राष्ट्रपति भण्डारीद्वारा नेपाली मौलिक संस्कृतिको संरक्षणमा जोड

 न्यूज विराट
राष्ट्रपति भण्डारीद्वारा नेपाली मौलिक संस्कृतिको संरक्षणमा जोड

लुम्बिनी, १६ मङ्सिर-राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राचीन सभ्यतायुक्त मुलुक भएकाले नेपाली मौलिक संस्कृति र सुन्दर प्रकृतिको संरक्षणमा जोड दिनुभएको छ ।
राष्ट्रपति भण्डारीले आज कपिलवस्तुको बाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा आयोजित महायज्ञमा नेपालको संस्कृति र सभ्यताको विकास, संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले यस खालका धार्मिक संस्था र धार्मिक कार्यक्रमले नेपालको प्रकृति, संस्कृति र सभ्यताको प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । नेपालमा पनि कोरोना भाइरसले जनस्वास्थ्यमा पारेको प्रभावको प्रसङ्ग स्मरण गर्दै राज्यको पहिलो धर्म जनताको स्वास्थ्यको संरक्षण भएकाले कोरोना भाइरसबाट नेपाली नागरिकलाई बचाउन विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीले कोरोना महामारीबाट विश्व नै आक्रान्त रहेको अवस्थामा पनि जनजीवनलाई सहज बनाउने प्रयास भएको भन्दै कोरोना भाइरसबाट बच्न सरकारले निर्धारण गरेका स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्न आग्रह गर्नुभयो ।
राष्ट्रपति भण्डारीले चुरे क्षेत्र नेपालको जीवनरेखा भएको बताउँदै चुरेको संरक्षणमा नजिकैका बासिन्दालाई आफ्नोतर्फबाट सक्दो सहयोग गर्न आह्वान पनि गर्नुभयो । उहाँले विकासको गतिलाई अवरुद्ध हुन नदिन तथा प्रकृतिलाई बिगारेर होइन, प्रकृतिलाई सिँगारेर विकास गर्न आग्रह गर्नुभयो ।
यसअघि राष्ट्रपति भण्डारीले कैलाश आश्रम धाममा निर्माण गरिएका दुई वटा प्रवेशद्वार र अष्टचिरञ्जीबी महाकुण्डको अनावरण गर्नुभएको थियो । कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले कैलाश आश्रम धामको विकासमा आफूले सक्दो पहल गर्ने बताउनुभयो । आश्रमका प्रमुख संरक्षक लोकानन्द स्वामीले यस क्षेत्रको विकास गर्न र धार्मिक पर्यटनको प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

सम्बन्धित समाचार

२१६ जनामा कोरोना संक्रमण पुष्टि, २०९ जना संक्रमणमुक्त

काठमाडौं, १८ पुस । पछिल्लो २४ घण्टामा २ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ सय नौ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका...

काठमाडौं उपत्यकामा थपिए आज ४०४ कोरोना संक्रमित

बिहीबार काठमाडौं उपत्यकामा ४ सय ४ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । संक्रमित हुनेमा १ सय ६० महिला र २ सय ४४ जना पुरुष रहेका छन् । आज काठमाडौंका ३ सय २८, भक्तपुरका...

सकियो पाँच दिने टेबल टेनिस

विराटनगर । विराटनगरमा पाँच दिने टेबुल टेनिस तालिम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय टेबुल टेनिस महासंघ (आइटीटीएफ) को आर्थिक तथा प्राविधिक सहयोग तथा विराटनगर टेबुल टेनिस क्लबको आयोजनामा पाँच दिने तालिम सम्पन्न भएको हो ।...

नवजात शिशु विक्री प्रकरण : डाक्टर कर्णसहित ६ जनाविरुद्ध मुद्दा दायर, मंगलबारदेखि प्रतिवादीको बयान सुरू

विराटनगर । हस्पिटलबाट नवजात शिशु बिक्री गरेर बेपत्ता पारेको कसुरमा पक्राउ डाक्टर तपेश्वरलाल कर्णसहित ६ जना विरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएको छ ।जिल्ला सरकारी वकिलको कार्यालयले १५ देखि २० वर्षसम्म कैदको माग दाबी लिएर...

कोरोनाको नयाँ भेरियन्टको नियन्त्रणका लागि प्रदेश सरकारको तयारी राम्रो छ : मन्त्री यादव

विराटनगर, २२ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नियन्त्रका लागि प्रयाप्त तयारी भईरहेको बताउनु भएको छ । उहाँले कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा भएका तयारी भन्दा राम्रो...

प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक शर्माद्धारा कार्य सम्पादन करार

विराटनगर, १५ माघ । प्रादेशिक सञ्चार प्रतिष्ठान, प्रदेश १ का कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलवीच कार्य सम्पादन सम्झौता भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार...

बलियामा ‘सेफ्स बर्गर’ को नयाँ रेष्टुरेन्ट सञ्चालन

सुनसरी । मोरङको स्ुन्दरहरैचा नगरपालिका स्थित बलियामा ’सेफ्स बर्गर’ ले आफनो आठौं शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौं र ललितपुरमा ७ वटा शाखा सञ्चालनमा ल्याइसकेको ‘सेफ्स बर्गर’ले पहिलो पटक उपत्यका बाहिर मोरङको सुन्दरहरैचा स्थित बलियामा...

जनकपुरमा पनि कोरोना परिक्षण मेसिन जडान

जनकपुरधाममा पनि अब कोरोना भाइरस (कोभिड–१९) को परिक्षण सुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा प्रोटेबल पीसीआर मेसिनको जडान गरिएसँगै यहाँ पनि कोरोना परीक्षण सुरु भएको हो ।प्रदेश–२ मा पनि जनकपुरधाममा कोरोना परीक्षण मेसिन उपलब्ध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्