी प्रदेश सरकारले आयोजना गरेको हाजिरिजवाफ प्रतिोगितामा पनि शिक्षादीप कलेज उत्कृष्ट भएको थियो । त्यसबेलामा पनि शिक्षादीपका विद्यार्थीहरुले पुरस्कार प्राप्त गरेका थिए ।
विराटनगर । मोरङको कटहरी गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाएर शिक्षण सिकाइ उपलब्धीमूलक बनाउन गाउँपालिका लागि परेको छ ।प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन गाउँपालिका भित्र रहेको १९ वटा सामुदायिक विद्यालयलाई प्रविधिको...
काठमाडौं, १ असोज-झण्डै ६ महिनादेखि थन्किएका मध्यम र लामो दुरीका सवारी साधन आजदेखि सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत ११ चैतमा देशव्यापी लकडाउन गरिएपछि यातायात सेवा ठप्प थियो । ६ महिना...
काठमाडौं, १८ जेठ-आइतबार नेपालमा १ सय ६६ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । आज पुष्टि भएका संक्रमितमध्ये १ जना ६२ पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना...
स्थानीय तह र स्थानीयवासीबीच स्वास्थ्य तथा खाद्यान्न सामग्री भित्र्याउने सहमतिसँगै तातोपानी नाकाबाट सामग्री आयतमा वृद्धि भएको छ । गत साताबाट पुनः सञ्चालनमा आएको सो नाकाबाट आइतबार सबैभन्दा धेरै ४ कन्टेनर स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ...
विराटनगर । निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित भएका छन् । संघको विराटनगरमा सोमबार सम्पन्न भएको १६ औं अधिवेशनबाट मिश्र अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा निर्विरोध निर्वाचित भएका मिश्रको...
लुम्बिनी, १६ मङ्सिर-राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राचीन सभ्यतायुक्त मुलुक भएकाले नेपाली मौलिक संस्कृति र सुन्दर प्रकृतिको संरक्षणमा जोड दिनुभएको छ । राष्ट्रपति भण्डारीले आज कपिलवस्तुको बाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा आयोजित महायज्ञमा नेपालको...
डढेल्धुरा, २१ जेठ-सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७८ पुगेको छ । धनगढीमा गरिएको परीक्षणमा कैलालीका ३ र डोटीका...
योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेका छन् । बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबा शुक्रबार राति चन्द्रागिरि रिसोर्टमा बसेका थिए । शुक्रबार साँझ त्यहाँ पुगेका उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद...